आची र पापा पहिचान गर्न नसक्ने प्रहरी प्रशासन : धान खेतमा पेट्रोल उम्रिएको हल्ला स्थानीय बासिन्दा भन्छन्, सनपटुवा गाडेको खाल्डोबाट पानी धान खेतमा बगेर गएको मात्र हो

इनरुवा/पछिल्लो केही महिना यता नेपालमा हल्लाको खेती ज्यादै फस्टाएको छ । आाची र पापाको गन्ध अर्थात पहिचान गर्न नसक्ने प्रहरी प्रशासन नै हल्लाको खेतिमा दगुरेपछि अन्यको अवस्था के होला ?
प्रसंग हो गत बुधबार सुनसरी जिल्लाको दक्षिणवर्ती नर्सिङ गाविस वडा नं. ३ मा पेट्रोल खानी भेटियो भनेर
गरिएको हल्लामा प्रहरी प्रशासन सबैभन्दा बढी हावादारी देखिएका छन् ।
धान खेतमा पेट्रोलको मुलै फुटेर बगेको भन्दै केहीले हल्ला पिटाएपछि प्रहरी प्रशासन समेत उक्त ठाउामा पुगेर धानखेतको पानी सुाघ्ने प्रतिष्पर्धामा ओर्लेका थिए । हल्लैहल्लामा प्रशासन, प्रहरी, सर्वसाधारण, सञ्चारकर्मीहरु घुाडा घुाडा सम्म पानी भएको धान खेतमा पुग्दा झण्डै एक कट्ठा जग्गाको धानबाली नै नष्ट भएको छ । प्रहरी प्रशासन र अन्यको रवैया देखेर जग्गाधनी मजावुल मन्सुरी अवाक छन् । उनी भन्छन् मेरो झण्डै एक कट्ठाको धानबाली माडेर नष्ट गरिदिए । उनी भन्छन् बर्षाको बेला बाढीको पानी खेतमा आली नाघेर गइरहेको छ । धान गोड्ने समेत समय भएकोले धान गोड्ने मजदुरहरु धान गोडिरहेक थिए ।
त्यतिकैमा कसैले पानी डिजल जस्तो गन्हायो भन्दियो । बेगेको पानी मोवाइलबाट फोटो खिचेर तिनै मजदुरले पेट्रोल भेटियो भनेर पोष्ट गरिदिए । आजकल सहरियाहरुमा मात्र मोवाइलको प्रयोग गर्दैनन् ग्रामीण क्षेत्रमा समेत अत्याधिक छ । जग्गाधनी मन्सुरी भन्छन्, त्यसपछि त के चाहियो ? मान्छेहरु ह्वार्र–ह्वारर्ती आएर हेर्न थाले । उनी भन्छन, यो हल्लामात्र हो । मन्सुरीले जहाा तेलको गन्ध आयो भनेर हल्ला भयो त्यसकै दुई मिटर दक्षिणमा ५० फुटको खेतमा पानी पटाउन बोरिङ्ग
गरेका छन् । सुख्खा याममा त्यही बोरिङ्गबाट उनी आफ्नो खेतको सिाचाई गर्छन् । यदि सतहमा तेल वा पेट्रोलियम पदार्थ हुन्थ्यो भने बोरिङ्ग गरेको पानीमा पनि केही संकेत देखिनुपर्ने हो । तर आजसम्म त्यस्तो देखिएको छैन ।
जग्गाधनी मुजाबुल मन्सुरी भन्छन् हाल डिजल अथवा पेट्रोल गन्ध आयो भन्ने ठाउामा असारमा खेत जोत्दाजोत्दै ट्याक्टर फसेको थियो । दुई दिन सम्म ट्याक्टर त्यही छोड्नुपरेको थियो । त्यसबेला ट्याक्टरबाट चुहिएको तेलको गन्ध पनि आएको हुनसक्छ । तर गन्धै छैन कसरी आयो भन्ने ? अर्को कुरा तेलको गन्ध आएको भनिएको ठाउादेखि उत्तर करिब १ सय मिटरको दूरीमा किसानहरुले सनपटुवा गाडेका छन् । सनपटुवा गाडेको ठाउाको पानी हरियो तर लागेको हुन्छ । खाडीको पानी बगेर धान खेतमा आइरहेको हुन्छ । यहाा आउनेलाई त्यही पानी पनि गन्हाएको हुन सक्छ । स्थानीय रहमान मियाा भन्छन्, २०४० सालमा पनि यस्तो हल्ला भएको थियो । हल्ला भएपछि विज्ञहरु समेत यहाा आएका थिए । उनीहरुले स्वायल टेष्ट लगायत अनेकौ गरे । तर केही नपाएपछि उनीहरु फर्केर गएका थिए ।
यसै सम्बन्धमा हामीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशाकीय अधिकृत विश्वनाथ ओझासाग सम्पर्क राख्दा उहााले भन्नुभयो, म अहिलेसम्म त्यो ठाउामा गएको पनि छैन, कहाानेर पर्छ त्यो पनि थाहा छैन । तर हल्लाचाहिा आएको हो । त्यहाा पुगेर आउनेहरु भन्छन् झण्डै दुई कट्ठा क्षेत्रफलको पानी डिजेलजस्तो गन्हाउछ । यसै सम्बन्धमा वास्तविकता बुझ्न यो प्रतिनिधि नरसिंह गाविस वडा नं. ३ को उक्त स्थलमा पुग्दा त्यस्तो छनकै देखिएन । सनपाट कुहेको खाडीको पानीको गन्धमात्र पानी सुाघ्दा आउाथ्यो । उता जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी पोषराज पोखेलसाग सम्पर्क राख्दा उहााले भन्नुभयो यो सबै हल्ला हो । त्यहाा कुनै किसिमको तेलको गन्धको छनकै छैन ।

तपाईको प्रतिक्रिया