धरान÷ब्राम्हण समाज नेपाल धरान उपमहानर समितिको दोस्रो पदस्थपान तथा सफथग्रहण सम्पन्न भएको छ । धरान २ गीता भवनमा सम्पन्न पदस्थापन कार्यक्रममा समाजको दोस्रो अधिवेशनबाट निर्वाचित नया पदाधिकारीहरुलाई निर्वाचन अधिकृत शिशिर शर्मा न्यौपानेले प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो ।
कार्यक्रममा निर्वाचित समितिका सदस्य प्रेम प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष
गौरीशंकर अग्रवाल, ब्राम्हण समाजका जिल्ला सचिव कृष्ण घिमिरे, कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष काजी गरी, प्रा.डा. गोपाल भण्डारी, प्रा.डा भराराज भट्टराई, अधिवक्ता विश्वनाथ बास्तोला लगायतले निर्वाचित
पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
पूर्व शिक्षा, सञ्चार तथा समान्य प्रशासन मन्त्री राधाप्रसाद घिमिरेको प्रमुख आथित्यमा सम्पन्न सो पदास्थपन कार्यक्रममा समाजसेवी इन्दिरा आचार्य, हरिभक्त सिटौलाको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष उद्धव अधिकारीले गर्नुभएको थियो ।
