गरिमा समर क्याम्प सम्पन्न

धरान/ बालबालिकाहरुको प्रतिभा निखार्ने उदेश्यले गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको
“गरिमा समर क्याम्प(२०७३”को समापन विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
सैनिक भवन धरान–१० मा भएको कार्यक्रममा गरिमाका कलाकारहरुले नृत्य साथै गायिका अन्जु राईले गीत, गरिमाले सञ्चालन गर्दै आएको दैनिक कक्षाका प्रशिक्षार्थीहरुले नृत्य र समर क्याम्पमा सहभागि विद्यार्थीहरुले नृत्य, जुम्बा प्रस्तुती गर्नुका साथसाथै क्याटवाक गर्दै माईकमा उभिएर आफनो परिचय समेत दिएका थिए । यसैगरी ती समर क्याम्पमा सहभागि विद्यार्थीहरु मध्येबाट उत्कृष्ठ समेत छनौट गरिएको थियो । जसमा बेष्ट डान्स सृष्टी लिम्बु, अतिस्मा बस्नेत, बेष्ट प्रोगेश डेकिला शेर्पा,
रिसिम राई, वेष्ट डिसिप्लीन सौर्यता मल्ल, ममता राई, बेष्ट क्याटवाक स्वेच्छा श्रेष्ठ, समिक्षा लिम्बु, बेष्ट ईन्टड्युस सभ्यता राई र रिचा राई घोषित भएका छन् ।
गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथी रहेकी समाजसेवी
सरला कायस्थ, छनौट समितिका निर्णायकहरु द्वय धरान जेसिजका भुपू अध्यक्ष एवं किरात राई यायोक्खाका केन्द्रिय सदस्य दोर्पध्वज राई र नटराज विजेता एवं मोडल रोशिमा राईले उत्कृष्ठ बनेका विद्याथीहरुलाई ट्रफी र प्रमाण पत्र बितरण गरेका थिए । भने कार्यक्रममा गरिमाका सदस्य रीमा थापा मगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । गर्मीको विदामा खाली बसेका विद्यार्थीहरुको खाली समयलाई सदुपयोग गर्दै गत साउन २ गते देखि २१ गते सम्म सो “गरिमा समर क्याम्प–२०७३”को आयोजना गरी नृत्यसागै, उद्घोषण, जुम्बा, क्याटवाक, योगालगायतको प्रशिक्षण दिईएको गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले बताए । निर्देशक लिम्बुका अनुसार समर क्यापमा धरानका विभिन्न दुई दर्जन विद्यालयका करिब ६ दर्जन बालबालिकाले प्रशिक्षण लिएका हुन् । ती सहभागि विद्यार्थीहरुलाई गरिमाका प्रशिक्षक अन्जु राईले नृत्य प्रशिक्षण, उद्घोषण सन्जु राई, क्याटवाक र जुम्बाको प्रशिक्षण मनिता राईले दिएका थिए । यसैगरी पतञ्जली योग नगर समिति धरानका योग प्रशिक्षक सुमनमान स्थापितले योगाको प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया