धरान/पछिल्लो केही समय यता राजनैतिक संरक्षण तथा गुण्डागर्दीको आडमा अव्यस्थित ढंगले राजस्व समेत छल्दै सरकारी मापदण्ड विपरीत सञ्चालन हुादै आएका सिटी सफारीलाई अब मुख्य सडमा गुड्न नदिने निर्णय भएको छ ।
सवारी चालक अनुमतिपत्र, यातायात व्यवस्था कार्यालयमा विना दर्ता र अनुभवि चालक नहुादा दुर्घटनाको सदैव जोखिममा रहेको सिटी सवारीलाई सुनसरीको नियमनकारी निकायले मुख्य सडकमा चल्न नदिने निर्णय सेमबार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई मुख्य सडकमा सफारी सञ्चालनमा रोक लगाउन निर्देशन दिइसकेको छ । वैठकले सिटी सफारीलाई मुख्य
राजमार्गमा सञ्चालनमा रोक लगाउने, सवारी चालक अनुमतिपत्र अनिवार्य लिनुपर्ने, आवश्यकता भन्दा बढी दर्ता सिफारिस नगर्ने लगायतका निर्णय भएको छ । वैठकले सिटी सफारी डिलर्सले कममा खरिद गरी बढीमा विक्री गर्ने गरेको सम्बन्धमा समेत छानबिन गर्ने निर्णय गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाइको अध्यक्षतामा बसेको बैठकले सिटी सफारीलाई मुख्य सडकमा गुड्न नदिने लगायतमा निर्णयहरु कडाइका साथ कार्यान्वयन गराउन सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक सात सदस्यीय समिति समेत गठन गरिएको छ । समितिका सदस्यहरुमा ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सरोज पौड्याल, यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा इटहरीका अधिकृत राजुभाई कुसमा, यातायात कार्यालय कोशीका अधिकृत मिलन भट्टराई, धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई, इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहता, इटहरी उपमहानगरपालिकाका इन्जिनियर अर्जुन दाहाल रहेका छन् ।
