वरिष्ठ प्रगतिवादी साहित्यकार पारिजातको स्मृति दिवस राजधानीमा एक कार्यक्रमबीच सम्पन्न भएको छ । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टाहरुलाई पारिजात सम्मान पुरस्कार प्रदान
गरिएको थियो ।
उक्त कार्यक्रममा वि.सं. २०७२ का लागि पारिजात सिर्जन सम्मान साहित्यकार मोहन दुवाललाई प्रदान गरिएको थियो भने, पारिजात बालसाहित्य सम्मान बाल साहित्यकार बिनयकुमार कसजुलाई प्रदान गरिएको थियो । त्यस्तै
पारिजात सङ्घर्ष्िशल नारी सम्मान मसिनीमाया स्याङ्बा र पारिजात कला सम्मान कलाकार रबिन सायमीलाई प्रदान गरिएको थियो ।
वि.सं. १९९४ मा दार्जिलङको चिया कमानमा जन्मिएकी पारिजातको वास्तविक नाम विष्णु कुमारी वाइबा हो । नेपाली साहित्यका एक सुप्रसिद्ध नामको रुपमा स्थापित उनी बहुमुखी प्रतिभा सम्पन्न शिखर नारी हस्ताक्षर समेत हुन् ।
सुरुमा विसङ्गतिवादी र पछि प्रगतिवादी कला चेतनाद्धारा नेपाली साहित्यलाई अतुलनीय योगदान दिने पारिजातको २०५० सालमा निधन भएको थियो । उनैको नामबाट स्थापित पारिजात स्मृति केन्ऽले प्रत्येक वर्ष साहित्यमा विशिष्ट योगदान दिने साहित्यकारहरुलाई सम्मान प्रदान गर्दै आएको छ ।
हाल उक्त संस्थाकी अध्यक्षमा कवि लक्ष्मी माली र सदस्य सचिवमा कलाकार बदन शर्मा रहेका छन् ।
त्र
