खैलाबैला
यतिबेला माउवादी अध्येक्षे प्रचण्डाउलाई कम्ता टेन्सिन छैन । भा’को एउटा सग्लो पार्टी समेत टुक्रेर गोडापााचेक भा’छन् । लौ यतिसम्म त प्रचण्उाले सहे सहे तर अब द्वन्द्वकालीन मुद्दाले जेलसम्म जानुपर्ने अवस्था देखिन थालेसी विचरालाई पीडामाथि पीडा थपिएको छ । सहन नसकेसी’ मान्छे कि बर्बराउाछ कि बहुलाउाछ । अब बहुलाइ हाल्नु भएन त्यसैले बर्बराउन थाल्या छन् । अस्तिका दिन उन्ले पानी बारबार भएका, एकले अकालाई देख्दा सिंगौरी खेलौला झै गर्ने, चोइटिएर छुट्टिएका छुट्टै घरजम गरेर बसेकाहरुलाई एकै ठाममा भेला गराएर ठूल ठूलो स्वरमा खोकेछन, विचरासाग उही खोक्नु त छ नि । आÏना भूपू आसेपासेका छेउमा उन्ले भनेछन् हाम्रा विरुद्धमा अदालते निर्णय गर्ने ? के हो त्यो अदालत भनेको ? प्रचण्डाउले अदालतलाई गाली गरेर फुइय्याा हुन्छ ? धमाधम द्वन्द्वकालका मुद्दाहरु अदालतसम्म पुग्न थालेपछि प्रचण्डाउको यतिबेला कन्पारो गुर्माएको छ ।
फेरि फुट्यो
नेपालका क्रान्तिकारी पार्टीहरु फुटेरै सिद्धिने भए । अस्तिका दिन फेरि वैधे माउवादीबाट रामबहादुर थापा, पम्फा भुसालहरुले अलग्गै भान्छा शुरु गरेका छन् । प्रचण्डाउसाग लोपासिन आतुर भएर केही महिनादेखि गनगन गर्दै आएका थापा, पम्फा भुषाल लगायतले अस्तिका दिनदेखि छुट्टै मानो चामल पकाउन थाले रे † हुन त वैधाउलाई यस भन्दा अगाडि नेत्रविक्रम चन्दले जुम्राले छाडेझै आफ्ना सेसान्तर लिएर छोड्या थे । हुन त वैधाउको मात्र के कुरा गर्नु बाउरामले नि प्रचण्डाउलाई त्यसैगरी छाडिदिएका थिए । वैधाउलाई छाडेका रामबहादुरहरु प्रचण्डाउसाग गएर लेपासिने रे । खै यी माउवादीका कुरो बुझ्न गाह्रो । पहिला किन छाडेर हिडे ? अहिले किन पेरि लेपासिन खोज्या होलान् ? हे भगवान नेपालका कम्युनिष्ट महिमा बुझिनसक्नु छ ।
फर्किने भयो दिन
बाह्र बर्षपछि विधवाका पनि दिन फिर्छ भन्थे हो रै’छ । सडकमा उभिएर टुर्रर्र टुर्रर्र सिट्टी फुकेर एउटा एउटा गलत देखाएर स्वाट्ट गोजीबाट
जरिवानाको रसिद निकाली सय पचास जरिवाना गर्दै आएका ट्राफिकहरुलाई अबचाहिा सााच्चिकै गनतन्त्र आएको छ । अब ट्राफिकहरुले सय पचासको रसिद काट्नै नपर्ने भएको छ । विचराहरुलाई यो अवसर खप्रओको सरकारले जुराइ दिएको हो । खप्रओको सरकार बनेपछि धेरैले यस्ता अवसर पाएका छन् । कोही ग्याासको धन्दा गरेर मालामाल भएका छन्, कोही पेट्रोलको धन्दा गरेर हुने खाने भएका छन्, कोहीले के धन्दा चलाएका छन्, कोहीले के धन्दा चलाएका छन् । तर ट्राफिकलेचाहिा अधिकार पाएरै धन्दा चलाउने मौका पाएको छ । त्यसरी धन्दाबाट उठेको रमकमध्ये ३५ प्रतिशत कमिशन पाउनेृ भएसी यतिबेला ट्राफिकको भुइामा खुट्टै छैनन् । अब सवारी साधन चलाउनेहरुले खल्तीमा गााठचाहिा राम्रैसाग बोक्नुपर्ने भयो । जय होस् खप्रओ सरकार †
सक्तो सराप
वैध माउवादीबाट उछिट्टिएर प्रचण्डाउकोतिर पम्फा मेडमलाई समेत लिएर डेरा सरेका रामबहादुर थापालाई वैधे बा आफैले अस्तिका दिन सक्तो
सराप गर्या छन् । बादल नव संसोधनबादी परस्त पुच्छर प्रवृत्तिमा आधारित अवसरवादी हुन रे । यतिका बर्ष देखि बुढा वैधाउले बादललाई चिनकै थेनन् कि क्या हो ? हुन त सोझा बूढा जस्ले जता हल्लायो त्यतै हल्लिदिन्छन् । सबैले बलेकै आगो त ताप्ने हुन नि † प्रचण्डाउको घच्याक–घुचुक प्रधानमन्तरी बन्ने गाइगुइ चल्न थाल्या छ । देउती कट लागेर कही पर्धानमन्तरी भइगए भने बादललगायतकाहरु पनि दिन फिर्नेै पक्का छ । यसका लागि वैधाउतिर टाासिएर त भएन । वित्थाा वैधाउले बादल लगायतकालाई सक्तो सराप गरे । थारो गाई भन्दा लैनो गाइकै पछि लाग्नु उत्तम । कि कसो हौ बादलाउ ?
