धरान/ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षा
मजदुरहरुको मागमा सम्बन्धित पक्ष गम्भीर नहुदा आन्दोलन लम्बिएको छ । एक साता अगाडिदेखि निष्काशन गरिएका सुरक्षा मजदुर गोपी योगीलाई पुनर्वहालीको माग गर्दै आन्दोलनमा उत्रिएका सुरक्षा
मजदुरका विषयमा सम्बन्धित पक्ष गम्भीर नभएकोले पनि आन्दोलन लम्बिएको हो । असार २८ गतेदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुका विषयमा यस अवधिमा कुनै वार्ता र छलफल हुन नसक्दा आन्दोलन लम्बिएको हो । आन्दोलन लम्बिएसंगै प्रतिष्ठानको सुरक्षामा समेत चुनौति थपिदै गएको छ ।
आन्दोलन अवधिभर कुनै वार्ता र छलफल नभएपछि अहिले दिनभर सुरक्षा मजदुरहरु प्रतिष्ठानको जिओपिडी अगाडि धर्ना दिने कामलाई निरन्तता दिदै
आइरहेका छन् । प्रतिष्ठानको व्यवस्थपनपक्ष, सुरक्षाको ठेक्का लिएको ठेकेदार कम्पनी केटिएम सेक्युरिटी सर्भिसले उनीहरुको आन्दोलनलाई वेवास्ता गरेपछि दिनभर जस्तो जिओपिडी अगाडी धर्नामा बसेका हुन् ।
निष्कासित गरिएको गोपीको पुर्नवहालीसहित तलब, सेवा सुविधा र भत्ताको समेत उचित व्यवस्थाको माग गर्दै आएका सुरक्षा मजदुरहरुले योगीको पुनर्ववहालीबिना आफूहरुको आन्दोलन नटुंगिने बरु कडा रुपमा प्रस्तुत हुने बताउदै आएका छन् । प्रतिष्ठानको व्यवस्थपन पक्ष र केटिएम सेक्युरिटी सर्भिसले हाम्रो मागलाई वेवास्ता गरेकाले आफूहरुको माग पूरा नहुन्जेल आन्दोलनलाई जारी राख्ने नेपाल सुरक्षा श्रमिक टूेड युनियनका बीपी केआइएचएस घोपाका सचिव प्रवीण
राईले बताउनुुभयो ।
आन्दोलन चर्किदै जाादा अहिले यो आन्दोलनलाई नेकपा एमाले समर्थित मजदुर संगठनले समेत साथ दिदै आएको छ । उनीहरु समेत यो आन्दोलन निष्कर्षमा नपुन्जेल आन्दोलन चर्काइरहने चेतावनी दिदै आएका छन् ।
यता प्रतिष्ठनको सुरक्षाको जिम्मा लिएको ठेकेदार कम्पनी केटिएमले भने सुरक्षा मजदुर गोपी योगीलाई आफूहरुले कानुनी प्रक्रियाबाट निस्कासन गरेकोले आफूहरुको आन्दोलन पनि कानुनी मान्यताबाटै हुने अडानमा बसेको छ ।
केटिएमले सुरक्षाकर्मी गोपी योगीले राजनीतिक दलहरुको आडमा आन्दोलन गरेको र आफूले गल्ति स्वीकारिसकेको अवस्थामा पुन: आन्दोलनमा होमिनु आन्दोलनले राजनीतिक रुप लिएको
आरोप लगाउदै आएका छन् । केटिएमका प्रमुख रामेश्वर साहले सुरक्षा मजदुर गोपी गोगीले गल्ति गरेको दाबी गर्दै कानुनी रुपमा हटाइएकोले आफूहरुले कानुनी बाटोबाट आन्दोलन गर्न पटक पटक सुझाव दिएको बताउनुभयो ।
योगीले प्रतिष्ठानको हाताभित्र रहेको कार्यालयमा तोडफोड गरी केटिएमका धरान इन्चार्ज पवन खड्कामाथि हातपात गरेको बताउदै उहाले इलाका प्रहरी कार्यालय
धरानले उनलाई नियन्त्रणमा लिई कारबाही गरिसकेको छ र त्यसैबेला उनले आफूले गल्ति गरेको लिखित रुपमै स्वीकार गरेकोले यो आन्दोलनको कुनै औचित्य नभएको बताउदै आउनुभएको छ ।
चैत १६ र १७ गते ड्युटीमा नगएका योगीले आफनो स्थानमा अन्य सहकर्मीलाई ड्युटीमा लगाएर आफनो नाममा हाजिर गराउन कोशिस गरेको कम्पनीका व्यवस्थापकले वताउदै आएका छन् । भने आन्दोलनरत सुरक्षा मजदुर भने गोपीलाई विना कारण हटाइएकोले पुनर्वहालीको माग गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । यी दुई पक्षको आन्दोलनको असर भने सर्वसधारणमा परेको छ ।
तीन दिन अगाडि सर्वोच्च अदालतले अस्पतालको सम्वेदन क्षेत्रमा आन्दोलन तथा धर्नाका कार्यक्रम गर्न नपाउने प्रतिबन्धसहितको पत्र समेत प्रतिष्ठानमा पठाइएको छ । तर पनि यस विषयमा प्रतिष्ठानले कुनै कारबाही गर्न सकेको छैन । आन्दोलनकारीले आन्दोलन जारी राख्ने र सम्बन्धित निकायले वार्तामा नबोलाउने गरेकाले नै आन्दोलन लम्बिएको हो । यस विषयमा दुवै पक्ष गम्भीर भएर निकास निकाल्नेतर्फ लाग्नु उपयुक्त हुने सर्वसाधारणको भनाई छ ।
