बाडुली आ आइ छ
उखान तुक्का भनेर बैरीलाई पनि हासाउने खप्रओ पर्धानमन्तरी भएसी हिजो आज घण्टाघरलाई मात्र हैन सप्पै नेपालीलाई बााडुली आ आइ छ । खप्रओलार्य नसम्झने देशाा यतिबेला को होला ? स प्पैले सम्झ्या सम्झ्यै छन् । ग्याास नपाएर भात खान नपाउादा कन्सिरीबाट धुावा उठुन्ज्याल खप्रओलाई सम्झन्छन् । इन्धन नभएर दौडन नपाउादा खप्रओतिरै धारे हात लाउाछन् । महंगी बढेर किन्न नसक्दा खप्रओतिरै रिस फेर्छन् । खप्रओलाई नसम्झिने त खै को पो होला र † संसदमा पर्धानमन्तरीमा निर्वाचत भएसी खप्रओले भन्या थे म सम्पूर्ण नेपालीलाई हिक्क हिक्क बाढुली लाउने बनाइदिन्छु । ओलीले ठिकै भन्या रै’छन् ।
दोक्च्याए छन्
मामाके घोडी मेरे हिही । नेपालमा मानव अधिकारवादी चिल्ला गाडीमा दौडिएर डलरको खेती गर्छन् भन्ने कुरा लाटा गाडा सबैलाई थाहा छ । डलरबाट निर्मित तिन्का आलीसान महलमा बालबालिकाको श्रम शोषण हुन्छ भन्ने पनि सबैलाई थाहा छ । छुादा पनि दाग लाग्ने पहिरनमा हिड्ने त्यस्तालाई अस्तिका दिन मधेशमा आन्दोलन गर्नेहरुले दह्रैसाग बजाएछन् । मधेश आन्दोलनमा डलरको खेती गर्न झर्या थे पाएछन् हनुमान धुलाई । तीन महिना भन्दा लामो समयदेखि यिन्ले के पापा हेरेर बस्या थे । कि सुगुरले पूर्णिमो जुन हेरेझै हेरेर बस्या थे । यतिका मानिसको प्रण पखेरी उड्दा तिन्ले एउटा वक्तव्य समेत निकालेनन् । अनिअहिलेचाहिा भद्रो समाउन हाइफाइा गरेर मधेशतिर
झरेका ? धन्न आन्दोलनकारीले करङ–सरङ बटारिदिएनछन् ।
डिपो तेलले भरियो
हैन हौ यो सरकार यति बेइमान किन भा’ होला ? इन्धन नपाएर ब्लाकमा किनेर काम चलाउनु पर्या छ तर आयल निगमको डिपोमा तेल भरिएर राख्ने ठामसम्म छैन । पेट्रोल पम्पहरुमा पेट्रोल नदिने तर कालो बजारी गर्नेहरुलाई रातारात ट्यांकर नै दिने भएसी घण्टाघरजस्ता पहुाच नहुनेले ब्लाकमा नकिनेर भुत्रो गर्नु ? सरकारलाई गुहार्यो टन्न कमिशन पड्काएकाले कानै सुन्दैन, निगमका हो कि गुहार्न खोज्यो बाहिर गैस्या छ भन्छन । फुन गर्यो फुनको ठाडोको स्विच अफ हुन्छ । गुहार्नै ठाम कही नभएसी यसो सडकाा राखेको भएनि किनेर मोटर साइकलको ठाडोमा घोप्ट्याउनै पर्यो । आफूहरुलाई भने यस्तो हाहाकार छ निगममा चाहिा राख्ने ठामै छैन । के गर्नु सरकार दह्रो भैद्या भए कालो बजारी गर्ने निगमका हड्डी गनिने थे । सरकारै मरन्च्यासे
परेसी कही नभाको सास्ती पाइयो ।
चाइनाको तेल
भारतले नाकाबन्दी गरेर तेल नदिए नि केही लछारपाटो लाग्दैन, चाइनबाट ल्याएर भए नि छेलोखेलो बनाउछु भनेर पर्धानमन्तरी खप्रओले फुक्या दिन घण्टाघर कम्ता गदगद भा’थेन । तर चाइनाबाट सित्तिमा आएको पेट्रोलको रग कस्तो हुन्छ, गन्ध कस्तो हुन्छ भनेर देख्न र सुाघ्न समेत अहिलेसम्म पाइएको होइन ,। पहिला त लाग्व्यो खप्रओ खरा छन् चाइनबाट तेल ल्याउलान् । तर हैन रै’छ । चाइनाको तेल पनि चाइनाकै माल जस्तो रै’छ । मेड इन चाइन आज भोलि छैन । ती ताइनिज राजदूतले पनि एकदुई पटक खोक्याथे हामी नेपालीलाई जति नी तेल दिन्छौं । हुन त चाइनाका राजदूत न परे । उनी चाइनाको माल जस्तै छ हुन नि । कि कसो हौ ?
काजीको चेतावनी
नेप्लीज कााग्रेसका बरिष्ठ नेता शेरबहादुर काजीले अस्तिका दिन मधेशी मार्चालाई दशगजाको आन्दोलन छाडेर वार्तामा आउन चेतावनी देछन् । कस्ता कस्ताले चेतावनी दिादा त केही लछारपाटो लाइया छैन अब ती काजीले चेतावनी दिादा फुइय्याा होला ? हिजो आज कार्गेक्रमतिर अलि कमै देखिन थालेका काजीलाई त्यसरु चेतावनी दिन कस्ले पम्फू लगाएको हो कुन्नि ? पक्कै आरजु मेमले पम्फू लगाएको त हैनन् होला । कस्ले लगाए छ त ? जे होस काजीले प्वाक्कै चेतावनी चाहिा देएकै हुन । उता मधेशी मोर्चाले देउवाको चेतावनीलाई माखो जतिको समेत ठानेनन् । ठान्ने कुरा पनि भएन । उनेरले आन्दोलन देउवाको चेतावनील्े रोकिन पनि हैन । रोकिएला जस्तो पनि छैन । त्यत्रा बरिष्ठ नेताको बोलीमा सित्तिमा खेर जाने भयो ।
हात्ती आयो हात्ती आयो फुस्सा
तीन दलका शीर्ष लाउके र मधेशी मोर्चाका नेताहरुका बीचमा भएको अस्तिको वार्ता पनि कुनै निर्नयमा नपुगी तुरिएछ । चिया, विस्कुट खाएर ठट्टा गर्दै वार्ताको ध्वाास पिट्दै आएका दलले अस्ति पनि नेपाली जन्तालाई तल्कुरे कु देखाइदिए छन् । आज चाहिा निर्णायक वाताृ होला भनेर गजक्क परेर बसेका नेपाली जनता निरास भएका छन् । सधै निर्णायक वार्ता भन्छन्े निर्नयचाहिा केही नहुने क्या गजबको वार्ता । वार्ताको लागि मात्र वार्ता गरेर किन जग हासाएको होला ? हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ वार्ता । निर्णायक भनेर निर्णय नै नहुने भएपछि मधेशी नेताहरु पनि बटारिएर भारततिर हान्निएछन् । यहाा बसेर बिना निर्णयको वार्ता गरेर चिया विस्कुत खाएर च्यापु दुखाउनु भन्दा बरु उतैतिर जानु वेश ठान्ेछन् कि क्या हो ?
दुई बर्षमा बनाउने रे
हाम्रा पर्धानमन्तरी खप्रओ गफाडी हैन महा गफाडी नै भए वा । दायाा बायाा नहेरी थुचुनोमा जे आयो त्यही प्वाक्क बोली हाल्छन् । बोले अनुसार काम गर्दि हुन्थ्यो नि छैन । अब अस्तिका दिन कमिथाकाके सडक दुई बर्षभित्रमा कम्प्लिट गरेर फिलिली गाडी कुद्ने बनाइदिन्छु भनेर बोलेछन् । भुईचालोले भत्काएको तातो पपानी नाकाबाट ६ महिनामा ढुंगा पन्छाएर सडक सुचारु गराउन नसक्ने, यत्तिका दिनसम्म भुकमप पीीडतका लागि सिन्को भ ााच्न नसक्ने, चीनबाट चिन्धन ल्याएर छेलोखेलो बनाइदिन्छु भन्ने ओलीले फेरि अर्को हावा गफ निकालेछन्े । दुई बर्षमा किमाथांका सडक निर्माण गर्छु भन्ने ओली बाले कसरी दुई बर्षमा निर्माण हुन्छ भनेर चाहि खुलाएनछन् । ओलीले यो देश हावा गफ गरेरै चलाउाछन् कि क्या हो ? होला नि त्यसैले देश पनि हावा जस्तै भैसक्यो । अब तओलिका गफ सुन नेप्लीज जन्ताको कानमा कानेगुजी भरिएर आउन थाल्या छ ।
अन्तेमा
देश गम्भीर संकटमा भएपनि अकुत सम्पत्ति आर्जन गर्न अवैध धन्दा चलाएका केही ठूला माछा बल्ल अख्तियारको फन्दामा पर्नेभएका छन् । झालेमालेका सभासद राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे र एमाउवादीका सभासद रविन्दप्रताव साहलाई अख्तियारले डडेल्नु सेकने भएको छ । गुण्डागर्दीका नाइने, मेडिक माफियाका नाइके भनेर चिनिएिका राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे साख्खै दाजुभाई हुन् । डा. गोविन्द केसी माफयाका विरुद्धमा अनसन बस्दा राजेन्द्र पाण्डेले केसीलाई सिध्याउने धम्की नै दिएका थिए ।
चरी मारिदा संसदमै हंगामा
मच्चाए । अब भने अख्तियारको फान्दामा पर्ने भएसी घण्टाघरलाई पनि अख्तियारले राम्रै काम गर्न लागेछ भनेर लाइराछ । राजनीतका आडमा हुने अपराध निर्मुल हुनै पर्छ । भगवान तेरे घरमे देर है अन्धेर नही भन्थे हो रैछ ।
