जगजित अस्ट्रेलियन क्लबमा

काठमाडौं/ नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगगित श्रेष्ठ अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन् । झन्डै ६ साताअघि अस्ट्रेलिया पुगेका उनले मेलबर्नको भिक्टोरिया स्टेटको दोस्रो श्रेणीको ह्युम युनाइटेड एफसीसाग बिहीबार सम्झौता गरेका हुन् ।
अस्ट्रेलियामा रहेको नेपालीसम्मिलित यती एफसीको पहलमा जगजित ह्युममा आबद्ध भएका हुन्। जगजितले क्लबबाट मासिक १ हजार ५ सय अमेरिकी डलर पाउने गरी चारमहिने सम्झौता गरेको नागरिकलाई बताए ।
जगजितले ’डेब्यु’ खेलमै दुई गोल गरेपछि ह्युम युनाइटेडले शनिबार स्पोर्टिङ विटलिसियालाई ३–२ ले हराएको छ। स्टेटको दोस्रो डिभिजनको सिजनमा ८ खेल बााकी छन्। आफ्नो फेसबुक स्टाटसमार्फत जगजितले अस्ट्रेलियामा सहयोग पुर्रुयाउने यती एफसी र नेपालीलाई धन्यवाद दिएका छन्। उनले आफूमाथि देखाएको विश्वासका लागि अस्ट्रेलियन प्रशिक्षक रोब स्पासेभ्सकीप्रति आभार व्यक्त गरेका छन् ।
जगजितले अस्ट्रेलियामा पाएको अवसरलाई खेलजीवनको नयाा अध्यायमा लिएका छन् । ‘यहाा राम्रो गर्न सके प्रथम श्रेणीमा पनि पुग्न सक्छु। तर सरुवा बन्द भइसकेकाले त्यसका लागि अर्को सिजनसम्म पर्खनुपर्छ,’ उनले भने ।
रग्बीको बढी प्रभाव हुने कारण अस्ट्रेलियाको फुटबलमा फिटनेस महत्वपूर्ण हुने उनको अनुभव छ ।
जगजितले २०११ मा जर्मनी तथा २०१४ मा पोल्यान्डमा केही समय प्रशिक्षण अवसर पाएका थिए । उनको तत्कालीन क्लब हिमालयन शेर्पाको पहलमा जगजितले जर्मनीको भिएफबी स्टुटगार्टको एकेडेमीमा एक महिना प्रशिक्षण गरेका थिए । त्यसको तीन वर्षपछि उनले पोल्यान्डमा जागिलोनिया बेलस्टोकमा अभ्यासको मौका पाए। राष्ट्रिय टोलीका पूर्व सहायक प्रशिक्षक रिचर्ड ओर्लोस्कीको सहयोगमा उनी पोल्यान्ड पुगेका
थिए ।
एन्फा एकेडेमीका उत्पादन भक्तपुरका २३ वर्षे जगजितले २०१० मा एएफसी च्यालेन्ज कपको छनोट चरणमा उत्तर कोरियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा ’डेब्यु’
गरेका थिए । राष्ट्रिय टोलीबाट ३१ खेलमा उनले १ गोल गरेका छन् ।
उनीसम्मिलित रुस्लान थ्री स्टार क्लब गत वर्ष राष्ट्रिय लिग च्याम्पियन भएको थियो । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, हिमालयन शेर्पा, फ्रेन्ड्स क्लबका पूर्व खेलाडी जगजितले गत सिजनको राष्ट्रिय लिगमा थ्री स्टारका लागि ६ गोल गरेका थिए । उनी नेपाली फुटबलले पछिल्लो वर्ष प्राप्त दुई ठूला सफलताका हिस्सेदार हुन् । उनी समावेश टोलीले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकपको उपाधि उचालेको थियो । त्यस्तै फागुनमा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद
(साग) मा नेपाली यू–२३ टोलीले स्वर्ण पदक जितेको थियो ।
त्र

तपाईको प्रतिक्रिया