मोज गरे कमलाउले
खप्पराा लेखिएको छ भने डोकामा दूध दुहादा पनि अडिन्छ भन्थे बूढापाकाहरु हो कि क्या हो ? अब हेरौ न पञ्चायतदेखि नै रैदलो गर्दै आएका राप्रपा नेपालका अध्येक्षे कमलाउलाई । गणतन्त्र आएसी’एमाले माउवादीले नै ढुंगा हानी हानी लघारे पनि अहिले तिनैले थपक्क परराष्ट्रमात्र हैन उपप्रधानमन्तरीको लकेट समेत लगाइदिएका छन् । परराष्ट्र मन्तरी भएसी’ कमलाउले राज्यको ढुकुटीबाट चारचौरास देशको भ्रमण गरिसकेका छन ्। अब फेरि टर्की भ्रमणमा एक साताका लागि जाादैछन् । क्या काइदा छ कमलाउलाई । आफ्नो जाने पनि हैन वापको जाने पनि हैन । यसो भएसी वित्थाा यहाा किन बस्नु ? अहिल्यै चान्स छ भोलित त के को के हो ? भन्दै कमलाउ दौडिया छन्–दौडिया छन् ।
ओलीको बोली
हाम्रा पर्धानमन्तरी खप्रओले भुकम्प पीडितहरुलाई बर्षा लाग्नु अगाडि नै छानामुनि ल्याइन्छ भनेर भाषण गर्या घण्टाघरको कानमा अहिलेसम्म गुञ्जिरहेको छ । अरुले त गरेनन् गरेनन् ओलीले चाहिा गतिलै काम गेर देखाउने भए भन्ने लाग्या थ्यो । तर फुइय्या हुन्थ्यो ? ग्याास पाइप, मेट्रो रेल जस्तै खप्रओले छानामुनीको गफमा पनि जोत पो हान्या रै’छन् । अब बर्षा लाग्न कतिपनि बााकी छैन तर अनुदानमा दिने भनिएको रकम अहिलेसम्म पीडितहरुले पाएका छैनन् । विचराहरुले यसपटक पनि खुल आकाश मुनि दिन रात गुजार्नु पर्ने भएको छ । अझ अस्तिका दिन अप्रओले पुन : निर्मिाणको काम गर्न पााच बर्ष लाग्छ भनेर अर्को भाषण ठोकेपछि विचारा भुकम्प पीडितहरु जिल्लिनुसम्म जिल्लिएका छन् ।
प्रतिकार गर्ने रे
नानी भन्दा आाची ठूलो त्यसै भन्या हैन । अब त्यो चुरे भावर
राष्ट्रिय एकता पार्टीको चुरीफिरी देख्दा घण्टाघर पनि जिल्लिएको छ । जनता र देश विरोधी हुने जुनसुकै गतिविधिको पनि प्रतिकार गर्ने रे । हुटिट्याउले मैले नै आकाश थामेको छु भनेर भ्रममा
परेजस्तै हो चुरेको फूर्ति । नामचाहिा
राष्ट्रिय एकता पार्टी राख्ने तर दुई चार सिट चुनाउ जित्न नसक्ने, त्यत्रो मधेश आन्दोलन हुादा आफ्नै क्षेत्रको सडक खुलाउन नसक्ने, कसैसाग एकता गर्न नसक्नेले त्यत्रो फुई देखाएको देख्दा हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो भन्दा दुवै उस्तै उस्तै हो नानी भनेजस्तै हो । यस पाटीसर््का अध्येक्षे बद्रीप्रसाद न्यौपानेले हाम्रा प्रधानमन्तरी खप्रओलाई पनि जोत हान्नचाहिा जित्लान् जस्तो छ ।
अन्तेमा
हात्ती आयो हात्ती आयो फुस्सा भनेझै २९ दलीय संघीय गठबन्धनले राजधानी केन्द्रित, सिंहदरबार घेराउ आन्दोलन शुरु गर्नुभन्दा अगाडि प्रहरीले २२ वतटा लाठी बरामद गरेछ । २२ वटा लाठी बरामद गर्नुलाई प्रहरीले आफ्नो ठूलो सफलता सम्झेछ । जाबो २२ वटा बासका लठ्ठी बरामद गर्दा भेशैभरि कोकोहोला मच्चिने गरि पत्र पत्रिकामा समाचार छपाएको देख्दा घण्टाघरलाई आश्चर्य लाया छ । अब ती अब ती बाासका लठ्ठी आन्दोलनमा आउने बूढाबुढीलाई टेक्न पनि त ल्याएको हुन सक्छ । २७ दलीय गठबन्धनका झण्डा उधिन्न पनि त ल्याएको हुनसक्छ । हान्न र प्रहारै गर्न ल्याएको भए जाबो २२ वटा लठ्ठीमात्र बोकेर आउलान् त ? अलिकित हुने खाने कुरा पो गर्नुपर्छ त । हुादा खाने कुरो गरेर किन जग हसएको होला ?
