भाडाका सवारी साधनबाट ट्राफिक प्रहरी र जिविसका ठेकेदारको रकम असुलीमा होडबाजी एउटै सडकमा चल्ने नेपालका गाडीबाट जरिवाना : भारतीय गाडीबाट उचन्ती असुलिन्छ

धरान/पूर्वाञ्चलमा यतिबेला भाडाका सवारी साधनबाट ट्राफिक प्रहरी र जिल्ला विकास समितिका ठेकेदारहरुको अवैध ढंगले रकम असुलीमा होडबाजी नै देखिन थालेको छ ।
ट्राफिक प्रहरी र जिल्ला विकास समितिका ठेकेदारहरु एउटै सडकमा चल्ने नेपालका भाडाका गाडीबाट जरिवाना असुल गर्छन भने भारतीय गाडीहरुबाट पकेट खर्च अर्थात उचन्ती उठाउाछन् ।
स–सानो वहानामा भाडाका
सवारी साधनहरुबाट चेक जााचका नाममा ट्राफिक प्रहरी र जिल्ला विकास समितिका ठेकेदारले केवल रकममात्र असुल्ने प्रवृत्तिबाट यस क्षेत्रमा भाडाका यातायात सञ्चालन गर्दै आएका व्यवसायीहरु आक्रोसित भएका छन् । ट्राफिक प्रहीको ज्यादतिको त कुरै नगरौ इटहरीका व्यवसायी अनिल अग्रवाल आक्रोसित हुादै भन्नुहुन्छ । इाटाभट्टा सञ्चालक समेत गर्दै आएका अग्रवाल भन्नुहुन्छ एउटा ठूलो ट्याक्टरले १५ सय इाटा लोड गर्छ । त्यसै अनुसारको भ्याट विल काटिन्छ । तर चेकजााचमा बसेका ट्राफिक प्रहरीहरु ओभर लोड भयो, डाला भन्दा माथि माल हालेको भन्दै पााचसयदेखि हजार रुपयाासम्म
जरिवाना गर्छन् ।
ठूलो ट्याक्टरको माल बोक्ने क्यापासिटी ५ टनको हुन्छ । १५ सय इाटाको तौल साढे चार टन मात्र हुन्छ क्यापासिटी भन्दा थोरै माल बोक्दा पनि ओभरलोड भयो भनेर अनावश्यक दु:ख दिएर जरिवाना गरिन्छ । अग्रवालले आक्रोस पोख्दै भन्नुभयो १५ सय इाटाको इमान्दारितापूर्वक भ्याट काट्दा ओभरलोडको नाममा जरिवाना तिर्नुपर्छ तर त्यत्तिकै परिणामको इाटालाई १२५० मात्र भनेर भ्याट बिल काट्दा जरिवाना हुादैन । यसले राजस्वमा असर गर्छ, व्यापारी चोर हुन्छन् । कस्तो विडम्बना, उहााले भन्नुभयो । यहाा सबै भन्दा ठूलो विडम्बना के छ भने भारतीय नम्बर प्लेट भएका ट्रकहरुले यहााका सडकमा डाला भन्दा चारगुणा बढी माल बोक्दा ट्राफिक प्रहरीहरु उचन्ती (खल्तीमा हाल्ने पैसा) लिएर छोड्छन् भने नेपाली ट्रक, ट्याक्टरहरुले डालाभन्दा दुई इन्च माथि माल बोक्दा जरिवाना तिुर्नपर्छ । अझ जिल्ला विकास समितिका ठेकेदारको ज्यादतिको कुरै नगरौ अग्रवाल भन्नुहुन्छ । जिल्ला विकास समितिले इाटामा विक्री कर भनेर ठेक्का लगायो । एक हजार इाटामा २५ रुपैया कर निर्धारण गरियो । जिविसको नियमवलीमा निकासी कर असुल्न पाइन्छ तर स्थानीय उत्पादन स्थानीय स्तरमै खपत हुादा त्यसमा कर लिन पाइदैन । तर ठकेदारहरु इाटाभट्टाको गेटमा बसेरै कर लिन थालेपछि आक्रोसित इाटा व्यवसायीहरुले पुनरावेदन अदालत विराटनगरमा मुद्दा दायर गरे । कोशी अञ्चल इाटाभट्टा व्यवसायी संघको नामबाट दायर मुद्दामा पुनरावेदन अदालतले व्यवसायीको पक्षमा फैसला गरिदियो । जिविसले निकासी कर मात्र लिन पाइने