मधेशवादी दलको लामो बन्द, हड्ताल र भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन चौपट्ट पेट्रोल, ग्याँस लगायत अत्यावश्यक सामाग्री पाइनै छाड्यो, आयल निगम भन्छ अब तेल छैन

धरान/मधेशवादी दलले गरेको लामो बन्द र हड्तालसागै एक साता यता भारतले गरेको अघोषित नाकाबन्दीका कारण पूर्वाञ्चलको जनजीवन चौपट्ट भएको छ ।
सात दिनदेखि सीमा नाकाबाट आयात ठप्प हुादा जनजीवन नै चौपट्ट हुनुले नेपाल सरकारको हैसियत समेत उजागर भएको छ । एक बर्ष अर्थात केही महिना सम्मका लागि अत्यावश्यकीय पेट्रोलियम पदार्थ, ग्याास, नुन लगायतहरुको भण्डारण गर्न सक्ने क्षमता समेत सरकारमा देखिएन ।
पेट्रोलियम पदार्थको अभावमा मानवीय सम्वेदनशीलताको हिसाबले समेत नभई नहुने एम्बुलेन्सहरु समेत यतिबेला पूर्वाञ्चलमा पातलिदै गएका छन् । निजी सवारी साधन मोटरसाइकलको चाप सडकमा छैन, ठूला सवारी साधनहरु तेल नपाएर
ग्यारेजहरुमा थन्किन थालेका छन् । तराई मधेश झण्डै ४५ दिनदेखि बन्द रहेको छ । पातलो मोटर साइकलबाहेक साना ठूला कुनैपनि सार्वजनिकका सवारी साधन तराई मधेशमा चल्न सकेको छैनन् । धरानबाट पूर्वाञ्चलका पहाडी क्षेत्रमा चल्ने सवारी साधन समेत तेल अभावकै कारण थन्किन पुगेका छन् ।
यो अभाव कहिलेसम्म भन्ने कुरामा कसैले यसै भन्न सक्ने अवस्थामा छैन । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयका वितरण प्रमुख नकुल भण्डारी भन्नुहुन्छ पााच दिन यता जोगवानी तथा कााकडभिट्टा नाकाबाट एक थोपा तेल आएको छैन । त्यस भन्दा अगाडि प्रहरीको स्कर्टिङ्गबाटै भएपनि थोरै मात्रामा ट्यांकरहरु भित्रिएका थिए । तर पााच दिनदेखि पूरै ठप्प छ । हामीसाग स्टक मैज्जाद कति छ त भन्ने जिज्ञासामा भण्डारीको कथन छ त्यो हामीले यति नै छ भनेर भन्न मिल्दैन तर न्यून स्टोक छ । भण्डारी भन्नुहुन्छ यो न्यून स्टकलाई पम्पहरुमा वितरण गर्न सक्ने अवस्थामा आयल निगमसाग छैन । सुरक्षाकर्मी, एम्बुलेन्सका लागि मात्र तेल उपलब्ध गराउने कुरा भइरहेको छ । केही दिनभित्रमा थप पेट्रोलियम पदार्थ नआएमा न्यून स्टक पनि सिद्धिन्छ भण्डारीको कथन छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी लगायतको हिजो बसेको बैठकले पनि अब थप तेल आयत नहुन्ज्याल पूर्वमा रहेका कुनै पनि पेट्रोल पम्पलाई एकथोपा पनि तेल नदिने निर्णय गरेको छ । नेपाल आयल निगम पूर्वाञ्चलको विराटनगरस्थित डिपोमा हाल ८ सय ९० केल डिजल, ५ सय ६० केल पेट्रोल र २२ सय केल मट्टितेल मात्र भण्डारणको क्षमता रहेको छ । भण्डारणको क्षमता बढाउने सम्बन्धमा गठन हुने गरेका प्रत्येक सरकारका पालामा व्यापक कुरा उठ्छन् तर पछि कमिशन भागबण्डा लगायतका कारणले त्यसै सेलाएर जान्छन् ।
भारतले नेपाल तर्फकै असुरक्षाको कारण देखाई जोगबनी नाका र काकडभिट्टा नाकामा दुई सय भन्दा बढी पेट्रोल, डिजल तथा मट्टितेल बोकेका ट्यांकरहरु रोकेर राखेको अरुण पेट्रोल पम्प धरानका सञ्चालक गोपाल श्रेष्ठ बताउनुहुन्छ । यस भन्दा अगाडि धरानका पााचवटा पेट्रोलपम्पहरुमा पालो सिस्टमले तेल उपलब्ध गराउादै आएको भएपनि हाल रोकिएको छ । काकडभिट्टा भन्सारको मुखमा अन्य स–साना सवारी साधन, खाद्यान्न, लत्ता कपडा बोकेका ट्रकहरुको लाइन आठ किलोमिटरसम्म रहेको र जोगवनीको अवस्था पनि त्यस्तै रहेको श्रेष्ठको भनाई छ । पेट्रोलियम पदार्थको आपूर्ति हुन नसक्दा यातायात क्षेत्रमा कार्यरत मजदुरहरु वेरोजगारी भएका छन् । उनीहरुको दैनिकी तास खोलेर समय विताउनु भएको छ । यातायात मजदुर रमेश खत्री भन्नुहुन्छ, सरकारको नालायकीपनले आफूहरु
वेरोजगार हुनु परेको छ । न सरकारले रोजगार दिन सक्छ, न हामीलाई
गरिखाने वातावरण नै बनाइदिन्छ । अब दशैं मुखैमा आइसक्यो, परिवारको टोकेसो शुरु भइसकेको छ, हाम्रो पीडा कसले बुझ्ने उनको आक्रोस छ ।

तपाईको प्रतिक्रिया