साठी बर्ष माथिका विरामीलाई ५० प्रतिशत छुट भएपछि उपचारमा वृद्धावृद्धाको भीड

धरान/:धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेष्ठ नागरिक उपचार सेवाको थालनी गरेको दुई बर्ष पुगेको छ । पुर्वकै प्रतितिष्ठान अस्पतालको रुपमा परिचित यस गरेको यस सेवा अन्तर्गत ६० वर्ष कटेका जेष्ठ नागरिकहरुलाई प्रतिष्ठानमा हुने सम्पूर्ण उपचारमा ५० प्रतिशत छुट हुने गरेको छ । २०७० माघ २५ गतेबाट शुरु भएको यो सेवाका लागि बर्षेनी वृद्धवृद्धाहरुको संख्यामा वृद्धि हुदै गएको छ । वृद्धि हुनुको प्रमुख कारण आफनो उपचारमा निक्कै सहज र सजिलो भएको कारणले नै हो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई बर्ष अघि जेष्ठ नागरिकको सहयोग र सम्मानका लागि जेष्ठ नागरिक स्वास्थ्य सेवाको अवधारणा ल्याएसंगै अहिले ६० वर्ष उमेर कटेका जेष्ठ नागरिकहरुहरु उपचार गर्न प्रतिष्ठानमा घुइचो नै लाग्ने गर्दछ ।र् उपचारमा ५० प्रतिशत छुटको व्यावस्था भएसागै सर्वसुलभ उपचार लागि दैनिक ५० देखि ६० जना वृद्धवृलभ उपचार लागि दैनिक ५० देखि ६० जना वृद्धवृद्धाहरु आउने गरको प्रतिष्ठानले जानकारी दिएको छ । यस सेवाले वृद्धावृद्धाको सम्मानका साथै उपचारमा समेत सहज हुने गरेको वृद्धावृद्धाहरुको भनाई छ ।े उपचारका लागि टाढाटाढाबाट आउने विरामीहरुलाई यो सेवाले निककै राम्रो फाईदा पुगेको धनकुटा राजारानीवाट उपचारका लागि आउनुभएकी कमला लिम्वूले बताउनभयो ।
यसरी वृद्धवृद्धालाई उपचारमा प्रतिष्ठानले छुट दिन थाले पछि सर्वसाधारण निक्कै खुशी छन् । तर अझै पनि यस्तो सेवा प्रतिष्ठानमा छ भनेर कतिपयलाई थाहा छैन । जव प्रतिष्ठानमा आउाछन अनि मात्रै थाहा हुन्छ । तर आफ्नो उमेर खुल्ने नागरिकता , मतदाता परिचपत्र अथवा उमेर खुल्ने कुनै पनि आधिकारीक परिपत्र भने अनिवार्य रुपमा चाहिन्छ
यो सेवा हुनु अगाडि ओपडीको विल काट्नका लागि विरामीले एक सय रुपैयााको बिल काट्नु पर्दथ्यो । तर अहिले प्रतिष्ठानले जेष्ठ नागरिकले उमेर खुल्ने परिचय पत्र नागरिकता अथवा मतदाता परिचय पत्र देखाएमा ५० रुपैयामा ओपडी विल काटिनुका साथै सम्पूर्ण उपचार समेत आधा खर्चमा हुने गरेको छ । उपचारमा मात्र नभई रगत परीक्षण, युरिन परीक्षण, भिडियो ए्क्स रे जस्ता ल्याव परीक्षणमा समेत ५० प्रतिशत छुट हुने गरेको छ ।
नेपाल सरकारसागको सहकार्यमा दक्षिण एशियाकै प्रतिष्ठित अस्पताल विपी प्रतिष्ठानमा मात्रै पहिलो पटक ६० वर्ष उमेरदेखि माथिका वृद्ध वृद्धाका लागि उपचारमा आधा रकम छुट दिने सेवा सुरु गरेको हो । यो सेवा लिनेको सख्या प्रतिष्ठानमा आजभोली दिनानु दिन वढेको छ । आर्थिक अभावले उपचार गर्न नपाएका
विरामी वृद्ध वृद्धालाई यो सेवाले ठुलो राहत मिलेको वि पी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका सूचना शाखा अधिकृत सजेन्द्र गोले तामाङले बताउनुभयो ।
यसरी विपी प्रतिष्ठानले जेष्ठ नागरिकका लागि दिइने उपचार छुट सेवाका बारेमा अझै पनि सुचनाको अभावले स्वयम जेष्ठ नागरिकलाई थाहा नहुन सक्छ । यो संगै प्रतिष्ठानले सर्वसाधरणलाई सजिलो होस भनेर स्यमं सेवक समेत परिचालन गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. अरविन्द सिन्हाले जानकारी दिनुभयो ।
त्र

तपाईको प्रतिक्रिया