विगत केही समय यता मत्थर प्राय: देखिएको चन्दा आतंकले फेरि टाउको उठाउन थालेको छ । अस्तित्वमा रहेका राजनैतिक दलमात्र हैन विभिन्न भूमिगत संगठनहरुले उद्योगी, व्यवसायी, शिक्षण संस्थाहरुबाट चन्दा उठाइरहेका छन् ।
अस्तित्वमा रहेका राजनतिक दलले शक्ति र पावरको ध्वाास पिटेर चन्दा उठाइरहेका छन् भने भूमिगत रुपमा रहेका संगठनले डर, त्रास, धाक, धम्की देखाएर चन्दा असुली गरिरहेका छन् । खासगरी यतिबेला तराईका जिललामा विगतमा जस्तै भूमिगत संगठनहरु सल्बालाएका छन् । विगतमा मधेशी टाइगर, मधेशी कोब्रा, गोइत, ज्वालासिंह समूहरुले आतंक नै मच्चाएका थिए । हाल मधेशमा शिक्षक, व्यापारी, उद्योगपति, निजामित क्षेत्रका कर्मचारीहरुसाग भूमिगत संगठन र समूहले पत्र, फोन, एसएमएसमार्फत चन्दा मागन थालेपछि एक प्रकारको सन्त्रास फैलिएको छ ।
पछिल्लो पटक यस्तै गतिविधिमा सींलग्न भूमिगत सगठन थारु मधेशी मुक्ति मोर्चाले पर्साका सामुदायिक विद्यालयका शिक्षकहरुलाई जनहरु एक हजार रुपैयााका दरले चन्दा दिन उर्दी जारी गरेको छ । यसैगरी बारा, सिराहा, सप्तरी, महोत्तरी, धनुषा लगायतका जिल्लामा समेत भूमिगत संगठनले चन्दाका लागि पत्र, फोन र एसएमएस गर्ने गरेको शिक्षक, कर्मचारीले मात्र हैन उद्योगी व्यवसायीहरुले बताएका छन् । पत्र, फोन, र एसएमएसबाट चन्दा मागिएको त्यस जिल्लाका शिक्षक, कर्मचारी, उद्योगी, व्यवसायीहरुमा सन्त्रास फैलिएको छ , आफू सुरक्षित हुनका लागि त्यस्ता भूमिगत समूहलाई चन्दा दिएर केही शिक्षक, कर्मचारी, उद्योगी, व्यवसायी गुपचुप बसेपनि अन्तत: यसले ती जिललमा ठूलै खैलाबैला मच्चाएपछि प्रहीले त्यस्तो गतिविधिमा संलग्न दुईजनाको एक साता अगाडि पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले सार्वजनिक गरिएकाहरुमा जनतान्त्रिक तराई मुक्ति मोर्चाको नाममा भन्दा माग्ने वीरगञ्जका २२ बर्षीय महेश पटेल र ५३ बर्षीय रामवालक प्रसाद मुखिया रहेका छन् । उनीहरुले एक निजी विद्यालय सञ्चालकलाई फोन गरी ५लाख रुपैया चन्दा मागेका थिए । यसभन्दा अगाडि उनीहरुले केही समय अगाडि सोही विद्यालय परिषरमा तर्साउने हेतुले बम समेत प्रहार गरेका थिए । पक्राउ परेका दुवैले विद्यालय सञ्चालकलाई ४८ घण्टा भित्रमा आफूहरुले मागे जति चन्दा नदिए कडा कारबही गर्ने धम्की समेत दिएका थिए । यो त प्रहरीले पक्राउ गरेपछि खुलेको रहस्य हो । पक्राउ पर्न नसकेका धेरै समूह यतिबेला असुली धन्दामा लागेका छन् र हुन त यो मुलुकमा सरकार, प्रहरी, प्रशासन सबै कुनै न कुनै रुपमा असुली धन्दामै लागेका छन् । सरकारमा बस्नेहरु कमिशन र भ्रष्टाचारबाट असुलिरहेका छन्, प्रहरी वर्दीका आडमा सर्वसाधारणलाई प्रभावमा लिएर असुली रहेका छन् । प्रशासन तथा कर्मचारी सेवाग्राहीलाई अनेकौ झमेला र झन्टमा फासाएर रकम असुलिरहेका छत् । यतिमात्र हैन विदेशीहरुसमेत सहुलित व्याजमा केही रकम दिएर यहााका प्रांकृतिक स्रोत साधनको दोहन गरिरहेका छन् । केही दिन अगाडिमात्र माओवादीबाट अलग भएका पूर्व मन्त्री बाबुराम भट्टराईले पत्रकार सम्मेलन नै गरेर ५० हजारसम्म चन्दा उठाउने निर्णय गरेको छ । बाबुरामको त्यस निर्णयलाई प्रहरीले सामान्य रुपमा लिएको देखियो । भूमिगत समूहले एकहजार रुपैया सम्मको चन्दाका लागि पत्र, फोन र एसएमएस गरेको छ । जुन कथित नयाा शक्तिका संयोजक बााबुराम भट्टराईको भन्दा कम मागेको छ । भूमिगत रुपमा चन्दा उठाउने प्रहरीले गिराÏतार गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । के कारबाहीको भागिदार बाबुराम भट्टराई बन्न सक्दैनन, किन त्यसतर्फ प्रहरीले ध्यान दिन नसकेको होला ?
