विद्यालाई सहयोग

धरान/ डिपो उच्च मावि.मा अध्ययनरत पूर्व विद्यार्थीहरु पछिल्लो समय सामाजिक कार्यमा अग्रसर बनेका छन् ।
पिछडिएका समुदाय, शैक्षिक संस्था, आर्थिक अवस्था कमजोर भएकाहरुकालाई सहयोग लगायतका कार्य गर्दै आएका उनीहरुले डिपोटिएन पूर्व विद्यार्थी संगठन गठन गरी हालसम्म दर्जनभन्दा बढीलाई सहयोग समेत गरिसकेको छ ।.
पछिल्लो समयमा उनीहरुले धरान १७ बीच घोपामा रहेको निम्न माध्यामिक विद्यालयलाई दुईवटा ल्यापटप र पुस्तक सहयोग गरेको छ । विद्यालयकै प्रांगरणमा उनीहरुले विद्यालयका प्रध्यानाध्यापक रवि भुजेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापालाई संगठनका अध्यक्ष प्रवीण राईले ल्यापटप र पुस्तक वितरण गर्नुभएको हो ।
डिपो उच्च माविमा अध्ययन पूर्व विद्यार्थीहरुबाट संकलित १ लाख ४४ हजारमध्ये ८० हजार बराबरको सामाग्री वितरण गरिएको सो अवसरमा अध्यक्ष प्रवीण राईले जानकारी दिनुभयो । उहाले बाकी रकम धरानमै रहेको सयपत्री बालविकास केन्द्रलाई सहयोग गर्ने बताउनुभयो ।
२०२६ सालमा स्थानीय सहभागितामा प्रा.विबाट शुरुवात गरिएको यस विद्यालयमा हाल कक्षा ८ सम्म अध्ययन हुने गरेको छ । अत्यन्तै कष्टपूर्ण ढंगबाट स्थापना गरिएको सो विद्यालयमा निम्न आय भएका विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । त्यहा अध्ययन विद्यार्थीहरुलाई कम्प्युटर शिक्षाको थालनीसगै प्रविधिको पहुच पुगोस् भन्ने उद्देश्यले दुई वटा ल्यापटप र विभिन्न जानकारी मुलक पुस्तक सहयोग गरेको डिपोटका पूर्व विद्यार्थी विकास राईले जानकारी दिनुभयो ।
यसभन्दा अगाडि पनि पूर्व विद्यार्थी संगठनले धरान ९ वगैचाटोलमा एक्लै बस्दै आएकी क्यान्सर पीडित मिठु कटुवालको उपचार खर्चसहित उहालाई राशन खर्च सहयोग गर्दै आइरहेको छ भने खोटाङका एक असहाय अपागलाई उपचार खर्च, ताप्लेजुङमा पहिरोमा परी घाइते तथा विस्थापित भएकाहरुलाई सहयोग, वैसाख १२ मा गएको भुकम्पपीडितलाई राहत तथा सहयोग प्रदान गर्नुका साथै डिपो उच्च मा.वि.मा अध्ययन निम्न आयस्रोत भएका पूर्व विद्यार्थीलाई समेत सहयोग गरिसकेको छ

तपाईको प्रतिक्रिया