घण्टाघरबाट हेर्दा

नयाँ शक्ति
नयाा बोतलमा पुरानै रक्सी खाादेर नेपालका मुरख विद्वान बाउराम
भट्टराई झुल्कने भा’छन् रे । दश बर्षमा वीर हजार नेपालीलाई सिनित्त बनाउने नक्सा कोरेका बाउराम यतिका दिन किन चुप चाप लागेछन् भन्या त नयाा शक्तिका चल्ला कोरल्न ओथारो बास्या रै’छन् । अस्तिका दिन उन्का नयाा शक्तिवाला पुरानै ग्यारेजमा राखेका थोत्रा अनुहारहरु राजधानीमा सल्बलाए । केही उट्पट्याङ्ग नगरी बस्न नसक्ने, एकै ठाउामा पिाध नअडिने बाउरामले अब फेरि कस्तो नक्सा कोर्ने हुन कुन्नि । दश बर्षको जस्तै नक्सा कोरे भने नेपाली जनतालाई फेरि भालुको कन्पट हुने भयो । लौन उखान टुक्के
प्रधानमन्तरी बाउरामले कोरल्न लाग्या चल्लाहरुलाई छेकारो हाल्नु पर्‍यो । अरुलाई छेकारो हाल्ने ह्याउ नभएपनि बाउरामलाई त हाल्न सक्छौं होला नि ।
तेलमा झेल
यो तेल भन्ने चिज पनि बडो गजबको रै’छ वा † यतिबेला तेलमा भएको झेलले सम्पूर्ण नेपालीलाई टाउको दुखेकोछ । आयल निगमका केन्द्रीय साहुजी गोपाल खड्काको ठाडो आदेशमा विराटनगरका दुई लाउके कार्की र भण्डारी थरका लाउकेहरुले दिनदहाडै कालो बजारी गर्दा नि ओली सरकार आाखा चिम्म गरेर वाल्वाटाराा उत्तानो परेर सुत्या छ । वाल्वाटारे टाउकेदेखि आपूर्ति मन्त्रालयका भलाद्मीहरु कालो बजारी गर्नेलाई घोक्रे ठ्याक लगाउन नसक्ने भा’छन् रे । कसरी हुन त ? विटाका विटा माल पूर्वबाटै राजधानी छिरेसी ? अहिले आयल निगम
विराटनगरका दुई लाउेले यतिबेला पूर्वाञ्चलमा रै’दलो मच्चाएका छन् । ग्याास, पेट्रोल, डिजल, जोगवनी नाकाबाट टन्नै आउादा पनि ग्राहकलाई दिादैन, त्यही चिज सडकमा ब्लाकमा कुस्त पाइन्छ अखिरी ब्लाकमा सडकमा कुस्त कसरी पाइन्छ त ? हरे शिव † देश संकटमा पर्‍या बेला एकथरी तेलका माफियाहरुलाई स्वर्णिम दिन सावित भा’छ । संकटलाई अवसरमा बदलौ भन्या यही होला ? कि कसो हौ ?
कारबाही गर्ने रे
हाम्रो देशाा नाम अनुसारको काम र काम अनुसारको नाम हुादैन भन्ने कुरा त सबैलाई थाहा छ । अब हेरौ न एउटा खुट्टा नहुने मरन्च्यासेको नाम वीर बहादुर, हात नहुनेको हस्तबहादुर, क्रुर निर्दयीको मनबहादुर जस्ता नाम भएको छ त सबैलाई थाहै छ । यस्ता अमिल्दा कैयौ नामसाग मिसिन आएको छ शक्ति बस्नेत । आच्या हाम्रा घरेलु मन्तरी शक्तिबहादुर बस्नेत । मुलुकमा यतिबेला काला बजारी, माफियाहरुको विगविगी भएको काना, खोरान्डा,
बहिरालाई नि थाहा छ । तर घरेलु मन्तरी बस्नेतलाई भुत्लोभाङ्ग केही थाहै रै’नछ । अस्तिका दिन उनी नेपालगञ्ज पुगेर गर्जेछन्ेकसैले कालो बजारी
गरेको पाइए कडा कारबाही हुन्छ । बस्नेतले नगदी गर्जन सुनेर धेरैले ओठ लेप्र्‍याए छन् । डिजल, पेट्रोल, ग्याास, खाने तेल, खाद्यान्न सबैमा कलो बजारी भै’राछ भनेर यत्रा मिडियाले कानको जाली फुटुन्ज्याल चिच्याउएको बस्नेतले भेउ पाएकै रैनछन् । भेउ पाएको भए त कारबाही गर्छु भनेर त्यसरी जग हासाउने गरी फलाक्ने नै थिएनन् । कि कसो हौ ?
आफै धामी आफै झाक्री
झालेमालेका अध्येक्षे माने अहिलेका पर्धानमन्तरी खप्रओ आफै धामी आफै झाक्रीको दोहोरो भूमिकामा देखिएका छन् । हुन त झालेमालेले जहिल्यै पनि दोहोरो भूमिकामा देखिने गरेको सबैलाई थाहै छ । देश यस्तो संकटको अवस्थाका छ खप्रओले आफ्ना भाते संगठनका कर्मचारीलाई चाकडी लगाएर राष्ट्रबैंक घेराउ गर्न निर्देशन देका छन् । जन्ताले औषधिसम्म किनेर खान
नपाइरा’को बेला एमालेका भाते संगठनका कर्मचारीहरु चाहिा तलब र सुविधा बढा भनेर बैंकमा घेराउ गरिरहेका छन् ।, कााग्रेसले चिरिन्जवी नेपालको गभर्नर बनाएसी झाले मालेका खप्रओको टाउको दुख्दै आएको थियो । त्यसैले उन्ले आफ्ना भाते कर्मचारीलाई उराले । हैन भने यस्तो बेलामा आन्दोलन नगर भनेर आफ्ना भाते कर्मचारीहरुलाई सम्झाई बुझाई गर्नु पर्दैन ? दालमे जरुर कुछ काला है ।
फेरि मोर्चा
मधेशतिर जारी आन्दोलनलाई चर्काउन अर्को एउटा मोर्चा फेरि थपिने भएको छ । एउटा मधेशी मोर्चाले गरेको आन्दोलन थेग्न खप्रओ अशक्त देखिएको अवस्थामा फेरि अर्को मोर्चा आन्दोलनमा सहभागी हुने भएसी’खप्रओलाई भालुको कन्पट हुने भएको छ । एउटै मोर्चाले
गरेको आन्दोलन थेग्न नसकेर हायलकायल भएका ओलीको नाकमुख कलेटी परिसकेको छ । अझ अर्कोैे मोर्चा आन्दोलनमा थपिने भएसी खप्रओका शनिदशा शुरु भएको घण्टाघरलाई पनि लाइराछ । मोर्चामा शरदसिंह भण्डारी, अनिल झा, जयप्रकाश प्रसाद गुप्ता, राजकिशोर यादव रहेका छन् । मधेश आन्दोलनलाई टुंगोमा नपुर्‍याई अब विश्राम लिइदैन भन्दै उनीहरुले अस्तिका दिन जनकपुरमा कसम समेत खाएका छन् । ता अखण्डवालाहरु पनि आन्दोलनमा उत्रेका छन् । क्षेत्रीय पार्टीहरुले शुरु गरिसकेका छन् । संसदमै पनि आन्दोलन शुरु भएको छ । हुादाहुादा खप्रओको दलभित्रै पनि आन्दोलन चर्कन थाल्या
छ । घण्टाघरलाई लाग्न थाल्या छ अब चाहिा ओली गेले ।
बेकामे अख्तियार
नपाउनेले केरा पायो गुदी फालेर खायो भनेझौ अख्तियार दुरुपयोग अनुसन्धान आयागको प्रमुख हुादा लोकमानसिंह कार्किले धेरै कुछ गर्ने
रै’छन् भन्ठान्या सबै यतिबेला बेकामे अखितयारको नामै सुन्न चाहादैनन्. । जता फर्कियो उतै भ्रष्टाचार हुादा पनि अख्तियारका मुखिया कानो र बाहिरो हुन पुगेका छन् । हुन त ठूला माछा भएको दुलोमा अख्तियारले कहिल्यै हात हालेन । साना माछा मार्ने पियन, बहिदार, खरदार, मुखियाले दुई चार सय यसो कसैसाग हाता खर्च लिइहालेमा शंक फुकेर त्यस्तालाई अठ्याउाथ्यो, यतिबेला ठूला माछाले चौतर्फी माल बजाइरहादा पनि अख्तियारका मुखिया, टंगाल दरबारबाट बाहिर निस्किदैनन.् । मधेशमा आन्दोलन चर्किएसी यहाा पेट्रोल, ग्याास र डिजल बाटैबाट गायव हुन्छन् । तर अख्तियारका प्रमुख वास्तै गर्दैनन् । आखिरी यो सबै कमिशनकै चक्कर त होला नि हैन काजी साहेव ।
रातो स्टिकर
नेपालाा भुइाचालो आएसी बस्नै नहुने राजधानीका कैयौ घरमा रातो स्टिकर लगाएका घरमा बसेका छन् । तर उनीहरुको मनमा शान्ति छैन । कतिबेला अर्को भुकम्पले धक्का देला र जमिन मुनिको बास होला भनेर उनीहरु रातमा पनि दुई चार पटक बौरिएर सुत्छन् । यतिबेला माउवादीका अध्येक्षे प्रचण्डाउलाई पनि त्यस्तै भएको छ । उनी रातमा मात्र हैन दिनमा पनि वौरिन्छन् । माउवादी पार्टी रातो स्टिकर टाासेको घरजस्तै भा’छ वैधले छोडेर गए, विप्लवले छोडेर गए, मातृकाले छोडे, मणि थापाले छोडे । अब हुादाहुादा यतिबेला आएर बाउरामले नि छोडेर हिडिदिए । छोड्नेको लर्को यसैगरी लाग्दै जाने हो भने भोलि पेरिस डााडामा प्रचण्डाउ एक्लै रहलान जस्तो छ । लौहै प्रचण्डाउ केही गर्नुपर्‍यो नत्र एक्लै परिएला ?
अन्तेमा
हगाई भन्दा पदाई ठूलो भन्थे हो रै’छ । अब हेरौ न ७,८ बर्ष सम्म राज्येको सम्पत्तिमा पौडी खेलेका यसभन्दा अगाडिका राष्ट्रपति
रामवरन जादव, उपराष्ट्रपति
परमानन्द झा, सभामुख सुभाषचन्द्र नेम्वाङ्गलाई खप्रओको सरकारले आजीवन बस्ने घर, नयाा गाडी, गार्ड, सचिववालय, औषधि उपचार र भत्ता सबै दिने निर्णय गरेछ । हैन ती लाउकेहरुलाई किन त्यतिका सुविधा दिनु हा ? तिनले देशका लागि के चाहिा खालो सारेका थिए हा ? जनता औषधि किनेर खना नसक्ने अवस्थामा छैनन्, घर घरमा चुल्हो बल्न छाडेको छ तर सरकार राज्यको स्रोत साधन मनपरी ढंगले बााड्न तम्सेको छ । शायद खप्रओले भोलिका दिनमा आफ्नो बाटो खोल्या होलान्, कोही छ भने जहाजमा सरर कोही त भने पसिना तरर भनेर गीत गाउने खप्रओले अहिले त्यही गीतलाई चरितार्थ गर्‍या हुन कि क्या हो ?
त्र

तपाईको प्रतिक्रिया