धरान/एमाओवादी छाडेर नयाा शक्ति गठन गरेका डा. बाबुराम
भट्टराईले आइतबार धरानमा आयोजित एक कार्यक्रमलई सम्बोधन गर्दै देशलाई विकास र समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताएका छन् ।
डा. भट्टराईले विकास र समृद्धि सबै दलको एजेन्डा हुनुपर्ने कुरामा जोड दिए । उनले भने वगेको खोला फर्कदैन त्यो गएर समुन्द्रमा समाहित हुन्छ । मुलुकलाई पुरानो अवस्थामा फर्काउने कुराको कल्पना कसैले नगरे हुन्छ । केही समय यता मुलुकलाई पुरानौ अवस्थामा फर्काउने दृष्प्रयास भइरहेको आफूले महसुस गरेको पनि उनले बताए । तर उनले त्यसमा को को सहभागी छन् भन्ने कुरा भने खोल्न चाहेनन् । उनले भने संविधानको मुल्य मान्यता हामी सबैले मान्नुपर्छ । संवधिानको मुलभूत मान्यताको बखान गरेका भट्टराई स्वयम्ले संवधान अझ अधुरो अपुरो रहेको अन्यत्रका कार्यक्रमबाट बोल्दै आएका छन् । उनले भने अब राज्यले जातीय, समुदायिक, लैङ्गिक, क्षेत्रीय सबै अंगमा समानुपातिक प्रतिनिधि रहनुपर्ने कुरामा समेत जोड दिए ।
पूर्वाञ्चल इसाइ समाजको आयोजनामा भएको उक्त कार्यक्रममा एमाले सभासद कृष्णकुमार राई, नेपाली कााग्रेसका मनोनित जिल्ला सचिव सुजेन्द्र तामाङ्ग, एमाओवादीका केन्द्रीय सदस्य मुक्साहाङ्ग मेन्याङ्गबो लगायतको उपस्थिति रहेको थियो ।
