काठमाण्डौ/भारतीय नाकाबन्दीले मुलुकको आर्थिक अवस्था ऋयात्मक हुन पुगवेका बेला सरकारले कानुनी मापदण्डै नबनाई निवर्तमान भीभीआइपीहरु राष्ट्रपति, पूर्व उपराष्ट्रपति र पूर्वसभामुखलाई आजीवन विलासी गाडी सुविधा दिएको छ ।
मुलुक आर्थिक सं)कटमा परेका कारण भुकम्पपीडितलाई घर बनाउन दुई दुई लाख रुपैया दिने निर्यात समेत कार्यान्वयन गर्न नसकिरहेको सरकारले भीभीआइपीहरलाई चालक, इन्धन र मर्मत खर्चसहित विलासी गाडी सुविधा दिएको हो ।
सर्वोच्च अदालतले कानुन नबनाई भीभीआइपीहरुलाई कुनै सुविधा नदि न दिएको निर्देशन उल्लघन गर्दै सरकारले पूर्व राष्ट्रपति रामवरण यादवलाई सचिवालयसहितको आवासस र गाडी सुविधा दिएको छ । पूर्व उपराष्ट्रपति परमानन्द झालाई चालक र इन्धनसहितको गाडी सुविधा दिएको छ ।
पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्व न्यायाधीश, पूर्वसभामुख र पूर्व गृहमन्त्रीसम्मका पूर्व विशिष्ट पदाधिकारहरुलाई आजीवन ग८ाडी लगायत सुविधा दिन गरिब मुलुकको अर्थतन्त्रले धान्न नसक्ने आवाज चर्को रुपमा उठेपछि यसअघि सरकारले उनीहरुलाई सुविधा दिने गरेको निर्णय फिर्ता भएको थियो ।
प्रधाननमन्त्री केपी ओली नेतृत्वको सरकारले मुलुकको गिर्दो अर्थतन्त्रको पर्वाहै नगरी पलिहलो चरणमा निवर्तमन पूर्वविशिष्ट पदाधिकारीहरु यादव, झा र नेम्बाङलाई आजीव्न गगाडी लगायत सुविधा दिएको हो ।
सरकारले पूर्वराष्ट्रपति यादव र पूर्व उपराष्ट्रपति झालाई उनीहरु पदमा बहाल हुादा चढेर्कै विलासी गाडी सुविधा दिएको छ । पूर्वराष्ट्रपतिलाई निवासमा शाखा अधिकृत , नासु र कार्यालय सहयोगीसहितको सचिवालयको सुविधा समेत दिइएको छ ।
यादव र झाले पदबाट बाहिरिदिा आफू बहाल हुादा चढेकै गाडी आफूखुशी लगेका थिए । मन्त्रिपरिषद् वैठकले पछि दुवै जनालाई उनीहरुलाई प हिले चढ्दै आएकै गाडी सुविधामा दिने निर्णय गरिदिएको प्रधानमन्त्री कार्यालय स्रोतले
जनायो । झाले उपराष्ट्रपतिको गाडी लगेका कारण नयाा उपराष्ट्रपति नन्दबहादुर पुनका लागि नयाा गाडी खरिद गर्न मन्त्रिपरिषद्बाट निर्णय उपराष्ट्रपति कायालयलाई ६० लाख रुपैया निकासा दिएको छ ।
सरकारले निवतमृमान सभामुख सुवास नेम्वाङलाई समेत विलासी गाडी सुविधा दिने निर्णय गरेको छ । नेम्वाङलाई गाडी खरिद गरी सुविधा दिन मन्त्रिपरिषदको निर्णय अनुसार संसद् सविचालयलाई ६० लाख रुपैया निकासा दिइएको छ । सविचालयले केही दिनभित्रै गाडी खरिद
गरी नेम्वाङ्गलाई उपलब्ध गराउनेछ ।
पूर्वराष्ट्रपति यादव, पूर्व उपराष्ट्रपति झा र पूर्व सभामुख नेम्वाङलाई चालक, ममर्त खर्चर इन्धन खर्च समेत दिइएको छ । पूर्वराष्ट्रलाई २ सय, पूर्वउपरषट्रपतिलाई १ सय ७५ र पूर्वसभामुखलाई १ सय ५० लिटर पेट्रोल मासिक उपलब्ध गराइनेछ ।
सरकारले पूर्वराष्ट्रपति, पूर्व
उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुखलाई चालक, इन्धनसहितो गाडी सुविधा दिन गृहमन्त्रत्रालयलाई निर्देशन दिएको थियो । गृहले सर्वोच्चको निर्देशन विपरीत कानुनी मापदण्ड नबनाई दिन सकिदैन भन्दै भीभीआइपीहरुलाई सुविधा दिने पप्रीस्ताव मन्त्रिपरिषद्मा न लगेको स्रोतले जानायो । गृहले नमानेपछि नेम्वाङको आग्रहमा संसद सविचालयले उनलाई गाडी सुविधा दिन मन्त्रिपरिषदसमक्ष प्रस्ताव लगेको पनि स्रोतले बतायो ।
गृहले पै्रस्ता नलगेपछि प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा मन्त्रिपरिषद्ले यादव, झा र नेम्वाङलाई गाडी लगायत सुुविधा दिने निर्याय गरेको पप््रधानमन्त्री मन्पिरिषद कार्यालयका एक अधिकारीले जनाए ।
पूर्वसभामुखमन्दा माथिल्लो ओहोदाका पूर्वप्रधानमन्त्री र पूर्वप्रधानन्यायाधीशहरु कसैलाई पनि गाडी सुविधा नदिएको मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको ठाडो आदेशमा पूर्वसभामुख नेम्वाङलाई मात्र गाडी सुविधा दिन
रकम निकासा गरेको हो । पूर्वसभामुखहरु दमननाथ ढुंगाना, तारानाथ रानाभाट र रामचन्द्र पौडेललाई यस्तो सुविधा दिने निर्णय भएको छैन ।
निवर्तमान राष्ट्रपति यादव र उपराष्ट्रपति र पूर्व उपराष्टङाध्यक्ष भएकोले गाडी सुविधा दिएको हो, मन्त्रिपरिषदका एक अधिकारीले भने–तर नेम्वाङलाई भने प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका नेता भएकोले सुविधा दिलाएका हुन् ।
अघिल्लो सरकारका पालामा तत्कालीन गृहमन्त्री बामदेव गौतमले पूर्वराष्ट्रपतिदेखि पूर्व सभामुखसम्मका पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन विलासी गाडी, सरकारी आवास तथा सविचालय सहितको सुविधा दिने कानुनी व्यवस्था गर्न संसद्मा विधेयक दर्ता गराएका थिए ।
गरिब मुलुकको अर्थतन्त्रले पूर्वभीभीआइपीहरुलाई आजीव्न वि लासी गाडी, सविचालय र आवाससहतिको सुविधा दिनु हुसदैन भनेर विधेयकको विरोध भएपछि तत्कालीन सभामुख नेम्वाङकै आग्रहमा सरकारले विधेयक फिर्ता लिएको थियो । अहिले भने नेम्वाङकै आग्रहमा सरकारले उनलाई विलासी गाडी सुविधा दिन लागेको हो ।
