धरान/ धरान उपमहानगरपालिका बनेसंगै समग्र धरानको विकासका लागि राज्यको तर्फबाट कुनै पहल नभएपछि उपमहानगरपालिकाबासीहरु आ–आफ्नो ढंगले यसलाई पर्यटकीय स्थलको रुपमा चिनाउन प्रयासरत रहेका छन् ।
धरानलाई धार्मिक पर्यटकीय, शाहसिकपर्यटकीय स्थलको रुपमा संसारभरि चिनाउन अनेकन प्रयास भइरहेको समयमा पछिल्लो समयमा धरानका भूतपूर्व व्रिटिश गोर्खालीहरुले धरान पैदलयात्राको लागि गन्तव्य स्थल हुने भन्दै धरान २५ विष्णुपादुकाको भन्ज्याङदेखि
धरान २६ झण्डीडाडासम्मको ७ किमी बाटोलाई पैदलयात्राको रुपमा विकास
गरेर लाने अभियानमा जुटेका छन् ।
धरानको समग्र विकासका लागि पााचबर्ष अगाडि गजेन्द्र इस्वोको संयोजकत्वमा गोरखा स्मृतिपार्क निर्माण समिति धरान २५ स्थित विष्णुपादुकामा गोर्खा स्मृतिपार्क बनाउने योजना अनुरुप कामलाई निरन्तता दिदै आएको समितिले साविकको विष्णुपादुका गाविस धरान उपमहानगरपालिकामा गाभिएसगै पैदलयात्राको गन्तव्य स्थल हुन सक्ने भन्दै त्यस स्थानमा पैदल यात्राको शुरुवात समेत गरेको छ ।
विष्णुपादुकाका अग्रज व्यक्तिहरु सम्मिलित २३ जनाको टोलीले गरेको पैदल यात्रापश्चात धरान विष्णुपादुकाको भन्ज्याङदेखि झण्डी डाडासम्मको पैदल यात्रा पर्यटक भित्र््याउने आकर्षक केन्द्र विन्दु हुने ठहर गर्दै यसको समग्र विकासका लागि अगाडि बढ्ने गोर्खा स्मृति निर्माण समितिका संयोजक गजेन्द्र इस्वोले जानकारी दिनुभयो ।
धरानउपमहानगरपालिकामा गाभिए पनि अत्यन्तै पिछडिएको पहाडी भूमाग भएकोले पनि यसलाई पैदल यात्राको रुपमा विकास गरेर पर्यटक भित्र्याउन सके धरानको समग्र विकास हुने बताइएको छ ।
यात्राको क्रममा त्यस स्थानमा
फरक फरक हावापानीको महसुस यात्रुहरुलाई हुने गरेको छ । समुन्द्रसतहबाट ५ सय ५० मिटर उचाईमा रहेको विष्णुपादुको भन्ज्याङबाट पैदलयात्रा शुरु गर्दायात्राको गन्तव्य स्थल मानिएको झण्डीडाडा १ हजार ५ सय १९ मिटर उचाइमा पर्ने भएकोले पनि यात्राका क्रममा विविध हावापानीको समिश्रण हुने गरेको यात्रा गर्नेहरुको अनुभव छ ।
विष्णुपादुका सुनसरीको नगदेबालीको प्रमुख स्थान परेकोले बाटामा विभिन्न प्रकारका कृषि उत्पादन, धार्मिक महत्वका वस्तुहरु, पुरातात्विक वस्तुहरुको समेत अवलोकनगर्न पाइने भएकोले पनि यसलाई पैदलयात्राको गन्तव्य स्थल बनाइनुपर्ने स्थानीयहरुको समेत माग रहेको छ ।
