घण्टाघरबाट हेर्दा

शेर र स्यालको भिडन्त
शेर र स्यालको भिडन्त हुँदा त्यसै पनि शेरको विजय सुनिश्चित हुन्छ । यसपटकको नेप्लिज काँग्रेसको
राजनीतिमा त्यस्तै देखियो । एकातिर शेरबहादुर हुँकार अर्काेतिर स्याल माने रामचन्दे्र बाको हुइøयाँ । कहाँ हुँकार कहाँ हुइøया ? पार्टी सभापतिमा भिडन्त भयो शेर नै विजयी, संसदीय दलको नेतामा भिडन्त भयो शेर नै विजयी । हुँदा हुँदा भाते संगठनहरुको भिडन्तमा पनि शेर र स्यालकै भिडन्त भयो । विद्यार्थी संगठन शेरकै कब्जा, महिला संघको चुनाउमा पनि शेरकै कब्जा, अब तरुण माने तन्नेरीहरुको संगठनको चुनाउमा पनि शेरकै कब्जा होला जस्तो छ । स्यालका दिन सिद्धिएर शेरका दिन फर्किएक जस्तो छ । हिजो गिर्जाउ छँदा सम्म अहिलेका शेर स्यालकै हैसियतमा थे । अब भने समय
परिवर्तन भए छ । कि कसो हौ ?
जादव उडे
पूर्व राष्ट्रपति लिंगको उपचार गर्न राज्यको थैली बोकेर अमेरिकातिर आÏना नन्दीभृंगी लिएर अमेरकातिर उडेका छन् । एक पटक शासक भएपछि आजीवन सुविधा पाइने कुन देश हो भनेर सोध्यो भने आँखा चिम्लेर नेपाल भन्दियो भने सतप्रतिशत ठीक हुन्छ । शासकमा बहाल हुँदा पनि मुलुकको ढुकुटी लुट्ने हँट्दा पनि लुछ्न नछोड्ने । अनि फुइøयाँ हुन्छ देशको विकास ? त्यसै पनि पूर्व माने पुरानो हो । पुरानो चिजको कामै हुँदैन । जादव मान्छे पनि पुरानो, पद पनि पुरानो अनि तिनको लिंगको उपचार गर्न राज्यले करोडौ खर्च गरेको सुन्दा को चाहिँ खित्का छाडेर नहाँस्ला ? हैन यो गणतन्त्र शासकहरु मलुक लुट्नमात्र आएको हो कि क्या हो हँ ? देशका नागरिकहरुले एउटा छानो पाएका छैनन् ,लाज छोप्न एक सरो लगौटी पाएका छैनन्, एउटा सिटमोल नपाएर तनक्क तन्किएका छन् । तर जादव राज्यको ढुकुटीबाट भनेजति थैली बोकेर अमेरिका पुग्छन् । खै के खै के बुझि नसक्नु छ वा †
नदिने रे
नेक्पा झालेमालेले भन्या संविधान संसोधन हुन ज्यान गएपनि नदिने रे । अब त घण्टाघरलाई शंका लाग्न थाल्या छ ड्याल बाउ माने पर्धानमन्तरी प्रचण्डाउको आयु नै नौ महिना अगावै चैट हुन्छ कि क्या हो ? नौ महिना गर्भाधारण गरेर पर्धानमन्तरी भएका प्रचण्डाउले यस अवधिमा सविधान संशोधन गर्ने, मधेशीका समस्या समाधान गर्ने, सिमांकनमा झालेमाले भिलेन भएर देखा परेसी’ बीचेमा नौ महिना गर्भपतन होला जस्तो पो देखियो । तै प्रचण्डाउ एउटा नाटककार हुन
क्यारे । केही त गर्लान । फेरि झालेमालेका अध्येक्षे खप्रओ उखान टुक्के मास्टर
परे । अब यी दुईको Ïयुजन होला कि नहोला ? सविधान संशोधन नभए मधेशवादी दलहरुले कुस्ती खेल्न अहिल्यैदेखि तिघ्रामा तेल दल्न थालिसक्या छन् । लहै प्रचण्डाउ होस गरेस् ।
चकनाचुर
नेप्लीज काँग्रेसको भगिनी संगठन महिला संघको निर्वाचन सिद्धिएको
छ । निर्वाचन भन्दा अगाडि गिर्जाउ पुत्री सुजोलाई सर्वसम्मत बनाउन तेस्रो लिंगी माने रामचन्द्रे्र बाले न्वारानदेखिको बल प्रयोग गरे । तर बुढानिलकन्ठे काजी किन मान्थे ? सुजोलई अगाडि सार्दा बुढानिलकण्ठे काजी पनि मान्लान्, गिर्जाउको पुत्री भनेर यसो छोड्देलान भन्ने बालाई लाग्या थ्यो । तर काजी किन मान्थे ? चुनाव गराइ छाडे । सित्तिमा द्या भए सुजो महिला संघको सभापति पड्काउन लालायित थिइन् । तर चुनाउमा जान उन्को ह्याउले कामै गरेन । चुनाउ भनेसी’ बाख्रालाई खोला तुर्न जस्तो लाग्छ सुजोलाई । आफूले पद पाउँदा गिर्जाउको आत्माले शान्ति पाउने पद नपाउँदा शान्ति नपाउने भाषन ठोक्ने सुजो यसपटक मौन बसेकी छन् । अब त्यस्तो भाषनले काम नगर्ने उन्ले बुझिेछिन् कि क्या हो ?
