काठमाण्डौ/ भारत सरकारले नेपाल सरकारलाई १७ थान अत्याधुनिक अग्नी नियन्त्रक (दमकल) हस्तान्तरण गरेको छ ।
भाद्र ८गते बुधबार अर्थात २४ अगस्त २०१७ मा काठमाण्डौको भृकुटी मण्डपमा अयोजित एक विशेष समारोहमा संघीय मामिला, स्थानीय विकास मन्त्री, नेपालका लागि भारतका कार्यवाहक राजदूत हितराज पाण्डे लगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरु सहभागी कार्यक्रममा भारतीय राजदुत रन्जित रायले ती दमकलहरु हस्तान्तरण गर्नुभएको हो ।
भारतद्वारा उपहारमा प्रदान
गरिएका उच्च क्षमताका अत्याधुनिक अग्नी नियन्त्रक भारत सरकार र नेपाल सरकारबीचको गहिरो सम्बन्ध र सद्भाव पनि हो । आइएस ९५० मापदण्ड अनुसारको विशेषता भएका ती दमकलको नेपाली मूल्य ७०, २१ करोडको लागतमा भारत सरकारले खरिद गरेको हो ।
अग्नी नियन्त्रक सागसागै नेपालमा स्वास्थ्य, शिक्षा तथा अन्य आवश्यकीय सुविधामा सुधार गर्न भारत सरकारले आÏनो प्रयास जारी राख्ने राजदूत
रणजित रायले प्रष्ट पार्नुभयो । सन् १९९४ पश्चात भारत सरकारले नेपालका विभिन्न सामाजिक संघ, ंसंगठन, सरकारी अस्पतालहरुलाई ५ सय ८२ वटा एम्बुलेन्स उपहार दिइसकेको छ । यसैगरी अहिलेसम्म विभिन्न स्कुलहरुलाई १ सय १४ वटा बस प्रदान गरिसकेको छ । यसैगरी २०७० अर्थात सन् २०१३ मा भएको संविधानसभाको निर्वाचनमा निर्वाचन आयोगलाई ४८ वटा गाडी, नेपाली सेनालाई सहयोग स्वरुप २ सय १७ वटा वाहन र अन्य नेपालका सुरक्षा निकायलाई ५ सय ८५ वटा वाहन उपलब्ध गराइसकेको छ ।
यसका अलावा भारत नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत हालसम्म ५ सय ३३ वटा ठूला साना परियोजनाहरु सम्पन्न भइसकेका छन् । यी परियोजनाहरुमा भारत सरकारले ७६ अरब रुपैया लगानी गरिसकेको छ । यस्ता योजनाहरुमा भारत सरकारले मुख्य रुपमा पहिचान र स्थानीयको आवश्यकता अनुसार सहयोग गर्दै आएको छ । हाल हस्तान्तरण गरिएका अग्नी नियन्त्रक सरकारले केही समय अगाडि पूर्वाधार विहीन नयाा नगरपालिकाहरुका लागि बरदान सावित हुने भएको छ ।
