धरान/भारतीय सेनामा नेपाली युवाहरुको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । आकर्षक सेवा, सुविधा र भारत सरकारले आÏना सेनाका लागि प्रदान गर्ने दर्जनौ लोककल्याणकारी योजनाहरुका कारण भारतीय सेनाप्रति नेपाली युवाहरुको अकर्षण बढेको हो ।
भारतीय दुतावास पेन्सन वितरण कार्यालय धरानको समन्वयमा यही चैत्र ३, ४ र ५ गते कोशी अञ्चल प्रहरी कार्यालय धरानको खेल मैदानमा भएको रिक्रुट छनौटका लागि हजारौ युवाहरु प्रतिपर्धामा उत्रनुले पनि भारतीय सेनामा नेपाली युवाहरुको आकर्षण प्रतिविम्बित गर्छ ।
चैत्र ३ गते मेची, चैत्र ४ गते कोशी र चैत्र ५ गते सगरमाथा र जनकपुर अञ्चलका युवाहरु रिक्रुट छनौट प्रक्रियामा सामेल भएका थिए । मेची अञ्चलबाट ३ हजार, कोशी अञ्चलबाट ३ हजार र सगरमाथा–जनकपुर अञ्चलबाट २ हजार युवाहरु रिक्रुट प्रक्रियामा सामेल भएको प्रारम्भिक छनौटका लागि भारतको गोरखपुरबाट आउनु भएका भारतीय सेनाका विग्रेडियर एम.के सगोचले जानकारी दिनुभयो ।
भारतमा अंग्रेज शासनकै समयमा आग्रेज र नेपालबीच भएको सम्झौता अनुसार आज पनि नेपाली युवाहरु भारतीय सेनामा भर्ति भइरहेका छन् । व्रिगेडियर सगोचले भन्नुभयो, अंग्रेजको पालामा जुन विधि, नियम र प्रक्रिया बनाइएको थियो आज पनि सोही नियम, विधि र प्रक्रिया अनुसार नेपाली युवाहरु भारीय सेनामा भर्ती
भइरहेका छन् । रिक्रुट भर्ति प्रक्रियाकै लागि गोरखपुरबाटै भारतीय सेनाका कर्णेल भि.के. बर्मा, दार्जिलिङ्ग घुमबाट कर्णेल जयदिप गोस्वामी र कर्णेल पियुस व्यास आउनु भएको थियो ।
रिक्रुट भर्ना हुने युवाहरुमा विभिन्न समूह बनाई दौड, व्यायाम, मेडिकल टेष्ट, आवश्यक शैक्षिक योग्यता तथा अन्य कागजातको चेकजााच गरिएको थियो । भारतीय सेनामा भर्ती हुनका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी, नेपाली नागरिकताको प्रमाणपत्र, १७ देखि २१ बर्षको उमेर अनिवार्य
रहेको ब्रिगेडियर सगोचले बताउनुभयो । तोकिएको मापदण्ड अनुसारको छाती, उचाई आदि समेत अनिवार्य रहेको छ । तोकिएको पहिलो चरणको सबै प्रक्रिया पूरा गरेपछि प्रतिष्पर्धीहरुलाई लिखित परीक्षामा सामेल गराइन्छ जसको प्रश्नपत्रहरु गोरखपुरबाटै शिल गरेर ल्याएको हुन्छ घुमबाट आउनु भएका कर्णेल जयदिप गोश्वामीले बताउनुभयो । सबैकुरा पारदर्शीि हुन्छ, यसमा कसैको भनसुनको गुन्जाइस रहादैन भन्दै ब्रिगेडिएर सगोचले दोस्रो चरणको मेडिकल टेष्ट समेत हुने बताउनुभयो । यसका लागि भारतबाटै दुईजना मेडिकल चिकित्सक आइतबार धरान आइपुग्नु भएको छ । जसमा डा. मेजर अजयकुमार र डा. मेजर रविन्द्र
रोय हुनुहुन्छ । यसरी तोकिएको मापदण्ड बमोजिम छनौट भएका युवाहरुको पुन: भारतको सिलगुढीमा मेडिकल टेष्ट हुन्छ र अन्तिम परिणाम दुई महिनामा दिइन्छ ।
रिक्रुटमा छानिएकाहरुलाई दाििर्जलिङ्गको घुम लगिन्छ र २८ दिनसम्म त्यहाा राखेर विभिन्न
ओरियन्टेसन तालिम दिइन्छ । उनीहरु सुवातु, वाणारसी, लखनउ र सिलोङ्ग गरी चार सेन्टरमा पुग्छन् त्यसपछि ३९ युटमध्ये कहीपनि जान सक्छन् व्रिगेडियर सगोचले भन्नुभयो । उहााले भन्नुभयो, योग्य युवाहरु नछुटुन भन्ने हाम्रो मुख्य उद्देश्य रहन्छ । कोशी, मेची, सगरमाथा र जनकपुर अञ्चलबाहेक अन्यत्रबाट आएका युवाहरु यहाा सामेल हुन पाउदैनन् । अञ्चल वाइज छुट्याएर
रिक्रुट भर्ना गरिने भएकोले पनि अन्य अञ्चलका युवाहरु यहााबाट सेलेक्ट हुन पाउादैनन् । चैत्र ४ गते विहीबार यो पंक्तिकार कोशी अञ्चल प्रहरी कार्यालय पुग्दा दैलेख, कास्की, बाग्लुङ्गतिरका दर्जनौ युसवाहरुले गेटबाहिरैबाट आफूहरुलाई पनि सामेल गर्न आग्रह गरिरहेका पथए । बाग्लुङ्गबाट आएका नवराज पुन भन्दै थिए पोखरामा भएको छनौट प्रक्रियामा आफू छुटेकोले यहाासम्म आएा । तर सहभागी हुनै पाइन । यस सम्बन्धमा बिग्रेडियर सगोच भन्नुहुन्छ, यसपटक छुटे अर्को पटक सामेल हुादा भइहाल्छ । तर सेड्युलमा कुनै परिवर्तन हुादैन । यसका लागि पहिले नै व्यापक रुपमा सूचनाहरु प्रकाशित भइसकेका छन् । यहाा
स्मरणीय कुरा के छ भने भारतमा पनि जहाा जहाा नेपाली मुलका बासिन्दाहरु बसेका छन् त्यहाा त्यहाा यस प्रकारको रिक्रुट छनौट प्रक्रिया हुने गरेको छ । ब्रिगेडियर सगोचका अनुसार भूतपूर्व सैनिकहरुले आफ्ना नानीहरुलाई यहाा सहभागी गराउन नसकेपनि भारतको केन्द्रमै पुगेर पनि गर्न सक्छन् उनीहरुलाई यो सुविधा भारत सरकारले प्रदान गरेको छ ।
