धरान/ धरानकै सबैभन्दा पूरानो बजारले पुन:मुहार फेर्ने भएको छ ।
धरानको विकासको पूर्वाधारकै रुपमा मानिएको धरानको ऐतिहासिकबजार चन्द्रपुर बजार (पुरानो बजार) सरकारी वेवास्ता र स्थानीयको निस्किृताले लामो समयदेखि विकास हुननसकेको समयमा धरान उपमहानगरपालिका र स्थानीयबासीको पहल तथा लगानीमा ठूलो चौडा बाटो निर्माण हुनथालेपछि धरानको ऐतिहासिक बजारले मुहार फेर्न लागेको हो ।
धरान ४ लक्ष्मी सडकदेखि धरान १ सिंहदेवीचौकसम्मको १ हजार ३ सय मिटरको बाटो ड्ेरन, फुटपाथ र सडक निर्माण धमाधमभएपनि धरानेहरुले धरानकै पहिलो बजारको रुपमामानिएको चन्द्रपुर
बजारको मुहारमात्र हैन यसले विकासको गतिमा समेत तिब्रता लिने अपेक्षा
धरानेहरुले लिएका छन् । विगतमा ३० फुटको सडक समेत नभएको अवस्थामा ५० फुट बनाउने धरान उपमहागरपालिकाको योजनालाई सर्वसाधारणले समेत साथ दिदै आएका छन ।
यो सडक निर्माण भएसंगै चन्द्रपुर बजारले नया रुप लिएसागै व्यापार व्यसायमा समेत फड्को मार्ने स्थानीय एवम् व्यापारीको भनाई छ ।
धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले धरानको पहिलो मुख्य सडकको रुपमा मानिएको पुरानो बजार अर्थात चन्द्रपुर बजार राणाकालमा चन्द्र शमशेरले बसाएको सहरको रुपमा लिइएको बताउनुभयो । पछिल्लो समयमा आएर यो बजारले जीवन गुमाउने अवस्थामा पुगेपछि यसलाई पुनजिवित बनाउन धरान उपमहानरपालिकाले मापदण्ड बनाएर सडक निर्माणको कामलाई तिब्रता दिएको बताउनुभयो । उहाले ड्रेन, फुटपाथसागै सडक विस्तार गरेर सडकको दुवै छेउछेउमा फूलबारी बनाउने योजना रहेको बताउनुभयो ।
उहाले अहिले धरानको मुख्य सडक मानिएको नयााबजार सवारी चापसंगै साघुरिदै गएको अवस्थामा भविष्यमा नया बजार र
पुरानो बजारलाई एकतर्फी बाटो निर्माण बनाउने योजना रहेको बताउनुभयो ।
पहिलो चरण अन्तर्गत धरान ४ लक्ष्मी सडकदेखि धरान २ सिहदेवी चौसम्मको बाटो ६० लाख लागतमा विस्तार गर्ने र दोस्रो चरणमा धरान २ सिंहदेवीचौकदेखि धरान ३ चिनिया चौकसम्म आगामी बर्ष बाटो विस्तार गर्ने योजना रहेको इन्जिनियर श्रेष्ठको भनाई छ ।
बाटो निर्माणसागै धरानका व्यवसायीहरुले समेत व्यापार प्रवद्र्धन हुनेमा विस्सस्त रहेका छन् । बाटो निर्माण भएपछि धरानको पुरानो सहरको अस्तित्व रहने कुरामा दुई मत नहुने साथै व्यापार व्यवसायमा समेत वृद्धि हुने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले बताउनुभयो । नयाा बजारको रुपमा विकसित भएको भानुचौकको साघुरो बाटो र भीडभाडका कारण सबैलाई असहज भएको अवस्थामा पुरानो बजार जसले विगतमा इतिहास बोकेको छ बाटो विस्तारसागै विगतकै अवस्था जस्तो चहलपहल बढ्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।
पुरानो बजारको बाटोलाई विस्तार गरेसागै भविष्यमा नयाा बजारको बाटोलाई समेत विस्तार गरेर लग्नुपर्नेमा स्थानीयहरुको जोड छ । यसकालागि धरानउपमहानगरपालिकाले चाडै योजना ल्याउनुपर्ने माग समेत सर्वसाधारणले गरेका छन् ।
त्र
