दुर्गापूजासंगै श्रीमद् भागवत पुराण लगाउने तयारी

धरान/प्रत्येक बर्ष नवदुर्गाको पूजाआजा गर्दे आएको नवदुर्गा पूजा
समारोह समितिले यस बर्ष भने श्रीमद्देवी भागवत पुराणको समेत आयाजना गर्ने भएको छ ।
समितिले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालीहरुले ०७२ साल अत्यन्तै कष्टपूर्ण ढंगले गुजार्नुपरेको भन्दै यस्ता कष्टकर जीवनबाट सम्पूर्ण नेपालीले सधाका लागि पार पाउन भन्ने उद्देश्यले धरान ४ नेपाल टेलिकमको अगाडि श्रीमद् भागवन पुराणको समेत आयोजना गर्ने भएको छ ।
आठ बर्षदेखि लगातार रुपमा घटस्थापनाको दिनदेखि नवरात्रीसम्म नव दुर्गा भवानीको पूजा आरधना गर्दै आएको समितिले असोज २६ गते मंगलबारदेखि नौदिनसम्म श्रीमद् भागवत पुराण लगाउने समितिका सचिव सीताराम आचार्यले जानकारी दिनुभयो ।
०७२ साल वैसाख १२ गते आएको महाविनाशकारी भुकम्प, त्यसपछि आएका पराक्रम र बाढी पहिरोका साथै संविधान निर्माण पछि भारतले लगाएको अघोषित नाकाबन्दीका कारण नेपालीले अत्यन्तै कष्टकर जीवन विताउनुपरेकोले शान्ति स्वरुप पुराणको आयोजना गर्न लागिएको उहाको भनाई छ ।
कार्यक्रम अनुरुप असोज २६ गते मंगलबार विहान ६ बजे कलश यात्रा, प्रत्येक दिन १ बजेदेखि बेलुका ४ बजेसम्म भागवत पुराण गर्ने छ भने साझ ७ बजेदेखि हाजिरी जवाफ प्रतियोगिता एवम् झाकी प्रदर्शन
गर्ने समेत आयोजकले जानकारी दिएको छ ।
त्र

तपाईको प्रतिक्रिया