धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको दिल्ली पब्लिक स्कुलमा एकदिने कार्निभल (शितकालीन मेला) सम्पन्न भएको छ ।
प्रत्येक बर्ष आयोजना गरिने मेलाको मुख्य उद्देश्य विद्यार्थीहरुको अतिरिक्त क्षमतालाई उजागर गर्नु रहेको विद्यालयका प्रिन्सिपल पि.के. संकरालिंघमले बताउनुभयो । सो अवसरमा विद्यार्थीहरुद्वारा प्रतियोगितात्मक साास्कृतिक कार्यक्रम, घोडा दौड, सुटिङ्ग, नृत्य प्रस्तुत गर्नुका साथै विद्यार्थीका अभिभावकहरुले फेशन सो समेत गरेका थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाश, शिक्षाध्यक्ष प्रा.डा विक्रम श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. अरविन्दा सिन्हा, कुलसचिव तुलबहादुर श्रेष्ठ,
भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी सेना मेडल मेजर सुनिलकुमार पाल लगायतको उपस्थिति रहेको थियो । दिल्ली पब्लिक स्कुल धरानमा हाल +२ सम्मको अध्यापन हुादै आएको छ । धरान,
विराटनगर, इटहरी, इनरुवा, जनकपुर, काठमाण्डौ लगायतका स्थानका झण्डै १ हजार २ सय जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका नेपाली विभागका शिक्षक हेमचन्द्र वस्तीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विद्यार्थीहरुलाई चार भागमा विभाजित गरिएको थियो । यसैका आधारमा इन्टर हाउस कल्चर, नृत्य, सुटिङ्ग, घोडा दौड प्रतियोगिता भएको थियो । प्रतियोगतामा च्याम्पियन बनेको सगरमाथा हाउसले ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो भने कञ्चनजंघा हाउसले दोस्रो बनेर ट्रफी, मेडल र प्रमाणत्र जितेको थियो ।अन्नपूर्ण तेस्रो बनको थियो भने धौलागिरीले चौथो स्थानमै चित्त बुझाएको थियो । विजेताहरुलाई विद्यालयका प्रिन्सिपल पि.के.
शंकरालिघम र भाइस प्रिन्सिपल सन्ध्या वसिष्टले पुरस्कृत गर्नुभएको थियो ।
