भोक लाग्यो ?
अब कुनै पनि नेपालीले भोक लाग्यो भने कुनै टेन्सिन नलिए हुने भएको छ । दुर्गम पहाडी जिल्लाका बासिन्दाहरुका लागि यो त झन कम्ता खुसीको कुरा हैन ? हाम्रा पर्धानमन्तरी खप्रओले धरानमा अभिनय प्रस्तुत गर्दै भन्या हुन् अब कुनैपनि नेपालीले भोकले मर्नुपर्दैन । भोग लाग्यो कि
सरकारलाई जानकारी दिनासाथ खाना ठ्याक्क ठ्याक उनीहरुका अगाडि पुगिहाल्छ । तर भोग लागेको जानकारी चाहिा सरकारलाई दिनुपर्ने हुन्छ ।
सरकारलाई जानकारी नदिई केही भोकले मर्छ भने त के गर्नु । खानैका लागि काम गर्नुपर्ने बाध्यता अब दुर भएको छ । पर्धानमन्तरी हुन त खप्रओ जस्ता । आÏना नागरिकहरुको कम्ता ख्याल गर्छन् ? आजसम्म नेपालमा तीन दर्जन पर्धामन्तरी भए कसैले त्यसो भन्या थिएनन् । यस्ता राम्रा पर्धानमन्तरीको केही काउछाहरुले विरोध गरेको देख्दा घण्टाघरको कन्सिरी त्यसै त्यसै रनक्क भएर आउाछ । खप्रओजस्ता पर्धानमन्तरी भेट्नु नेपालीहरुको अहोभाग्य हो । कि कसो हौ ?–मसिने
चीरै–चीरा
एमाओवादीका अध्येक्षे प्रचण्डाउलाई यतिबेला कम्ता टेन्सिन छैन । त्यत्रो सिट ल्याएको सग्ला पार्टी खिएर मुसाजस्तो भयो । सरकारमा पठाएकाहरु पनि सबै बेकामे निस्किए । तै पार्टीलाई फेरि सिागो बनाउन
न्वारान देखिएको बल लगाएर ६ महिनादेखि वैद्याउको दैलो चहारेका प्रचण्डाउ यतिबेला छाागैबाट खसेजस्ता भएका छन् । वैधाउको पार्टीमा गुट उपगुट छैन बूढालाई फस्ल्याङ पारेर ल्याएपछि गतिलै पार्टी बन्छ भन्ने कुरा प्रचण्डाउले सोच्या थे । तर कहाा हुादो
रौछ र † म ताक्छु मुढो बञ्चरो ताक्छ घुाडो जस्तो भयो विचरालाई । वैधाउको पार्टीमा वैधाउलाई साथ दिने गोडा पााचेक जनामात्र रै’छन् । बााकी त सबै रामबहादुरतिर लस्सिएका रै’छन् । अब परेन फसाद ? वैधाउ ऊसाग मात्र पार्टी एकीकरण गरेर नहुने भयो । थापासाग वार्ता गर्यो बाउरामजस्तै बुरुक्क उफ्रन्छन् । विचरा प्रचण्डाउ ।–घोषे
सौ चुहा खाकर
भारुमा एउटा उखान छ ‘सौ चुहा खाकर विल्ली चला हज करने ।’ यो उखान यतिबेला नयाा शक्ति पार्टीका मुखिया बाउराम भट्टराईसाग ठ्याक्कै मिल्न पुग्या छ । अस्तिका दिन उन्ले भन्या हाम्रो नयाा शक्ति पार्टीले भ्रष्टहरुलाई कारबाही गर्छ, विकास निर्माणका कामहरुलई द्रुत गतिले अगाडि बढाउाछ । पहिला त घण्टाघर पनि बाउरामका त्यस्ता कुरा सुनेर कम्ता गजक्क पर्या थेन । विस्तारै गुदी केलाउदै जाादा भने छाागाबाट खादारिए जस्तो भएको छ । आÏनो आङ्गको भैसी नदेख्नेले अर्काको आङ्गको जुम्रा देख्ने भनेको यही हो । हिजो सत्तामा छादा हिस्स परेकी हिसिला मेमले अक्टोपस जस्तै चारैतिरबाट सोहोरेको ढेउवा कता गयो ? त्यसलाई भ्रष्टाचार भन्ने कि नभन्ने ? भ्रष्टहरुलाई कारबाही गर्दा धेरैबाट शुरु गरे पो ? नत्र उही सौ चुहा खाकर विल्ली चली हज कर्ने ।
–पिप्ले
कमलाउको फूर्ति
पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा समान अवसर पाउने मकवानपुरे थापा काजीको अस्तिको दिन फूर्ति देख्दा आची गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तै भयो । राज्यको ढुकुटीबाट अमेरिका र बेलायतको फन्को मारेर काठमाण्डौ उत्रिनासाथ काजीले डिङ्ग हााके नेपालको संविधानबारे विदेशमा नियोजित, योजना छ रे संगठित रुपमा भ्रम फैल्याएको
रहेछ । काजीका कुरा सुनेर घण्टाघर तीन छक्क परेको छ । भ्रमचाहिा कसले फैल्याएको हो भन्ने कुरामा काजीले चुासम्म बोलेनन् । उप पं्रधान तथा परराष्ट्रमन्त्री भएर
राज्यको ढुकुटी चुस्दै अमेरिका र बेलायत पुगेका काजीले नेपालको संविधान राम्रो छ भनेर भन्नै सकेनछन् । यहा आउनसाथ भ्रमण उपलब्धी मुलक रहयो भनेर कसरी फुई लगाउन सक्या होलान् ? –धुर्मु
