धरान/होटल एसोसिएन अफ
धरानद्वारा आयोजित तीनदिलने सडक महोत्सवको अन्तिम दिन सम्पन्न टक अफवारको उपाधी यसपटक स्टिम
धरानको पोल्टामा पुगेको छ ।
सोमबार सम्पन्न टक अफ वारमा नेपाल यातायात मजदुर संघ, रोयल इन्फ्रीलर्स, स्टिम धरान र अञ्चल शसस्त्र प्रहरी गुल्म सहभागी भएका थिए । वेष्ट अफ थ्रीका आधारमा खेलाइएको प्रतिष्पर्धात्मक टक अफ वारमा स्टिम धरानले अञ्चल सशस्त्र प्रहरी गुल्मलाई २–० को अन्तरले पराजित गरेको
थियो । कार्यक्रमको शुभारम्भ धरान उपमहानगरपालिकाका प्रशाकीय अधिकृत गणेश खतिवडाले गर्नुभएको थियो । विजता स्टिम धरानल खसी उपहार पाएका थियो भने उपविजेता अञ्चल सशस्त्र प्रहरी गुल्मले कुखुराको भालेमा चित्त बुझाएका थिए ।
