धरान/झण्डै दुई हप्ता अगाडि कर्मचारीको तलब सहित अर्काकी श्रीमति लिएर चम्पट ठोकेका कोशी अञ्चल प्रहरी कार्यालय धरानका लेखापाल देवु सन्जिव तामाङ्ग आइतबार इटहरीमा पक्राउ परेका छन् ।
इटहरीकै कुनै होटलमा बस्दै आएको गोप्य सुराकीको आधारमा इलाका प्रहरी कार्यालय इटहरीले उनलाई पक्राउ गरी अञ्चल प्रहरी कार्यालयमा जिम्मा लगाएको थियो । अञ्चल प्रहरी कार्यालयका सम्पूर्ण कर्मचारीको फागुन महिनाको आठ लाख रुपैया भन्दा ज्यादा रकम लिएर तामाङ्ग फरार भएपछि प्रहरी उनको खोजीमा जुटेको थियो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीका अनुसार सई तामाङ्गले धरान ८ की अन्दाजी ३५ बषीया सन्जु तामाङ्गलाई लिएर अघिल्लो हप्ता फरार भएका थिए ।
सई तामाङ र ती महिला बीचमा लामो समयदेखि हिमचिम रहेको कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी पवनप्रसाद खरेलले अनुसन्धानबाट देखिएको बताउनुभयो ।
हाल पक्राउ परेका लेखापाल सई गुल्मको क्वाटरमा राखेर आवश्यक अनुसन्धान भइरहेको र आर्थिक अपलचनमा कारबाही नभएपनि नैतिक
आचरणमा कारबाहीका लागि विभागमा सिफारिस गरिएको बताउनुभयो । सई तामाङ्गले लिएर गएको प्रहरी कर्मचारीको तलबवापतको रु ८ लाख अघिले हप्ता झापाबाट आइएमइ गरेर अञ्चल प्रहरी कार्यालयमा पठाएका थिए ।
