उपचार खर्च नहुदा धनकुटाका एक युवा बर्षौदेखि साङ्लामा बाधिन बाध्य

धरान/ धनकुटा तेलियाका एक युवक एक बर्ष देखि पशु झै फलामे साङलामा बाधिएर नरकीय जीवन गुजार्न बाध्य छन् । मानसिक रोकका शिकार उनको आर्थिक अवस्थाका कारण धनकुटा ७ तेलिया खाम्नेरा गाउका २० बर्षीय थर्कबहादुर लिम्बु स्वास्थ्य उपचारकै अभावमा पशु झै फलामे साङ्लोले बाध्नु परेको उनका परिवार तथा छरछिमेकले बताएका छन् ।
गएको भदौ महिनादेखि यी युवा यसरी गाई गोठमा फलामे साङलाले गाई बस्तु संगै बाधिएका छन् । पहिले गाउमा युवाहरुलाई सही बाटोमा हिडनु पर्छ, केही गर्नुपर्छ भन्दै गाउमा हिडने यी युवामा एक्कासी मानसिक सन्तुलन गुम्यो । उनले अस्वभाविक व्यावहार देखाउन थाल्यो । घरमा अस्वभाविक व्यावहार देखाउदै जहीतही दौडने, कुट्ने पिट्ने, घरको सर सामान फालि दिने र अरुलाई आक्रमण पनि गर्न थाले पछि परिवारले उपचारका लागि शहरको अस्पताल सम्म पुर्‍याए । तर आर्थिक अवस्था कमजोरीको कारण उनको उपचार सोचे जस्तो हुन सकेन । धनकुटा सदरमुकाम देखि करिव साढे ६ कोश उत्तर पुर्वमा रहेको तेलिया गाविस वडानं. ७ खाम्नेरा गाउका २० बर्षिय लिम्वू एक्कासी यस्तो मानसिक विरामी देखिए पछि उनको परिवार विचल्लीमा परेको छ । परिवारको आर्थिक अवस्था कमजोरीको कारण सोचे जस्तो अस्पतालमा पुर्‍याउन नसकिएको उनकी आमा ईन्द्रमाया लिम्वूले बताउनुभयो । नेपालीमा स्पष्ट बोल्न नसक्ने उहाले लिम्बु भाषामै छोराको उपचारमा सहयोग पुर्‍याउन सबैसंग आग्रह गर्नुभयो ।
सामान्य कृषिमा निर्भर थर्कबहादुर लिम्वूको परिवारले दिनानुदिन अस्वभाविक व्यावहार देखाउन थाले पछि यसरी फलामे साङलाले गाई गोठमा बाध्न बाध्यभएको आमाको भनाई छ । धामि झाक्री देखि अस्पताल सम्म पुर्‍याए पनि छोरालाई ठीक नभएको आमाको भनाई छ । सहरका ठूला अस्पतालमा लगेर उपचार गर्न ठिक हुने भएपनि उपचार खर्च अभावका कारण उपचार गर्न नसकिएकोले सहयोगका लागि सबैसंग आग्रह गर्नुभएको छ । धनकुटा सदरमुकामबाट पैदल यात्रा गर्दा करिव साढे ४ घण्टा यस स्थानमा पुगिन्छ । तथापि घर नजिक काजिमाने सम्म यातायातको साधन पुगे पनि बर्षातको समयमा बाटो विग्रदा त्यहा यातायातको साधन नै नपुग्ने
गरेको छ । तीन भाई दुई बहिनी दाजु बैनी मध्ये थर्कबहादुर माईलो हुन् । विगतमा थर्कबहादुरले आफनै घरमा किराना पसल संचालन गर्दे आएका थिए । गाउ घरमा पनि उनको बानी व्यावहार राम्रो थियो तर एक्कासी मानसिक रोग देखा पर्‍यो । यसको उपचारमा कसैले सहयोग गरे राम्रो हुने बताउनुहुन्छ छिमेकी भोजबहादुर लिम्वू ।
थर्कबहादुर लिम्वूलाई यसरी फलामे साङलोमा बाधेर राखिएको निक्कै समय भईसक्यो । उनको वधाई भएको गाई गोठमै उनी रात पनि कटाउछन् । सामान्य गुन्द्रीको भरमा । राम्रो ओढने ओछ्याउने दियो भने सवै च्यातेर फालिदिन्छ अव के गर्ने ? उनको परिवारले गुनासो गरे । दिसा पिसाव पनि त्यही ठाउमा गर्छन् थर्कबहादुर तर कत्तिबेला दिसा टिपेर फाल्छन कसैलाई पत्तोनै हुदैन । दोहोरो संम्वाद पनि गर्छन् तर साङला खोल्यो की उपद्रो मच्चाईहाल्छन् । त्यसैले समयमै उपचार हुन सके ठिक हुन सक्ने उनको परिवारमा आश छ । उनको परिवारले छोराको उपचारको लागि सबैसंग अनुरोध समेत गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया