धरान, / अपांता भएका व्यक्तिलाई सहज होस् भन्ने उद्देश्यले धरानको छाताचौकमा फारम भर्ने काम शुरु गरिएको छ ।
सही अपाङ्गले राज्यको सेवा सुविधा नपाएको र अपांगता भएकाहरुले समेत अनाहकमा दु:ख पाउने गरेकोले मानव सेवाका लागि समिर्पत सेवक नामक संस्थाको पहलमा धरानको पुरानो अस्तापलमा रहेको अपांग तथा पुनस्र्थापनाको गृह अगाडि फारम भर्ने व्यवस्था गरिएको हो ।
विगतमा अपांगता भएकाहरु इनरुवास्थित महिला तथा बालबालिका कार्यालयमा धाउनुपर्ने बाध्यता हुदा उनीहरुले धेरै नै सास्ती भोग्नुपरेकोले आफूहरुको पहलमा यही फारम भर्ने व्यवस्था मिलाएको सेवकका अध्यक्ष राजीव हलुवाईले जानकारी दिनुभयो ।
वास्तविक अपांगता भएका व्यक्तिहरु छुट्नुका साथै अपागता नभएकाहरुले समेत भत्ता लिने गरेकोले स्थानीय स्तरर्मै गएर फारम भर्ने गरिएको महिला तथा बालिबालिका कार्यालय सुनसरीकी प्रमुख मेरिना श्रेष्ठले जानकारी दिनुभयो । उहाले अपागता सम्बन्धी निर्देशिका अनुरुप फारम भर्ने समेत जानकारी दिनुभयो ।
विशेष गरी सुष्त मनस्थिति, दृष्टिविहीन, बहिरा, शारीरिक अपांगता भएका र संयुक्त अपांगता भएकाहरुको पहिचान गरी सहज रुपमा फारम भर्ने काम गर्ने समेत कार्यालयले जानकारी दिएको छ । परिचयपत्र पनि तीन खालको क्याटरीमा राखिएको उहाको भनाई छ । रातो कार्ड, निलो कार्ड र सेता र पहेलो भएको कार्ड वितरण गरिने बताउदै रातो कार्ड पाउनेले मासिक १ हजार, निलो कार्ड पाउनेले मासिक ३ सय र सेतो कार्ड पाउनेले भत्ता नपाउने राज्यको अन्य सुविधा भने पाउने उहाको भनाई छ । यसले थोरै भएपनि सहज भएको अपांगता भएकाहरुले समेत बताएका छन् ।
