संसोधनको भारतद्वारा स्वागत

धरान/विगत सात महिना अर्थात २०७२ साल साउन एक गते देखि आन्दोलनरत मधेशी मोर्चाको माग सम्बोधन गर्न संसदले शनिवार गरेको संविधान संसोधनलाई भारतले सकारत्मक कदम भनि आइतबार स्वागत गरेको
छ ।
मधेशी मोर्चाको समावेशी समानुपातिक सहभागिता र निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने प्रमुख माग सम्बोधन गर्न शनिवार नेपालको संसदले संविधानको धारा ४२, ८४ र २८६ संसोधन गरेपछि भारतले स्वागत गरेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट आइतबार ट्वीट गर्दै नेपालको संसदबाट शनिवार संविधान संशोधन हुनुलाई हामीले सकारात्मक रुपमा लिएका छौं, भन्नुभएको छ । उहााले ट्वीटमा भन्नुभएको छ, मधेशी मोर्चाले उठाएका अन्य मुद्दा वा माग पनि यसैरी रचनात्मक तरिकाले सम्बोधन गरिनेछ भन्ने विश्वास हामीले लिएका छौं ।
मधेशी मोर्चाले उठाएका मागलाई सम्बोधन गर्न संसदमा रहेको सबैभन्दा ठूलो दल नेपाली कााग्रेसले आफ्नो सरकारकै पालामा संशोधन विद्येयक दर्ता गराएको थियो । लगत्तै बनेको एमाले नेतृत्वको केपी शर्मा ओली सरकारले संसोधन विधेयक पारित गराउन आलटाल गर्दै आएको थियो । यस वीचमा मधेश आन्दोलनकै क्रममा राज्यपक्षबाट ७० जना भन्दा बढी आन्दोलनकारीको मृत्यु भइसकेको छ भने सैयौ अंंगभंग भएका छन् । मधेशवादी दलको आन्दोलन दिन प्रतिनिदिन चर्कदै गएपछि संविधान संसोधन विधेयकलाई पारित गर्ने प्रतिबद्धता सहित सरकारले गत पुष ५ गते तीनबुदे निर्णय गरेको थियो । मन्त्री परिषद्को तीनबुादे निर्णयलाई समेत भारत सरकारले औपचारिक रुपमा विज्ञप्ती प्रकाशित गरी स्वागत गरेको थियो ।

तपाईको प्रतिक्रिया