स्थानीय खपतमा लिन नपाइने फैसला भएपनि ठेकेदारहरुले आफनो ज्यादति अहिलेसम्म छोड्ेका छैनन् ठेकेदारहरु व्यवसायीहरुसाग भ्याट बिल समेत माग्छन् । भ्याट बिल हेर्ने र माग्ने अधिकार न ट्राफिक प्रहरीलाई हुन्छ न ठेकेदारलाई, अगवाल भन्नुहुन्छ । यसै सम्बन्धमा हामीले आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख धर्मेन्द्र मिश्रासाग बुझ्न सम्पर्क गर्दा उहाासाग सम्पर्क हुन सकेन तर कार्यालय स्रोतले दिएको जानकारी अनुसार भ्याट विल हेर्ने अधिकार राजस्वका कर्मचारीहरुलाई मात्र हुन्छ ।
उता सयुक्त परिवहन व्यवसायी समितिका अध्यक्ष जिवी खड्काको कथन पनि अग्रवालको भन्दा फरक छैन । उहाा भन्नुहुन्छ ट्राफिक प्रहरीको ज्यादति अचाक्ली भयो । व्यापारी तथा व्यवसायीहरु अनावश्यक झमेलामा पर्न, उजुरबाजुर गर्न चाहादैनन् । यसैको फाइदा ट्राफिक प्रहरी र ठेकेदारले
उठाइरहेका छन् । उहाा भन्नुहुन्छ, वंगलादेशबाट आयात हुने सामान बोक्न नेपालका गाडी बगलादेशको फूलबारी पंचघाटसम्म जान पाउाछन् । नेपाल भारत र बंगलादेशबीचको सुमधुर सम्बन्धकै कारण नेपालका गाडी त्यहाासम्म पुग्न पाउछन् । त्यहााबाट सामान आयात हुादा त्।त् र ी।ऋ मार्फत हुन्छ । त्।त् र ी।ऋ मा उल्लेख भएको सामानको क्वान्टिटी लोड गरेर ल्याउनै पर्छ । ती सामानहरु वंगलादेशबाट फूलबारी पंचघाटसम्म २२ फुटे, २४ फुटे गाडीमा लोड भएर आउाछन् । तर नेपालका गाडीहरु १२ फुटे र १४ फुटे हुन्छन् । ती सबै सामान एकैपटक उठाउनु पर्दा बाध्य भएर डालाभन्दा केही माथि जाान्छ । ५ बोरा सामानको लागि भाडामा अर्को गाडी लिने कुरा पनि आउादैन भने सामान छोड्न पनि सकिदैन । अब त्यही ५ बोराका लागि ट्राफिक प्रहीलाई वाटो बाटोमा बुझाउदा बुझाउादै तीन चार हजार खर्च हुन्छ ।
उहाा भन्नुहुन्छ हिजो आज नेपाली ट्रकभन्दा पनि भारतीय ट्रकबाट तराई क्षेत्रमा ढुवानीको काम बढी हुन्छ ।
विराटनगरमा भएको आलु प्याज, खाद्यान्न धरान ल्याउादा व्यापारीहरुले जोगबनीका भारतीय ट्रक प्रयोग गर्छन् । उनीहरुले जति पनि माल बोक्न पाउाछन्। डाला भन्दा माथिको कुरै आउादैन । फेरि नेपाली ट्रकभन्दा भारतीय ट्रकको भाडा दर पनि कम हुन्छ । यसले गर्दा नेपाली ढुवनी व्यवसायीहरु टााट पल्टदै गएका छन् । ५ बर्षमा पनि नेपाली व्यवसायीहरुले लगानी उठाउन सक्देैनन् र अन्तमा कवाडीमा आफनो सवारी साधन बेच्नुपर्ने हुन्छ । अध्यक्ष खड्काले उदारहण दिार्दै भन्नुभयो आफैले उत्पादन गरेको खेतिको धान, पराल धरान ल्याउादा ट्राफिकले डालाभन्दा माथि भनेर रकम असुल्छन् भने जिविसका ठेकेदारहरु पनि असुलीमा सक्रिय हुन्छन् । यसका विरुद्धमा हामीले सम्बन्धित निकायलाई धेरै पटक गुहार्‍यौं । आन्दोलन गर्‍यौं । केही दिन अलि कडाई गरे जस्तो गर्छ फेरि उही रवैया, अध्यक्ष खड्काले भन्नुभयो ।

तपाईको प्रतिक्रिया