धरान/मुहारमा आएको तप–तप पसिना बहादै शरीर निथु्रक्क भिजाउने समय अर्थात मध्य भदौरे गर्मीको उकुश मुकुसताबाट निस्सासिएको मन लिएर काठमाण्डौबाट विराटनगर–धरान हुादै शुक्रबार भेडेटार पुग्नु भएका भारतीय
राजदुतावास काठमाण्डौका प्रथम सचिव अभयकुमार एउटा थप कविता रचनाका लागि प्रेरित हुनुभएको छ ।
कोमल कवि मन भएका अभयकुमारले कविताको शीर्षक समेत चयन गरिसक्नु भएको छ । ‘हुास्सुको आगालोमा ।’ भेडेटारको प्राकृतिक छाटाबाट लोभिएर धरानमा आयोजित बीपी कोइराला भारत–नेपाल फाउन्डेशन र यहाास्थित महेन्द्र वहुमुखी क्याम्पस नेपाली विभागको संयुक्त आयोजनामा सम्पन्न पहिलो साास्कृतिक नगरी अन्तरसंवाद र पोयमाण्डु कार्यक्रममा उहााले छोटो भ्रमणको सुखद अनुभूति पस्कनु भयो ।
दर्जनौ कवि, कवयित्री र साहित्यिक स्रष्टाहरुका माझमा कवि एवम् कुटनीतिक व्यक्तित्व अभय कुमारले भन्नुभयो म अत्यन्तै गर्भित एवम् खुशी छु । म नेपाल आएको दुई बर्ष भन्दा बढी समय भयो । राजधानीबाहिरका कवि, कवियित्री तथा साहित्यिक स्रष्टाहरुसाग अन्तरसंवाद एवम् सिर्जनाका सम्बन्धमा छलफल हुन सकेको थिएन । यसपटक
राजधानी भन्दा बाहिर गएर कवि, कवियित्री, स्रस्टा एवम् साहित्यिक अनुरागीहरुसाग कार्यक्रम गरौ भन्ने लाग्यो । धरानमा भएको कल्चर नगरी पहिलो कार्यक्रम हो । काठमाण्डौमा महिनाको चारवटा कार्यक्रमहरु हुन्छन् ‘पोयमाण्डु, सिनेमाण्डु, कन्भरसेसन, भ्वाइसेस । उहााले भन्नुभयो अब हामी बीचमा दरिलो सम्बन्धमो शुरुवात भएको छ, साहित्यिक सम्बन्ध । सन् १९५० देखि नेपाल र भारतबीचमा राजनैतिक सम्बन्ध सुदृढको शुरुवात भयो । साहित्यिक सम्बन्ध पनि हामीले जनस्तरबाटै सुदृढ गर्नुपर्छ । उहाको कथन थियो, कवि एवम्
रचनाकारहरु राष्ट्र निर्माणका कसी हुन् ।
राजनैतिक सम्बन्ध एक बर्षमा पनि परिवर्तन हुन सक्छ तर जुनसुकै ठाउाका भएपनि कविहरुको सम्झना युगौसम्म रहन्छ । उहााले भन्नुभयो, तपाइहरुसाग भेटघाट गर्न र तपाइहरुको आवाज सुन्न आएको हुा । साहित्यिक सम्बन्धलाई निरन्तता दिादै पुन : यस प्रकारको कार्यक्रम लिएर आउने पनि उहााले वाचा गर्नुभयो ।
स्थानीय रत्ना इन होटलमा भएको उक्त कार्यक्रमको पहिलो सेसनको समुद्घाटन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले गर्नुभएको थियो । महेन्द्र वहुमुखी क्याम्पस नेपाली विभाग प्रमुख टंक न्यौपानेको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा गोपाल भण्डारी, कृष्णप्रसाद श्रेष्ठ (विए), चन्द्रकुमार
राई र गोपीकृष्ण खतिवडाले बोल्नुभएको थियो । कार्यक्रमको दोस्रो सेसनमा धरानकी पुराना कवयित्री कुन्ता शर्मा र बम देवानबीचमा केन्द्रित थियो । कुन्ता शर्माले म उभिएको ठाउा कविता संग्रहबाट धातु कविता वाचन गर्नुभएको थियो भने कवि बम देवानले हाम्रो गीत हाम्रो आवाज कविता संग्रहबाट स्वागतम कविता वाचन गर्नुभएको थियो । उहााहरुलाई श्रष्टा एवम् स्रोताले कविता लेखनको थालनी, राजनीतिक केन्द्रित, कम्युनिस्ट धारमा रहेको लगायतका प्रशनहरु सोधेका थिए । स्रोता एवम् श्रष्टाको जिज्ञासालाई शान्त पार्न उहााहरुले प्रयास गर्नुभएको थियो । अन्तमा शर्मा र देवानको कवि व्यक्तित्व भिष्म काफ्ले र प्रा.हरिप्रसाद दाहालले समालोचना गर्नुभएको थियो । दोस्रो सेसनको सञ्चलन दिपकप्रसाद न्यौपानेले गर्नुभएको थियो ।
यसैगरी कार्यक्रमको तेस्रो सेसनमा दर्जनौ कवि तथा कवयित्रीहरुले कविता वाचन गरेका थिए । कवि एवम् भारतीय राजदुतावासका प्रथम सचिव अभयकुमारले भारतको दिल्ली र नेपालको चितवनको पेरिफेरीमा लेखिएको दुईवटा अंग्रेजी कविताको वाचन गरी प्रारम्भ भएको कविता वाचनमा गिरिराज आचार्य, बद्री पलिखे, सुभाषचन्द्र न्यौपाने, सरिता गौतम दाहाल, राजेश विद्रोही, टिका आचार्य, हेमन यात्रु, भिष्म काफ्ले, श्रीसीसा राई, सागर तिम्सिना, देवान किराती, सुदिप पाख्रिन, करुणा राई, एकु घिमिरे, डा. भीम खतिवडा र हिम्मत खड्काले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सुभाषचन्द्र न्यौपानेले गर्नुभएको थियो भने आयोजकमध्येका एक वीपी कोइराला भारत–नेपाल फाउन्डेसनका सचिव एवम् कवि अभय कुमारले कविता वाचन गर्नुहुने कविहरुलाई उपहारमा पुस्तक प्रदान गर्नुभएको थियो ।
त्र