बधाई खा“दै हैरान
६÷६महिनामा लुतु–लुतु नयाँ
सरकार बन्ने नेपालका म्यादी मन्त्रीहरु घुमफिर र बधाई खाँदै बेफुर्सदिला भएका छन् । मन्त्री भएसी’ सरकरी गाडी, गार्ड देखाउन पनि कहिले पूर्व, कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण बतासिने गरेका छन् । भर्खरैमात्र पूर्वतिर बतासिदै आएका खबरमन्त्रीले आफ्नै थुतुनोले यस्ता कुरा गरेका छन् । अस्तिका दिन
इटहरीतिर बतासिदै आएर उन्ले भने मन्त्री भएर के गर्नु केही गर्न पाइँदैन । मन्त्रालय पुग्यो दिनैभरि बधाई दिने, जागिर माग्दै आउने आफन्तहरुसँग भेट्ने गर्दैमा दिन बित्छ । कहाँ के छ, के भइराछ, फाइलहरुको अध्ययन गर्न पाइया छैन । जे होस खबर मन्त्रीले राम्रै गफ जोते भा’को पनि यस्तै नै छ क्यारे । काम किन गर्नुप¥यो र ? यहाँ कस्ले पो काम ग¥या छन् र ? उही बधाई खायो, बतासियो, आफन्तलाई जागिर लगाइदियो अनि भाषन चाहिँ पहिलेकालाई गाली गर्दै यो गर्छु र वा त्यो गर्छु भन्यो सिद्धियो । यहाँ भन्दा बढी कसैले केही खालो सा¥या त छैनन । कि कसो हौ ?
सा“च्चि हो कि अभियान
नेपालमा जानेमाने कलाकार सन्तोष पन्तमाथि महिलामाथि दुव्र्यवहार गरेको आरोप लाग्या छ । कलाकार न ठहरिए । घण्टाघरचाहिँ यतिबेला द्विविधामा प¥या छ । उन्ले साँच्चिकै दुव्र्यवहार ग¥या हुन् कि अभिनय ग¥या हुन् ? दुव्र्यवहार नभैै कसैले दुव्र्यवहार ग¥यो पनि भन्नु नपर्ने हो । राति राति अर्काको कोठामा टन्न धोकेर छोइछिटो गर्नु त पक्कै अभिनय होइन होला ? अभिनय नै हो भने त्यहाँ क्यामेरा म्यान, एक्सन भन्ने निर्देशक पनि हुनुपर्ने हो । तर त्यस्तो त केही देखिएन । भनेपछि कलाकार पन्तलाई सेन्तारामले रातविरात गार्डको ढोका ठटाउन त पुग्ने थिएनन् सेन्ताराम धोकेपछि उन्ले विचरी गार्डलाई आफूसँग अभिनय गर्ने हिरोइन नै देखेछन् क्यारे । धन्न पन्तको खप्पराँ टुुटुल्को उठ्ने गरी कुनै कुरा बजारिएन । अब हेरौ पन्तको अभिनयले कुन दर्जा पाउँछ ? सुपरस्टार हुने हो कि Ïलप ।
पर्ने भए फन्दामा
माउवादी केन्द्रका ठूला भनि
दरिएका नेता, सत्ता रस्वादन गरेर खुट्टा हल्लाई बसेकाहरु अब भने अख्तियारको फन्दाम पर्ने भएका छन् । माउवादीका लडाकुहरुका लागि राज्येले देको अरबौ रुपैयाँ विचारा लडाकुसम्म नपुगी बीच बाटैबाट गायव बनाउनेहरुले यतिबेला दशैमा खसीले विग्रेको सपना देखेझैँ देख्न थाल्या छन् रे । अख्तियारका मुखिया लोकमानले कहिलेकाहँी भट्याउँथे अब साना हैन ठूला माछा समात्छौं । ठूला माछा समात्न मुखियाबाले जालहानी सकेछन् । जालमन परिएला कि भन्ने पिरलोले माउवादी केन्द्रका माकाफुइहरु तिल्मिलाउन थाल्या छन् । जे होस् मुखिया बाले बडो राम्रो काम गर्न लाग्या रै’छन् । हुनत राम्रो काम गर्नेहरुको यहाँ खैरात छैन भन्छन् । यतिबेला सर्वोच्च लोकमानका पछाडि हात धुएर लाग्या छ । आखिरी सतिले सराप्या देश जो प¥यो ।
अन्तेमा
नानीभन्दा आँची ठूलो त्यसै भन्या होइन । अब हेरै न विप्लव माउवादीले प्रचण्डाउले भारतसँग गरेको सम्झौता माने सयुक्त प्रेस विज्ञप्तीको दशैभरि विरोध प्रदर्शन गर्ने रे । हैन हौ ती नेत्रविक्रम चन्द विल्लवको कुनै काम छैन कि क्या हो ? विरोध प्रदर्शन गर्ने, आन्दोलन त्यो सशस्त्र भनेर सधै भाषन ठोक्छन् । तर अहिलेसम्म केही खालो सा¥या छैनन । अब त तिन्का १० बर्ष अगाडिको भाषन सुन्दासुन्दा कार्जेकर्ताहरु पनि हैरान भइसक्या छन् यस्तै हो भने भोलि विल्लवको भाषन सुन्दिने कोही होलान् जस्तो छैन ।

तपाईको प्रतिक्रिया