अभ्यास खेल खेल्न बेलायत
टुरमा जाने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।
आइसीसीका प्रतिनिधि बेन्केटापथी राजु, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित तीन सदस्यीय छनोट समितिले बेलायतमा खेल्ने अभ्यास खेलका लागि सोमबार १५ सदस्यीय खेलाडीको छनोट गरेको हो । टोलीको कप्तानमा पारस खड्का रहेका छन् भने उपकप्तानमा ज्ञानेन्ऽ मल्ल रहेका
छन् ।
बेलायतमा खेल्ने अभ्यास खेलका लागि शक्ति गौचन, बसन्त रेग्मी, शरद भेष्वाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारीलाई टोलीमा समेटिएको छ ।
यसैगरी सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दिप लामिछाने, बिक्रम सोश, राजु रिजाल र राजेश पुलामी मगर टोलीमा परेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउादो जुलाई १९ मा लण्डनमा हुने म्यार्लेबोन क्रिकेट क्लबसाग खेल्ने छ । अभ्यास खेलका लागि नेपाली टोली आगामी जुलाई ११ मा बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
