सत्ताको उन्मादमा काम चलाउ ओली सरकारद्वारा राज्यको ढुकुटीमाथि चरम व्रम्हलुट झापाका आदित्य दाहाललाई मात्र हैन आफ्ना हुक्के, ढोके, वैठकेहरुलाइ करोडौ रुपैया वितरण

धरान/सत्ता गठबन्धनका दलहरुले एकपछि अर्को गर्दै साथ छोडेर संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि काम चलाउको हैसियतमा पुगेका अल्प मतका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन यता राज्यको ढुकुटीमाथि चरम ब्रम्हलुट मच्चाएका छन् ।
भर्खरै उनले झापाका हावादारी बालकको नाममा गठित प्रतिष्ठानलाई एक करोड दिए । आदित्य दाहाललाई मात्र हैन केही दिन यता प्रधानमन्त्री केपी ओलीले आÏना निकटका हुक्के, ढोके, बैठकेहरुलाई राज्य कोषबाट
कराडेौ रुपैयाा वितरण गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीले प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुाचवालाहरुलाई राज्यको ढुकुटीबाट एकैदिन एक करोड ३१ लाख ५० हजार आर्थिक सहायता वितरण गरेका छन् । एउटा सिटामोल खान नपाएर एकसरो लुगा लगाउन नपाएर, एक छाक पेटभरि खान नपाएर मुत्युको मुखमा पुगेका
गरिबहरुका लागि ओलीले आÏनो कार्यकालमा कुनै प्रकारको कार्यक्रम ल्याएनन् ।
मन्त्रिपरिषद्को बैठकले निर्णय
गरेर उनले त्यस प्रकारको रकम बााड्ने कामलाई तिब्रता दिएका हुन् । मुलुकमा भौतिक पूर्वाधारको विकास तथा गरिब जनताको उत्थानमा सदुपयोग गर्नुपर्ने
राज्यको ढुकुटी आर्थिक सहायताको नाममा जथाभावि पहुाचवालालाई पोसेको हो । ओली सरकारले असार अन्तिम साता सम्ममा पहुाचवालालाई वितरण गरेको आर्थिक सहायता रकम साढे १५ करोड पुगिसकेको छ । हरेक बर्ष सरकार
परिवर्तन भइरहने हाम्रो मुलुकमा प्राय: जुनसुकै सरकार आएपनि विभिन्न बहानामा यसैगरी राज्यको ढुकुटीमा ब्रम्हलुट हुादै आएको छ । आफूलाई उपल्लो दर्जाको राष्ट्रवादी देखाउने केपी ओलीले पनि विगतका सरकारले गरेका कामलाई नै निरन्तता दिन पछि हाटेनन् । आम जनताले राज्यलाई तिरेको राज्यको ढुकुटीमा जम्मा भएको पैसा मनोमनी रुपमा वितरण गरिनु जनताको हितमा हुादैन ।
भुकम्पले, पहिरोले, बाढीले घरबास गुमाएर र बनाउन नसकेकाहरुको लागि सरकारले उपलब्ध गराउने भनिएको २ लाख रुपैयाा रकममा समेत व्यापक राजनीति गरेका केपी ओलीले वास्तविक पीडितहरुको दर्द, मर्म र यथार्थता बुझ्ने घृष्टता कहिल्यै
गरेनन् । राज्य सञ्चालन गर्ने शासकहरु सिंहदरबारमा बसेर भागबण्डामै मस्त रहनु यस मुलुकको लागि दुर्भाग्य हो । उनीहरुको नजर ती भोका, नाागा र औषधीको अभावमा छट्पटाइरहेका जनता सामु कहिल्यै परेन । राम्रो आर्थिक हैसियत हुनेहरुले सामान्य रोगको उपचार गर्न राज्यकै ढुकुटी प्रयोग गर्दै आइरहेका छन् । एकैदिन १ करोड ३१ लाख त्यस्ता कथितहरुको उपचारको बहनामा ओली सरकारले वितरण गरेको रकम एउटा सामान्य उदाहरणमात्र हो । मुलुकमा जे जति खबरदारीका बिगुल फुकेपनि, कलमको निवले घोचेपनि पहुाचवाला सत्तासीनहरु नै हावी हुादै आएका छन् । यस देशका नागरिक भनेको सत्तासीन र पहुाचवालामात्र हैनन् । राज्यको सेवा सुविधा समान रुपमा हरेक नागरिकसम्म पुग्नुपर्छ । तर यो अहिले सम्म हुन सकेको छैन । एकै दिन १ करोड ३१लाख पाउनेहरु मध्ये केही पनि निम्न वर्गका छैनन । जनताका सामु चिल्ला मिठा उखान टुक्का हान्दै जनतालाई रणभुल्लमा पार्दै आाखामा छारो हाल्नेहरु नै छन । केपी ओली सरकारले विगतका अन्य सरकारको तुलनामा देश विकासका लागि मनन्योग्य कुरा ल्याएको वा प्रस्ताव ल्याएको जनताले सोचेका थिए । तर त्यो सबै भ्रम रहेछ । आफू सरकारमा अल्पमतमा परिसक्दा पनि राजीनामा दिन्न, संसद विघटन
गराउाछु, अर्को सरकार बन्ने प्रवधान नै छैन भन्दै सत्ताको लिप्सामा देखिएका ओलीले मुलुकलाई थप दुर्घटनाबाट जोगाउने सोच्नु नै श्रेयष्कर हुन्छ ।

तपाईको प्रतिक्रिया