घण्टाघरबाट हेर्दा

मिल्दैन रे
आफूले गर्दाचाहिा जे गर्दा नि मिल्ने अरुले गर्दाचाहिा पटक्कै नमिल्ने, ज्यान गए नि नमिल्ने रे । त्यस्तो पनि कहीा हुन्छ ? अरुले सुन्दा नि’ कुरीकुरी लाग्ने । अब हेरौ न झालेमालेका एकजना गन्नेमान्ने मान्छेले आच्या भानुभक्त ढकलले भन्या झालेमाले सरकारले राजदूतमा प्रस्ताव गरिसकेका नामहरु अहिलेको सरकारले उल्ट्याउनै मिल्दैन रे । उल्ट्याउन मिल्दैन भनेर अहिलेको भालुको कन्पट जस्तो संविधनमा कही लेख्या छ ? हुन त हावादारी गफ गर्न झालेमालेलाई कस्ले भ्याउने ? पहिला झलेमालेको सरकारले गरेके प्रस्ताव अहिलेके सरकारले उल्ट्याउनु मज्जाले मिल्छ । मिल्दैनथ्यो भने भारतका राजदुतले काम गर्दा गर्दै बीचैमा फिर्ता बोलाउन पनि नमिल्नु पथ्र्यो नि । आफूले गर्दाचाहिा सबै कुरा मिल्ने अरुले गर्दाचाहिा नमिल्ने रे । हुन त राजदूत बनाइदिम्ला भनेर कति यस्ता प्रस्तावित राजदूतहरुाग अग्रिम गतिलै ढेउवा ल्याहोलान् । अब त्यो फिर्ता गर्नुपर्ला भनेर विलौना गर्‍या होलान् । नत्र यो मुुलुकम आइमाइलाई लोग्ने माछे, लोग्ने मान्छेलाई आइमाई बनाउनुबाहेक सरकार र नेताले गर्न नसक्ने त कुरै छैन क्याारे ?
हँसायो वा †
नेपालमा समाजिक सञ्जाल साह्रै छाडा भए वा † अब हेरौ न सुध्रिन्छु, अब गल्ति गर्दिन भनेर काागेसको लिस्नु उक्लेर सिंहदरबारको कुर्सीमा पुगेका माउवादीका केन्दका अध्यक्षे प्रचण्डाउलाई सामािजक सञ्जालकर्ताहरुले हिजो आज सोह्र सिंगारले सजाउन थाल्या छन । कहिले रेखा थापाको शरीरमा प्रचण्डाउलाई टाासेर सुपर मोडेल बनाइदिन्छन् । कहिले साउन महिना भएर होला हातभरि चुरा लगाएर सातो साडीमा छडके तिलहरी लगाएर उभ्याइदिन्छन् । अब हुादा हुादा पचण्डाउ भारी ज्युकी भएको फोटो समेत राख्दे र हासाउनु हासाए वा † एक जनाले त प्रचण्डाउले अबको नौ महिनामा देउवा जन्माउदै छन् भनेर यमनको प्रचण्डउ भारी ज्यू भएकी फोटो नै हाल्दे छ । कति हाास्नु ? अस्तिका दिन त घण्टाघरको हाास्दा हास्दा भुडी बाडिएला जस्तो भाथ्यो ।
कता हराए
नेप्लिज लााग्रेसका लम्यांग्रे नेताका रुपमा परिचय बनाएका तनहुाले बाजे हिजोआज अचम्ममा पर्न थाल्या छन् । बाजे अचम्ममा पर्नु नौले कुरा भने होइन । भएछ के भने अहिलेको
सरकारमा मन्त्री बनाइदिनु पर्‍यो भन्दै बाजेको निवासमा धाउने सभासदहरुको संख्या देखेर उनी अचम्ममा परेका
रै’छन् । दुई तीन महिना अगाडि संसदीय दलको निर्वाचन हुादा बाजेलाई जति भोट आथ्यो त्यो भन्दा कैयौ गुणा बढी सभासद बाजेकोमा मन्त्री बनाइदिनुपर्‍यो भनेर धाउन थाल्या
भएरै बाजे अचम्ममा पर्‍या हुन रे । हिजो संसदीय दलको नेतामा उठ्दा बाजेको पक्षेमा ६७ मत मात्र आको थ्यो क्यारे । अहिले त मन्त्री नै बनाइदेउ भनेर दैलामा पुगेर जदौ गनेको ंखया मात्र ८० पुग्या छ रे । यो संख्या बढ्ने क्रम जारी नै छ , हिजो लुतु देउवालाई भोट हाल्ने अनि अहिलेचाहिा मन्त्री माग्न बाजे पुगेपछि कस्का कन्सिरी तात्दैन ? त्यसरी दैलोमा पुग्नेहरुलाई भित्रैबाट झट्टी हान्नुपर्ने हो । कि कसो हौ ?
