इन्जिनियर क्याम्पसका विद्यार्थीहरुद्वारा सडक अवरुद्ध

धरान/पुर्वाञ्चल ईन्जिनियरिङ कलेज धरानका विद्यार्थीहरु सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन् । स्थानिययुवाहरुले विभिन्न वहाना हतियार सहित कलेज परिशरमा भित्र छिरेर धम्क्याउन थालेपछि उनिहरु असुरक्षित भएको भन्दै कोशी राजमार्गको धरान सडकखण्ड अवरोध गरेका हुन् ।
मंगलबार बिहान कलेज परिषरको खेल मैदानमा स्थानिय युवाहरु प्रवेश गरि विद्यार्थीहरुलाई धारिलो हात हतियार देखाउादै धम्काए पछि विद्यार्थीहरु आन्दोलीत भएका हुन् । विद्यार्थीहरुलाई स्थानिय ३ जनाको समुहले फुटबल खेल्ने क्रममा जबरजस्ती खुकुरी देखाउादै घाटीमा खुकुरी तेस्र्याएको विद्यार्थीहरुको भनाई छ । कलेज परिषर खुल्ला भएकाले दैनिक जसो लागुपदार्थ प्रयोग गर्ने स्थानिय युवाहरुले विद्यार्थीहरुलाई त्रसित बनाएको उनीहरुको भनाई छ । कजेल व्यवस्थापन समितीले कडाई गर्न नसक्दा धरानबाट आउने विद्यार्थीहरु असुरक्षित हुादै गएको विद्यार्थीहरुको आरोप छ ।
विद्यार्थीहरुले सडक अवरुद्ध गर्दा करिब २ घण्टा सवारी साधन संचालनमा अवरोध पुगेको थियो । कलेजमा हतियार देखाउादै विद्यार्थीहरुलाई तर्साउने ३ जनालाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरिसकेको छ । साम्पाङ चौकका कुसल दास, अमन गुरुङ र रुक्सन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । २ घण्टाको सडक अवरोध पनि स्थानिय राजनितिक दल, प्रहरी, शसस्त्र, विद्यार्थी संगठनका प्रतिनिधीहरुको संयुक्त बैठकले सडक अवरोध खुलाएको छ । कलेजमा शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकाय संगको सहकार्यमा पहल गर्ने कलेजले प्रतिबद्धता जनाए पछि अवरोध हटेको थियो ।

तपाईको प्रतिक्रिया