धरान/नेपाल उद्योग वाणिज्य महासंघकी प्रथम उपाध्यक्ष भवानी राणाले जबसम्म मुलुकमा राजनीतिक स्थिरता, सुशासन र सुरक्षाको पूर्ण प्रत्याभूति हुादैन तवसम्म उद्योग व्यवसाय फस्टाउन र उद्योगी व्यवसायीहरुको समस्या समधान हुन नसक्ने बताउनुभएको छ ।
बरिष्ठ उपाध्यक्ष राणाले उक्त कुरा सुनसरी उद्योग वाणिज्य संघको ५३ औं बार्षिकोत्सवको समापनका अवसरमा बोल्दै बताउनुभएको हो ।
वि.सं. २०२० सालमा व्यापार प्रबन्ध समितिको नाममा धरानका अग्रज व्यवसायीहरुको पहलमा स्थापित सुनसरी उद्योग वाणिज्य संघले आफ्नो ५३ औं बार्षिकोत्सव साताव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । संघले उद्यमशिलता कार्यक्रम, प्लाष्टिकमुक्त, उद्घोषण तालिम, धरानमा सिसी क्यामेरा जडान, एक गाउा एक उत्पादन लगायतका विषयमा कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
सो अवसरमा बोल्दै बरिष्ठ उपाध्यक्ष राणाले भन्नुभयो नेपालमा जबसम्म
राजनैतिक स्थिरता कायम हुादैन तबसम्म उद्योगी व्यवसायीहरुका समस्या समधान हुन सक्दैन । त्यस्तो अवस्थामा मुलुकमा आयात बढ्ने र निर्यात घट्ने हुादा अर्थतन्त्र नै डावाडोल हुने अवस्थामा पुग्छ । नेपालमा डेढ बर्ष अगाडिको भुकम्प, मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दी पश्चात डावाडोल भएको अर्थतन्त्र केही सुधारोन्मुख भएपनि सरकार परिवर्तन र राजनैतिक अस्थिरताले व्यवसायी उद्योगीमा अन्यौलता छाएको छ, राणाले भन्नुभयो । उहााले भन्नुभयो राज्य कहिल्यै पनि व्यसायीको समस्या समाधान गर्नेतर्फ लागेन । सविधान निर्माण पश्चात मुलुकमा स्थायित्व आउने विश्वास व्यवसायीहरुको थियो । तर त्यसको ठीक उल्टो अस्थिरता देखिएको छ । यस्तो अवस्थामा थप लगानीको वातावरण बन्दैन । अर्को एक प्रसंगमा बरिष्ठ उपाध्यक्ष राणाले भन्नुभयो, सुनसरी उद्योग वाणिज्य संघको भवन निर्माणमा नेपाल उद्योग वाणिज्य महासंघ र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्न आफू तयार छु ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले स्थायित्व र शान्ति नभएसम्म लगानीको वातावरण बन्दैन । सरकारले लगानीको वातावरण निर्माण गर्न शान्ति सुरक्षा र स्थायित्वका लागि पहल गर्नुपर्छ । विगतमा विष्णुपादुकालाई एक गाउा एक उत्पादनको अवधारण ल्याए तापनि त्यसमा कार्यान्वयनमा केही कमजोरी देखिएको थियो । अब त्यसले कार्यान्वयनमै सफल हासिल गर्ने अध्यक्ष साहको भनाई थियो । सो अवसरमा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भरत थापा, प्रमुख जिल्ला अधिकारी मोहन चापागाई, घरेलु तथा साना उद्योग कार्यालय इटहरीका प्रमुख अर्जुन निरौला, पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलाल, धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिकादत्त राई, जिल्ला कृषि विकास कार्यालयका प्रमुख सूर्यनाथ महतो, इटहरी उद्योग वाणिज्य संघका सदस्य शैलेश विष्ट, उद्योग संगठन मोरङ्गका अध्यक्ष मुकेश उपाध्याय, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई, नेकपा एमाले धरान नगर कमिटिका सचिव राजमणि निरौला, नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापा, सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सरोज श्रेष्ठ लगायतले पनि बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव शिवराज श्रेष्ठले गर्नुभएको थियो ।
