भुकम्प पीडितको सम्झनामा बास्केटबल प्रतियोगिता

धरान, /गत वर्ष वैशाख १२ गते आएको भुकम्प पिडितको सम्झना तथा श्रद्धाञ्जली अर्पण गर्दै आयोजित दुई दिन मैत्रिपुर्ण बास्केटवल प्रतियोगिता धरानमा सम्पन्न भएको छ ।
सुनसरी बास्केटवल संघको आयोजना र धरान बास्केटवल संघको संयोजनमा आयोजित मैत्रिपुर्ण खेलमा आइतवार सुनसरीले इलाम बास्केटवल टिमलाई ४८(४५ अंकले पराजित
गरेको थियो भने सोमवार भएको खेलमा इलामले मोरङ्ग बास्केटवल टिमलाई ६८–४८ अंकले पराजित गरेको छ । पहिलो दिन भएको अत्यन्त प्रतिश्पर्धात्मक खेलमा सुनसरीले प्रत्येक क्वाटरमा १२, १६, ९, ११ अंक जोडेको थियो भने इलामले १०, १४, १३, र ८ अंक जोडेको थियो । दोस्रो दिनको खेलमा इलामले प्रत्येक क्वाटरमा २१, ६, १५, २६ अंक जोडेका थिए भने मोरङ्गले १०, १०, १६, १२ अंक जोडेको थिए । खेलमा सुनसरीको तर्फ वाट हेमन्त राईले व्यातिmगत १५ अंक जोडेको थियो । त्यस्तै गरि दोस्रो खेलमा इलामको तर्फ वाट विनोद श्रेष्ठले २६ अंक जोडेका थिए ।
दुई दिने मैत्रिपुर्ण खेलमा सुनसरी, इलाम र मोरङ्ग गरि तिन जिल्ला टिमले सहभागिता जनाएको जिल्ला बास्केटवल संघका अध्यक्ष सुधिर लिम्वुले वताउनुभयो । धरान १८ स्थित डिपो आदर्श वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा संचालन भएको मैत्रिपुर्ण खेल खेल्नु अघि भुकम्पमा ज्यान गुमाएका हरुप्रति श्रदाञ्जली अर्पण गर्दै उपस्थित सम्पुर्णले एक मिनट मौन धारण
गरेका थिए ।

तपाईको प्रतिक्रिया