गमलामा रोपाई
हाम्रा देशका कृषि मन्त्री पनि विविच विचित्रका छन् । यसभन्दा अगडिक कृषिमन्त्री हरिप्रसाद पराजुलीले असार १५ कै दिन एक जना महिला
रोपाहारलाई गम्ल्याङ्ग अंगालो मारेर चुम्मा खाइद्या थे । टन्न सेन्ताराम धोकेर घ्याम्पे भुाडी पिर्लिक्क पिर्लिक्क पारेर धान रोपाइामा गा’थे अर्काकी जोई समात्न पुगिहाले । विचराले त्यसैको निहुामा मन्त्री पदबाट पन्छनु परेको थियो । अहिलेक कृषिमन्त्रीचाहिा अलि बााठा रै’छन् । उनी धान दिवसका दिन ज्यान गए नि बाहिर निस्केनन्, बरु सुटबुट लगाएर कार्पेटमाथि गमला
राखी माटो भर्न लगाएर दुई चार गाभो थानको विउ गाडिदिए । धान दिवसका दिन बाहिर हिड्दा के हो के हो कसो । फेरि हरिबहादुरकै जस्तो गरी अर्काकी जोई आठ्याइएला भनेर यसपालिका कृषि मन्त्रीले वेलैमा ध्यान पुर्याएछन् ।
र्याल चुहाउदै
कहिलेकाहीा त्यसै मच्चिएर थच्चिने प्रचण्डाउ हिजो आज फेरि पर्धानमन्तरीका लगि र्याल चुहाउन थाल्या देख्दा घण्टाघरलाई अनौठो लाग्न छोड्या छ । यस भन्दा अगाडि नेप्लिज कााग्रेसका सभपति देउवा काजीसाग मिलेर खप्रओ माने पर्धानमन्तरीलाई बालकोटतिर पुर्याई बाल्वाटार छिर्ने प्रयास गर्या थे । उही धुर्मुसेले भनेझै खै के खै के फुत्त भयो । खप्रओले बाल्वाटार तिर बोलाएर के जडी सुाघाइदिए कुन्नि तिनै प्रचण्डाउ बाहिर आएर भाषण ठोक्न थालिहाले ओलीको सरकार ढल्दैन । हाम्ले सरकार छाड्ने कुरै आउादैन, यही सरकारले चुनाव राउाछ भनेर मुठ्ठी उचाली उचाली बोल्न थाले । फेरि अहिले प्रचण्डाउ ओलीसाग के कुरामा ठुस्किएका हुन् कुन्नि ? ओली र ओलीको सरकारको सक्तो सराप गर्न थाल्या छ । प्रचण्डाउको महिमा बुझि नसक्नु छ वा ।
मधेश सर्यो
संघीय गठबन्धनका नेताहरु अबचाहिा थाकेछन् कि क्या हो ? जति उफ्रिए पनि केही लछार पाटो नलागेपछि विचराहरुको यतिबेला बेहाल भएको छ । ६ महिना तराईमा आन्दोलन गर्दापनि हातलागी सुन्ना भएसी गठबन्धनका नेताहरु काठमाण्डौतिर गा’थे त्यहाा पनि यसो आन्दोलन गरी टोपले, रिले असनसन बसे । टन्न भात बजाएर रत्नपार्कमा आराम गरेर बसेसी’ फुइय्यााको माग पूरा हुन्थ्यो ? आन्दोलनका नाममा आÏनो लगौटी नै खुस्कने अवस्था आएसी’ विचराहरु विस्तारै तराईतिरै झर्न थाल्या छन् । अस्तिका दिनदेखि उनेरु राजविराज आएर रिले अनसनमा बसेका छन् । काठमाण्डौमा त कसैले नसुनेका यिन्का माग कस्ले सुन्देला । अन्तेमा उही मच्चियो–मच्चियो थच्चियो हुने भयो ।
बाउरामको नयाँ शक्ति
नयाा शक्ति पार्टीका मुखिया बाउराम भट्टराई हिजोआज फेरि गुमनाम जस्तै भा’छन् । टुाडिखेलमा तामझाम गरेर नाटक देखाएका बाउराम एकाएक हराएसी’ उन्का कार्जेकर्ताहरु तिम्मिलाउने नै भए । के के न झर्ला भनेर सबै पार्टीका महा चण्डल, पातकी, लोभीहरु अलि–अलि बाउरामको नयाा शक्तिमा भित्रिएका थिए । अब
पुरानैमा फर्किउ भने के थुतुनो लिएर फर्कनु नयाालाई नै समाउा भने न फेद छ न टुप्पो । क्या फसाद ? यसैलाई भन्छन् चोक्टा खान गएकी बुहारी झोलमा डुबेर ङिच्च दाात पारी । कि कसो हौ ?
