विवेशशून्य ऊर्जामन्त्री जनार्जन शर्माले मन्त्री भएको केही दिनमै चर्चामा आउन अशोभनीय कार्य गरे । विगतमा एमालेका ऊर्जामन्त्री गोकर्ण विष्टले महसुल बक्यौता भएकाहरुको विद्युत लाइन काट्न लगाएर चर्चामा आएका थिए ।
तर विष्ट र शर्माको उद्देश्य एउटै भएपनि विष्ट सबैका नजरमा हाइहाई भए भने शर्मा सबैका नजरमा घृणाका पात्र बन्न पुगेका
छन् । विद्युत महसुल नबुझाउनेको तीनदिन भित्रमा लाइन काट्नु भन्ने आदेश दिएर क्रान्तिकारी बन्ने घृष्टता गर्दा उनी सबैका नजरमा घृणाका पात्र बनेका हुन् ।
राजनीतिक दलका उपल्लो स्तरका नेताहरुको घरको विद्युत महसुल वापतको रकम आजसम्म प्राधिरणले उठाउन सकेको छैन । उनीहरुले प्राधिकरणलाई समेत हालसम्म महसुल बुझाएका छैनन् । तर ऊर्जमन्त्रीले उनान्नब्बे बर्षीयम बृद्धा बस्दै आएको नारायण्हिटी
राजदरबारभित्रको महेन्द्र मञ्जिलको विद्युत लाइन काट्न लगएर बहादुरी देखाए । आज तिनै महेन्द्रका कारण मुलुकमा राष्ट्रप्रतिको प्रेम, विकास निर्माणका कार्य अर्थात औद्योगिककरण, देशका सबै जिल्ला र नगरमा स्कुल कलेजको स्थापना, पूर्व पश्चिम राजमार्ग, विदेएिका पढेलेका दक्ष जनशक्तिलाई मुलुक फर्काउने, संयुक्त राष्ट्रसघको सदस्यता लगयत अनगिन्ती काम गरे ।
तर आज तिनै राष्ट्रिय भावले ओतप्रोतकी अर्धाङ्गिनी रत्नराज्य लक्ष्मी बसेको महेन्द्र मञ्जिलको विद्युत काट्न लगाएर मन्त्री शर्माले बहादुरी देखाउन खोजे । एउटा अशक्त, असहाय, विरामी सबै नेपालीका आदरणीय र सम्मानित रत्नराज्य लक्ष्मी देवी शाहको जन्मोत्सवकै अवसरमा मन्त्री शर्माले आफ्नो कुकृत्य देखाए । यसका विरुद्धमा स्वस्फूर्त रुपमा नागरिकहरु सडकमा आए । उर्लदो जनसागर देखेर २४ घण्टा नबित्दै विद्युत लाइन पुन: जोडियो । आज दलका नेताहरु र सरकारका मन्त्रिहरुप्रति जनताको आक्रोश बढदै गएको छ । राजपरिवारप्रतिको सम्मान बढ्दो छ । यसको ज्वलन्त उदहरण राजा ज्ञानेन्द्र जुन जुन ठाउामा पुग्छन् त्यस ठाउामा विशाल जनलहर राजा आउ देश बचाउा भन्ने नारा लाग्छ । यसले मुलुकमा राजसंस्था अपरिहार्य छ भनेर संकेत गर्छ । क्षणिक उदण्डता र लहडका आधारमा जनताको अभिमत नै नलिई राजसंस्था हाटाउने जुन कार्य गरे अव घातक शिद्ध हुने भएको छ ।
शर्माले अपार आस्था भएका जनकपुरको जानकी मन्दिरको लाइन काट्न लगाए, सरकारी अस्पतालको लाइन काट्न लगाए तर जनताबाट सडक बत्तीको महसुल लिएर प्राधिकरणलाई नतिर्ने नगरपालिकहरु, मेडिकल माफियाहरुले सञ्चालन गरेको नीजि मेडिकल कलेजहरु, मन्त्री क्वाटर, सिंहदबार आदि स्थानमा लाइन काट्न निर्देशन दिएनन् । कतिसम्म भने मन्त्री जनार्जन शर्माले नै सञ्चालन गरेको काठमाण्डौको गोंगवुस्थित जनमैत्री अस्पतालको लाइन काट्न दिएनन् । झण्डै ९० लाख विद्युत महसुल उक्त अस्पतालले दिन बााकी रहेको छ । हिजोको दिनमा पूर्व जनमुक्ति सेना नेपालमा जवानहरुको रकम घोटाला गरेर माओवादीका नेताहरुले व्यापार गर्ने उद्देश्यले स्थापित उक्त अस्पतालमा यतिबेला जनमैत्री सरोकार समितिले तालाबन्दी गरिदिएको छ । उनीहरुले अस्पतालको मूल गेटमा कालो व्यानर समेत झुण्ड्याएका छन् । गाास काटेको पैसामा कसैले रजाई नहोस, हाम्रो आाशु, रगत र पसिनामा पहुचवालाको रजाई नहोस् भनेर कालो व्यानरमा लेखेर झुण्ड्याइएका छन् । आफ्नै अस्पतालका कर्मचारी र स्थानीय बासिन्दाले हाल उक्त अस्पतालमा त्यसरी व्यानर राख्दा पनि मन्त्री शर्मा निर्लज्ज्तापूर्वक
हेरेर बसेक छन् । तर मुमाबडामहारानी र धार्मिक स्थालको लाइन काट्दै हिडेका छन् ।