टेरपुच्छर लगाएनन् रे
मनका वहा कसैलाई नकहा भन्ने नेपाली उखान यतिबेला रामचन्द्रे बाजे माने तेसो लिंगीको सवालमा ठ्याक्कै मेल खान पुगेको छ । खप्रओलाई बाई
गरेर प्रचण्डाउलाई पर्धानमन्तरी बनाउने मामलामा शेरबहादुर काजीको सानो योगदन छैन । जसले मह काढ्छ उसले हात चाट्न थालेपछि रामचन्द्रे बाजेलाई खरो होला जस्तो भएको छ । कुरो के
परेछ भने कााग्रेको तर्फबाट कर्‍कसलाई मन्त्री बनाउने भनेर काजीले आफ्नै
विरादीहरुसाग बसेर सल्लाह गरेछन् ।
रामचन्दे बाजेलाई कैडीको समेत भाउ दिएनछन् । खपओको सरकार ढाल्नु हुादैन, खप्रको सरकारको विकल्प छैन भनेर मच्ची मच्ची बाजेले भाषन ठोकेका थिए अब अहिले आएर अफूलाई पनि ५/६ वटा कोटा दिनुपर्छ, अपाmूसाग पनि
सरसल्लाह गर्नुपर्छ भनेर उफ्रेर हुन्छ ? हिजोचाहिा खप्रओको गुण गाउने अनि अहिलेचाहिा कोटा र सरसल्लाह गर्नुपर्छ भनेर उफ्रिपाफी त गर्नु भएन नि ।
साडी र दाडी
पुराना बामपन्थी नेता ०४६ सालपछि ठूलो भागबण्डा खोज्दै चैते काग्रेसी बनेका मोहन चापागाईले भन्या साडी र दाडीले काग्रेस सिध्याउने भए । हिजो कााग्रेस सिध्याउने पनि साडी र दाडी नै थिए रे । होला पनि पढेलेखेका, बनारस बसेका, बीपी र पुष्पलाल साग संगत गरेक न ठहरिए चापागाई । गिर्जाउ हुादा चाहिा कााग्रेसमा चार दाह्री चार साडी थिए रे । अहिलेचाहिा एक दाडी र एक साडीमात्र छन् रे । बूढा त मापाकै रै’छन् । Ïयाट्ट नामै भन्दिए दाडीमा विमलेन्द्र निधि अनि साडीमाचाहिा आरजु देउवा रे । देउवालाई हल्लाउने, घुमाउने, नचाउने तिनै दुईजना हुने रे चापागाईले भन्या । होला पनि देउवा आजकल अलि बटारिए बटारिए जस्तो देखिएका छन् ।
हावा गफ
पढालेखा मान्छेहरु भन्ने गर्छन् वंशाणु माने हेरिडिटीले धेरै काम गर्छ । पहिला पहिलाका बुढापाकाहरुचाहिा ठ्याककै यो फलानो आफन्तको गोटा गयो जसले जसरी भने पनि कुरा त एउटै हो । पााच हातको डेरीको पनि एउटै गााठो पचास हातको डेरीको नि एउटै गााठो । अब