सक्कली राष्ट्रवादी
हाम्रा देशका पर्धानमन्तरीको बोली पनि बुझि नसक्नुको छ । कहिले के भन्छन् कहिले के भन्छन् । अब हेरौ न अस्तिका दिन उन्ले भन्या देशलाई सच्चा राष्ट्रवादीको खााचो पर्यो रे । अचम्म छ पार्टीका त्यत्रा नेता छन्, सभासद छन् । राज्यले ढुकुटीबाट पालेको छ र केही पनि सच्चा राष्ट्रवादी रहेनछन् । सबै नक्कली राष्ट्रवादी पो रै’छन् । यस्ता नक्कली
राष्ट्रवादीलाई ढुकुटीबाट किन घिचाएको होला ? अब सच्चा राष्ट्रवादी कहााबाट ल्याउने होला ? स्वदेशमा त कोही देखिएनन् । अब विदेशबाटै ल्याउन पहल गर्ने पो हो कि ? अखिरी सबै कुरा यहाा विदेशबाटै ल्याइन्छ । सायद पर्धानमन्तरीले कुनै देशले अनुदानमा राष्ट्रवादी देलान् भन्ने आशा गर्या होलान् ?
अनाथ पनि छाडेन
यो देशका नेताहरुको महिमा गाएर अब नसकिने भइयो । जनताका लागि
राजनीति गरेको भन्छन् तर जनतालाई लोप्पा खुवाएर आÏनो घ्याम्पे भर्छन् । अब हेरौ न बाल संगठनमा समेत नेताका छोराछोरीहरुको हालीमुहाली चल्न थालेछ । गरिब, असहायहरुका छोराछोरी पढाउने ठाममा नेताका छोराछोरीको रजाई चल्न थालेको घण्टघरले पनि सुइाको पायो । कति लुटन सक्या होलान् ? नेता भन्या त विकासका भाइरस पो रैछन त देशाा । दायाा फर्कियो माल, बायाा फर्कियो माल, माथि हेर्यो माल, तल हेर्यो माल । पहिला पहिला सहीदका छोराछोरीलाई छिमेकी मुलुकले उच्च शिक्षा अध्ययनका लागि कोटा छुटयाइ द्या थ्यो । त्यही कोटामा झलेमालका बाउदेउ गौतम, कााग्रेक तेस्रो लिागी बाजे रामचन्द ा सबैले भ्याइदिए । माने सहीदको कोटामा आÏना छोराछोरी पढ्न
पठाए । अब यिन्का टोड्का बाल संगठनमा समेत परिसक्या रै’छ ।
सुस्त वैधाउ
सग्लो माउवादीबाट छुट्टिएर ड्याास माउवादी पार्टीको नेता भएका मोहन वैधाउ हिजो आज थोप्लो माउवादीका नेतामा परिनत भा’छन
रे । होला पनि पर्परे पम्फा, हडबडे बादल लगायत एक दर्जन बढीले जुम्राले छोडेझौ छोडेर हिडेपछि उनी अब ड्याास कहाा रहे र † थोप्लो पार्टीको हर्ताकर्ता बनेर वैधाउ सुस्ताउन थाल्या छन् । सग्लोबाट छुट्टिएर हिाड्दा वैधाउको
चुरीफुरी सानो थिएन । सुकेनाश लागेको शरीर र खपटे अनुहार भएनि भाषन ठोक्दा एक हात उफ्रन्थे । धकी धकी भाषन ठोक्थे । अब गोडा बाह्रेक छोडेर हिडेपछि विचरा वालाई यो उमेरमा कम्ता ठूलो पिरलो पर्या छैन । मनको वह कसैलाई नकहा भनेझै वैधाउ हिजो आज त्यति खुलेर कसैसाग गफी पनि लगाउादैनन । उमेरले नि त्यसो भा’हो कि ?
अन्तेमा
नेपालका राजनैतिक दलहरुले अर्थोक केही खालो नसारे पनि सरकार गिराउने र बनाउने कुरामा ख्याति प्राप्त गरेका छन् । अरु कुरा जाओस् भाडमा सरकार गिराउने र बनाउने खेल भने सबै दलको कार्जेकर्ता कार्जेसूचिभित्रै पर्छ रे । होला पनि यसै महिनामै झण्डै झण्डै लाखे लाखे भएको खपैओको सरका यतिबेला फेरि डलमल भएको छ । नेप्लिज कााग्रेस र माउवादी केनद मिलेर खप्रओलाई चैट्ट बनाउने घरेलु कार्यमा संलग्न भइसकेकन छन । सरकार बनाउने हल्ला चलिरहादा पछि त्यसलाई फेरि कसरी भत्काउने भनेर पनि सल्लाह हुन अहिल्लै देखि हुन थालेको छ रे । क्या वात ? ६ महिना अगाडि सरकार प्रमुखसंग भेट गरेका विदेशीहरुलाई ६महिना पछि आउादा अर्कै सरकार प्रमुखसाग भेट गर्छन् । जेहोस् अरु
कुरामा प्रगति नभएपनि सरकार
गिराउने र बनाउने कुरामा चाहिा शतपतिशत प्रगति भा’छ ।