बाजा बज्दै छ
पूर्व राजा ज्ञानेन्द्र अस्तिका दिन भारत भ्रमणमा गएपछि यहााका राजनैतिक दलहरुले सुरुवालमै ‘सु’ गर्न थाल्या छन् । पूर्व राजा भ्रमणमा जाादा पनि यिन्का सु नथामिने, बोल्दा पनि राजनीति गर्यो भनेर बुरुक्क बुरुक्क उफ्रने, चुपचाप बस्दा पनि के षड्यन्त्र हुादैछ भनेर चिच्याउने । दश बर्ष अगाडि नै नागरिक भैसक्या ज्ञानेन्द्र साहसाग यहााका नेताहरु झस्कने, तर्सने किन गर्या होलान् ? आखिरी सिंह भन्दा सिंह नै हुादो रै’छ । स्यालहरुले बाघको छाला ओढेर कहाा हुन्छ र ? गर्जनबाटै थाहा भै हाल्छ नि । बाघको छाला भिरेर सत्ताको राइादाइा गर्नेहरुको यतिबेला रातको निन्द्रा र दिनको भोकै हराएको छ रे । झन त्यो माउवादीका नेताहरु कतिसम्म थर्थराएका रैर्छन् भने प्रचण्डाउ दरबार लाजिम्पाटमा बसेको बैठकबाट पत्तो चल्यो । ज्ञानेन्द्र साह यहााका चपरचण्डाल नेताहरुका गुलाम हुन र एकै ठाममा थच्ची रहने ? प्रजातन्त्र त सबैका लागि आको को क्यारे । कि कसो हौ ? –भन्ज्याङ्गे
उठिबास योजना
सरकारले भुकम्प पीडित पुनर्वास योजना ल्याउला भनेको त भुकम्प पीडित उठिबास योजना पो ल्याउन लाग्या रै’छ । बर्ष अघि नै त्रिपालमा बसेका, वनमारा र तितेपातीको टाटी बनाएर बसेकाहरुलाई सरकारले गुफा र ओढारतिर सार्ने योजना बनाएको छ रे । छाना बनाएर छानामुनि ल्याउन नसक्ने भएसी ओढारमै भएपनि त विचराहरुलाई राख्नु पर्यो नि । भुकम्प पीडित उठिबास आयोजना सफल बनाउन खप्रओले सवै दलसाग स्वयम्सेवक माग्या छन् रे । अर्को आर्थिक बर्ष लाग्न आटिसक्यो दाताले दिएको रकम हतार हतार सिध्याउनु पर्ने सरकारलाई कत्रो चटारो छ । जसरी भएपनि असार भित्रमा दाताले दिएको रकम सिध्याउनै पर्ने भएको छ । अरु बेला उखान तुक्का भन्दैमा फुर्सद थिएन अहिले चटारो पर्या छ । त्यसैले अरु दलले नि स्वयमसेवक दिएर खप्रओको अभियानलाई सफल पार्ने हो कि ? –गने
एकलौटी गर्यो रे
नेप्लिज कााग्रेसका सभापति शेरबहादुर देउवाले बल्ल थुतुनो खोलेका छन् । पार्टी सभापति र संसदीय दलको निर्वाचनमा निर्वाचित भएपछि अलमलमा परेका देउवा काजीले अस्तिका दिन थुतुनो खोलेका हुन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै जोक्कर पर्धानमन्तरीको उपमा पाएका खप्रओको आÏनैले धुवााधार विरोध गर्न थालेसी’ देउवा काजीले थुतुनो खोल्या हुन् । नयाधीश सिफारिस, राजदूत नियुक्ति सिफारिसमा खप्रओ सरकारले एकलौटी गर्यो भनेर काजी अलिकति बम्किए पनि । काजीले अलि कुरो नबुझेरै बोल्या हुन् कि क्या हो ? सरकारमा जो बस्छ उस्ले नै आÏना हनुमान, भाते संघ संस्थाका कार्जेकर्ता, आउरे–बाउरे नियुक्ति गर्ने परम्परा चल्दै आएको छ । अनि एकलौटी गर्यो भनेर के चित्याउनु ? ह्याउ भए खप्रओलाई उनार बनाएर आफै सिंहदरबार छिरे भैहाल्यो । त्यसपछि सबै एकलौटी । –घुएत्रो
अन्तेमा
काम छैन बुहारी पाडाको पिाध कन्या भनेजस्तै भएको छ यतिबेला नेपाल प्रहरीको काम । अब हेरौ न प्रहरीले नक्कली प्रमाणपत्रधारी उड्यान क्षेत्रका पाइलटहरुको प्रमाणपत्र छानबिन गर्ने रे ? अर्थ त वर्थ गाविन्द गाइ टाउकोमा लगाउने आषधि नाइटमा लाइ भन्या यही हो । जमिनमा हिाड्ने र गुड्नेहरुले अचाक्ली मच्चाउादा त केही
लछारपाटो लगाउन नसक्ने प्रहरीले आकाशमा उड्नेहरुको प्रमाणपत्र फुइय्याा छानबिन गर्नु ? बत्ती मुनि आध्यारो भन्थे हो रै’छ । प्रहरी संगठनभित्रै नक्कली प्रमाणपत्रधारीहरुको विगविगी छ । त्यहीबाट शुरु गरे पो हा भन्नुु । –सन्तु