हेरौन भर्खरौमत्र सिंहदरबारको कुर्सी छाडेर बालकोटतिर छिरेका खप्रओका पिताले आफ्नो छोरी ५/६ महिना पछि फेरि पर्धानमन्तरी हुन्छ भनेर फुइा हाकेछन् । हुन त बूढाबूढीको सुद्धि हुादैन, हराउदै जान्छ भन्छन् । पिण्ड खाने बेला भएका बूढाले ठोकुवै दिएर भनेपछि अरुक झै घण्टाघरका पनि कान ठाडा नहुने
कुरै भएन । यसो वाइनाकुलर समेत बालकोटतिर सोझ्याएको छट बूढा अलि गफाडी नै निक्ले । यो उमेरमा बाउ त त्यसरी गफ दिन्छन् भने छोराले गफ दिएकोमा के नौलो मान्नु ? ९ महिना ओली सत्तामा बस्दा हावादारी गफ दिएरै ओलीले बिताए । विचराको
हेरिडिडी भन्ने कुरा कसलाई थाहा ?
हैरान
पहिला पहिला नेपालमा पर्धानमन्तरी हुादा देश–विदेशबाट बधाई दिनेको ओइरो लाग्थ्यो । महिनौसम्म फलानो देशका राष्ट्रप्रमुख, पर्धानमन्तरीले शुभकामना दिएका सन्देशहरु सञ्चारमाध्यममा भ्याई नभ्याई हुन्थ्यो । तर आजकल गोडा चारेक देशका सरकार प्रमुख पर्धानमन्तरीहरुबाट मात्र बधाई र शुभकामना आउन थाल्या छन् । त्यो पनि छोटकरीमा । किन नेपालका प्रधानमन्तरीलाई पहिला पहिलाको जस्तो बधाई शुभकामना नआएको होला भनेर घण्टाघरले यसो गुहय कुरा बुझ्या त बातै अर्के रै’छ । अरु देशका पधानमन्तरीहरु टन्न ५ बर्षसम्म बसेर काम गर्छन् । उनेरलाई कामकै चटारो हुन्छ । कसरी देश बनाउा भन्ने ध्याउन्न हुन्छ । कुकुर व्याए जस्तो नेपालका पर्धानमन्तरी उनेरका हुौदैन रै’छन् । नौ–नौ महिनामा शुभकामना दिादा दिादा हैरान भएर अब त पठाउनै छाड्या रे । होला पनि । अब त हुादा हुादा फलानोपछि को भनेर अग्रिम सूचि नै तयार हुन्छ । कुन दिनदेखि रोलक्रममा ५ बर्षसम्म बन्ने प्रधानमन्तरीलाई अग्रिम बधाई र शुभकामना आउन बेर छैन ।
अन्तेमा
प्रचण्डाउ प्रधानमन्तरी भएका दिन सिंहदरबारमा प्रचण्डाउको फोटो झुण्डियो । फोटो झुण्ड्याउन २/४ जना कर्मचारीलाई हम्मे हम्मे नै पर्‍यो । नौ नौ महिनामा फोटो झुण्ड्याएर
हैरान भएका एक कमचारीले गजबको आइडिया निकाले । ९ महिना पछिको डेट राखेर शेरबहादुर देउवाको पनि फोटो झुण्ड्याउन पाए लन्ठै साफ । आखिरी ९ महिना पछि देउवा प्रधानमन्त्री हुने कुराको प्रचण्डाउ र देउवाले तमसुकमा हस्ताक्षर गरिसकेका छन् । झुण्ड्याए पनि के चाहिा फरक पर्ला र ?

तपाईको प्रतिक्रिया