घण्टाघरबाट हेर्दा

भट्याउने ओली
थुतुनोले नभ्याए पिाधनाले समेत अनेकौ उखान तुक्का भनेर जग हासाउने अप्रओ हिजो आज फिटिक्कै उखान तुक्का भन्न छाड्या छन् । पर्धातमन्तरीको जडौरी कोट भिर्नु भन्दा ओलीको भट्याइ सानो थिएन । सत्तामा पुगेसी’ ओलीले आकाशबाटै के के न बर्साउला झै गर्थे हिजो आज अचानक उन्को थुतुनो ट्याप्प भएसी’ ताइन तुइाको चर्चा हुन थाल्या छ । नेप्लीज जनताले पेट्रोल, डिजल, ग्याास, चामल, नुन, तेल पाउन छाड्या छन् । जनताले पाउन कि नपाउन खप्रओलाई बाल मतलबै छैन । बाल्कोटबाट वाल्वाटाराा सरेका अप्रओलाई के टेन्सिन ? सलोट खाना पाकै छन्, मर्सिटिजमा हुइकिन पाकै छन्, अरुका घराा दाउरा नबलेनी उन्कामा ग्याास बलेकै छ । कुर्सी फोर, हत्यारा, डाका, भ्रष्टाचारीलाई नन्दीभृंगी बनाएकै
छन् । जे होस् ओलीका खप्पराा श्रीचाहिा लेखिएकै रै’छ बा †
फेरि मन लाग्यो रे
राष्ट्रपति राम वरन जादवलाई फेरि राष्ट्रपति हुन मुन लाग्यो रे । सुन्दा पनि खुतुखुतु हाास्न मन लाग्छ । राष्ट्रपति हुन कसलाई मुन लाग्दैन र ? मुन लाग्यो भन्दैमा पाइने भए त सबै राष्ट्रपति हुन्थे । देउती कट लागेर दुई बर्षका लागि राष्ट्रपति भाका जादव ८ बर्षसम्म राष्ट्रपति हुादा नि सन्तोष नभाका । सधै यिन्लाई नै राष्ट्रपति दिने हो भने अरुचाहिा के मादल बजाएर बस्छन् । शितल निवासमा बिना काम टङ्गी पसारेर बस्न कसलाई मन लाग्दैन ? अब थपक्क सपहीतिर गएर भैस पाल्ने रामवरन ज्यू । पूर्खाको बिडो थाम्नु
परेन ? नेपाली जनताले सधै तिम्रा निधाराा टीका लगाएर शितल निवासको मालिक त बनाउदैनन् । खै कुरो
बुझ्या ?
माकुनेको चिन्ता
झालेमालेका नेता माकुनेलाई हिजोआज एउटा चिन्ताले खुबै सताउन थाल्या छ रे । हुन त उनलाई धेरैवटा चिन्ताले सताएको होला । अब फेरि पार्टीको मुख्य पदमा पुग्छु कि पुग्दिन, फेरि सिंहदरबारको भित्तामा फोटो झुण्ड्याउन पुगिएला कि नपुगिएला । यस्ता दर्जनौ चिन्ता छन माकुनेलाई यतिबेला । हुादाहुादा अर्को चिन्ताहिा उन्लाई के थपिएछ भने एमालेका अध्क्ष्यक्षे खप्रओ माउवादीसाग धेरै झुको भनेर खप्रओले यति झुके रे झुक्दा झुक्दा राम्रा राम्रा मन्त्रालय सबै माउवादीले भ्याइदिएछ । माने लगि दिएछ । चन्द्र निगाहापुर तिरका गोडा दशेक गलगााडाहरुका लागि बडो फूर्ति लगाउदै माकुनेले भनेछन् सबैले आफूलाई राष्ट्रपति बनाउन चाहेका छन् । तर म ज्यान गए बन्दिन । म अझै सक्रिय राजनीति गर्छु । माकुनेको कुरा सुनेर भेला भएका गलगााडाहरु पनि एकपटक खित्का छोडेर हाासेछन् । माकुनेलाई राष्ट्रपति बनाउनुपर्छ भनेर अहिलेसम्म कसैका थुतुनोबाट बाहिर आएकै छैन । कसैले तपाई भनोस् कि नभनोस् आफू मपाई भन्या यही हो ।
चीनले तेल दिने रे
अस्तिका दिन माउवादीका र झालेमालेका केही नेता लुसुकक चिनियाा राजदुतावास छिरेछन् । घण्टाघरले आफ्नो वाइनाकुलर सोझ्याएर नहेर्ने कुरै भएन । चिनियाा राजदुतका अगाडि १ सय ९० कोणमा झुक्दै सत्ताका पास लाग्न थालेको मुड्की उचालेर अभिवादन गरे । त्यसपछि कुरा चल्यो हाम्लार्इी तेल दिनुपर्‍यो । धुप हाल्नेसम्म तेल नभएर हाम्रो वेहाल भइसक्यो । राजदुतले पनि च्याा च्याा र चुा चुा गर्दै भने हामी धूप हाल्नेसम्म तेलको व्वस्था गरिदिउला । राजदुतावासबाहिर निस्केर झालेमाले र माउवादीका नेताहरुल्े सामाजिक सञ्जालका कोकोहोलो मच्चाए अब चीनले नेपालका सडकै धुन पुग्ने
गरी तेल दिने भयो । घण्टाघर पनि शुरुमा त कम्ता मख्ख पर्‍या थेन । दक्षिणबाट नभए पनि उत्तरबाटछ आउने भयो आफ्नो पनि थोत्रे बाइक धुवा उडाएर गुड्ने भयो भनेर । तर दुई महिना बित्न लाग्यो च्या च्या र चुा चुाले थोपै छिराएको भए मरिजाउ ।
परिवर्तन हेैन पुनर्लेखन
संघीय समाजवादी फोरमका अध्येक्षे उपिन्दर जादवले भन्या सविधान संशोधन गरेर मभधेशको आन्दोलन रोकिदैन । पुनर्लेखन नै हुनुपर्छ रे । यी जादव पनि के खोचे थापेका होलान् ? आट बर्षमा बल्ल बल्ल अपानवायु छाडेर बनाएको संविधान पुनर्लेखन हुनै सक्दैन भनेर अप्रओलगायत सत्ताका छलीको स्वाद पाएकाहरु चिच्याउन थाल्या छन् । मधेशमा जारी भएको आन्दोलनले गोल्डेन जुब्ली बनाएर रजत महोत्सव मनाउने बेला भइसक्यो , दशैमा आाखा चिम्लेर अलिकति खुकुलो मात्र बनाएको रे जादव भन्या । दशै पछि त उत्पातै मच्चाउने रे । लहै खप्रओ अहिलेको आन्दोलनले सबैका घरमा चुलो बल्न छाड्यो, विचार गर है ।
गमक्क दाहाल
मरेको मान्छेलाई जुम्राले छोडेर हिडेझौ आफ्ना आसेपासे, बरिष्ठ नेता सबैले छोडेर हिाड्दा पनि माउवादीका अध्यक्षे प्रचण्डाउलाई कुनै चिन्ता र पछुतो छैन । हुन त प्रचण्डाउ माउवादीका आजीवन अध्येक्षे नै
हुन् । २५/३० बर्षदेखि उनी एकलौटी अध्येक्षे हुादै आएका छन् । सप्पैले छोडेर हिडेनी उनी अध्यक्षे नै रहन्छन् । अब यतिबेला चाहिा प्रचण्डाउ बढी गमम्क हुनुको रहस्यचाहिा अर्कै रहेछ । त्यो के भने सधैका टाउको दुखाइृ बन्दै आएका बाउरामले पार्टी छोडिदिए । बाउरामले पार्टी छोडेपछि उनको शरीर हलुका भा’छरे । त्यसमाथि झालेमालेसाग मिलेर सरकार बनाउादा महत्वपूर्न मन्त्रालय जति प्रचण्डाउकै पोल्टामा परेर रे । त्यसमाथि उच्च स्तरीय
राजनैतिक संयन्त्रको पचण्डाउ अध्येक्षे समेत बने । अनि प्रचण्डाउ गमम्क नपरेर कोचाहिा पर्छ त । कि कसो हौ ?
ग्लोबल टेन्डर
नामर्दकी स्वास्नी हुनुभन्दा मर्दकी कमारी हुनु वेश भनेर त्यसै भन्या हैन । आफ्नो लगौटी सम्हाल्न नसक्नेले अरुलाई भलिभााति गाली गरेर के गर्नु ? अब हेरौ न इन्धनमा भारतले नाकाबन्दी गर्‍यो भनेर त्यो आयल निगमले बडो फाइा फुई गर्दे ग्लोबल टेन्टर आवहान गर्‍यो । अलिकति महागो भएपनि अबचाहिा के दिनमै तेल आउने भो भनेर नेपालीहरु मख्ख पर्‍या थे । तर यतिका दिन बितिसक्दा पनि ग्लोबल टेन्डरको टाउको पुच्छर कता छ अत्तोपत्तो छैन । हुति नहुनेले कनि प्याउ प्याउा बोल्नु ? हुन त यो मुलुका बोल्नेहरुमाट छन्., काम भने सिन्को भााच्ने हैनन् ।

तपाईको प्रतिक्रिया