उपचार भएको छ ।
सो अवधिमा तीन बिरामीको उपचारका क्रममा मृत्यु भएको थियो । समयमै बिरामीलाई केन्द्रसम्म नल्याएकाले
बिरामीको मृत्यु भएको हो । उपचार गरिएका बिरामीमा पुरुष ७२०, महिला ५९८ र बालबालिका २११ रहेको व्यवस्थापन समितिले जनाएको छ ।
यस्तै, चालु आथिर्क वर्षको साउनदेखि भदौ १५ गतेसम्ममा सर्पदंशका २७९ जना बिरामी उपचारका लागि केन्द्रमा आएकामा खुदुनाबारी निवासी २१ वर्षीय विकास खनालको मृत्यु भएको छ ।
सो अवधिमा उपचार गर्न आएका बिरामीमा पुरुष १२७ जना, महिला ११३ जना र बालबालिका ३९ जना छन् ।
यहाँ प्राय: झापाको दक्षिणी क्षेत्रका बिरामी बढी आउनाका साथै मेची अञ्चलका विभिन्न स्थान तथा
भारतको विहार र बङगाल राज्यका पनि बिरामी आउने गरेका छन् । केन्द्रमा अहिले एन्टिस्नेक भेनमको कमी
नरहेको र बिरामीको उपचारलाई अझ प्रभावकारी बनाउन निकट भविष्यमै नयाँ पाँचकोठे भवन सञ्चालनमा ल्याइने केन्द्रले बताएको छ ।
सर्पदंशबाट हुने मानिसको मृत्युलाई शून्यमा झार्न केन्द्रले झापाका विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरेको छ । सर्पदंशका बिरामीको उपचार नेपाली सेनाका प्राविधिकहरुबाट हुने गर्छ ।
