एम्बुलेन्स प्रक्रिया नपुर्‍याई सञ्चालनमा आएको भन्दै अनुगमन

धरान/धरानस्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालनमा आएका एम्बुलेन्स सेवामुखी नभई नाफामुखी र विरामी बोक्ने एम्बुलेन्समा समेत दलाल सक्रिय हुने गरेको व्यापक गुनासोपश्चात एम्बुलेन्स तथा शव वाहन अनुगमन समिति
सुनसरीले सोमबार प्रतिष्ठानको हाताभित्र
राखिएका एम्बुलेन्सको अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीको मातहतमा जिल्लाका नेपाल रेडक्रस सोसाइटी सुनसरी, जिल्ला ट्राफिक कार्यालय सुनसरी धरानको टोलीले प्रतिष्ठानको हाताभित्र पार्किङ्गमा राखिएका १५ वटा एम्बुलेन्समा अनुगमन गरेको हो ।
अनुगमन गरिएका अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत पाइएको नेपाल रेडक्रस सोसाइटी इटहरीका उपसभापति एवम अनुगमन समितिका सदस्य किशोर भण्डारीले जानकारी दिनुभयो ।
उहाले अहिले सञ्चालन आएका एम्बुलेन्स नियमविपरीत, विना प्रक्रिया चलेको पाइएको बताउनुभयो । उहाले अनुगमनका क्रममा जुन संस्थाबाट एम्बुलेन्स सञ्चालन गरेको हो त्यो एम्बुलेन्स त्यस स्थान वा जिल्लाबाट सञ्चालन भएपनि अन्यत्रबाट सञ्चालन भएको, कागजात दुरुस्त नभएको, चालकको समेत कागजपत्र दुरुस्त नराखेको पाइएकोले एक हप्ताभित्र सम्पूर्ण प्रक्रिया पुर्‍याएर जिल्ला प्रशासन कार्यालय वा नेपाल रेडक्रस सोसाइटी सुनसरीमा आउन अनुगमन समितिले निर्देशन दिएको सदस्य भण्डारीले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा धेरै जसो एम्बुलेन्सको कागजपत रिन्यु गर्न बााकी, एम्बुलेन्समा चाहिने औषधि राख्ने वक्स नभएको लगायतका विविधि समस्या भएकोले अनुगमनका क्रममा पाइएका यस्ता प्रक्रिया नपुर्‍याएका एम्बुलेन्स एकहप्ता भित्र प्रक्रिया पुर्‍याएर नआए कारबाही अगाडि बढाइने समेत उहाले जानकारी दिनुभयो ।
लामो समयदेखि एम्बुलेन्स अनुगमन नगर्दा धेरैले अनाहकमा दु:ख पाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मोहन चापागाइको संयोजकत्वमा जेष्ठ १० गते जिल्ला स्तरीय एम्बुलेन्स तथा शववाहन अनुगमन समिति–२०७३ गठन गरी एम्बुलेन्स अनुगमनलाई तिब्रता दिएको र अनुगमनले निरन्तरता दिने सदस्य भण्डारीले जानकारी दिनुभयो । जिल्लाका सबै स्थानमा अनुगमन गर्ने बताउदै पहिलो पटक अनुगमन गर्दा एक हप्ता समय दिने र त्यसभित्र पनि नसच्चिए कारबाही अगाडि बढाइने उहाको भनाई छ ।
जुन संस्थाबाट एम्बुलेन्स सञ्चालन हुनुपर्ने हो एम्बुलेन्स २४सै घण्टा त्यस संस्थामा बस्नुपर्ने प्रावधान भएपनि सुनसरीका मात्र हैन मोरङ्गबाट सञ्चालित एम्बुलेन्स समेत धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रांगरणमा दिनभर बसेको पाइएकोले यस सम्बन्धमा पनि आवश्यक प्रक्रिया बुझेर कारबाही अगाडि बढाइने अनुगमन समितिले जनाएको छ ।
सुनसरीमा डेढसय भन्दा बढीको संख्यामा एम्बुलेन्स सञ्चालनमा रहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीले जानकारी दिएको छ ।
त्र

तपाईको प्रतिक्रिया