लामो समयको अन्यौलाता पछि बल्लविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सुरक्षाको जिम्मा नया कम्पनीको रुपमा केटिएम सेक्युरिटी सर्भिसेस प्रालिलाई दिएको छ । ९ महिना अघिनै टेण्डर आव्हान भएको भए पनि प्रतिष्ठानले सुरक्षाको जिम्मा कसलाई दिने भनेर निर्णय गर्न नसक्दा प्रतिष्ठानमा सुरक्षा अन्योैला बढ्दै गएको थियो । प्रतिष्ठनानको सुरक्षाको लागी विभिन्न ११ कम्पनिले टेण्डर विट गरेका भए पनि सबै भन्दा उत्कृष्ट तथा सबै प्रक्रिया पुरा गरेका भन्दै प्रतिष्ठानले केटिएम सेक्युरिटी सर्भिसेस प्रालिलाई सुरक्षाको जिम्मा दिने निर्णय गरेको हो । नौ महिना अगाडि नै जिम्मेवारी पाउनु पर्नेमा गत सोमबार मात्र प्रतिष्ठान र केटिएमबीच सम्झौता भएको हो । यस अघि प्रतिष्ठानको सुरक्षाको जिम्वेवारी गु्रप फोर सेक्युरिटी ले संम्हाल्दै आएको थियो । मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै केटिएमले औपचारिक रुपमा विहीबारबाट प्रतिष्ठानमा सुरक्षा दिने बताएको छ । ११ वटा सेक्युरिटी कम्पनीहरुमध्येबाट मापदण्डमा उत्कृष्ट छनौट हुदै केटिएमले २ करोड १० लाखमा ठेक्का पाएको केटिएमका प्रमुख कार्यकारी रामेश्वर शाहले बताउनुभयो । प्रतिष्ठानको ठूलो क्षेत्र ओगटेको सयौ आवास गृहहरु लगायत प्रसासनिक कार्यालयहरु रहेको तथा करोडौको उपकरण र अर्बौको चलअचल सम्पत्ति सुरक्षा गर्ने जिम्मा पाउदा अवशरसगै चुनौती पनि रहेको केटिएमका प्रमुख कार्यकारी शाहले वताउनुभयो । चुनौती हुदा हुदै पनि उच्चत्तम सुरक्षा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाले प्रतिष्ठानमा कार्यरत पुराना सुरक्षा कर्मचारीहरुलाई समेत रोजगारीको व्यवस्था गर्दै कुल १ सय २९ जना सुरक्षाकर्मीहरु परिचालति गर्ने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानको सुरक्षाको पूर्ण जिम्मेवारी पाएका नेपाल प्रहरीका पूर्व डिएसपी रुपमकुमार लामाले सुरक्षाकर्मी, प्रतिष्ठानका विद्यार्थी, कर्मचारी, पदाधिकारी र स्थानीय नागरिक समाजलाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रतिष्ठान हाताभित्र सिसी क्यामेराहरुको उचित प्रबन्ध गर्ने र वाकीटकी सेटहरुका आधारमा सुरक्षाकर्मीहरुबीच सञ्चार गर्ने रणनीति रहेको केटीएमका तर्फबाट सेक्युरिटी म्यानेजर पूर्व डिएसपी लामाले बताउनुभयो । ोबाइल पट्रोलियम, क्युआरटी (क्विक रेस्पोन्स टिम) जस्ता अत्याधुनिक रणनीति अनुसार प्रतिष्ठानको सुरक्षाको प्रबन्ध मिलाइएको कम्पनिले जनाएको छ । प्रतिष्ठानमा सबैतिर पर्खाल नहनु, सिसी क्यामेराहरुको राम्रो प्रबन्ध नहुनु, सवारी साधन आफुखुसी पार्किड गर्ने र सुरक्षाकर्मीलाई जिम्मा नलगाउने,ट्राफिक नियम पालना नगर्ने, सुरक्षाको नियम पालना नगर्ने, विरामी र कुरुवाहरुको चाप बढी हुने जस्ता चुनौतीहरुबीच केटिएमले सुरक्षाको प्रत्याभूति गरेको सेक्युरिटी म्यानेजर लामाले बताउनुभयो ।
