धरान । पतञ्जली योग पिठ तथा आयुर्वेद कम्पनी नेपालको ३ सय १४ रोपनी जग्गा गैरकानुनी रुपमा विक्री वितरण र हिनामिना गरेको अभियोगमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र उनका तत्कालीन क्याविनेटका मन्त्री समेत जाकिने भएका छन् ।

यस भन्दा अगाडि केपी शर्मा ओली प्रधानमन्त्री रहेको अवस्थामा ३५ लाख धरौटी बुझाएर सोही प्रकरणमा बाहिर आएका नेपाल सहितका तत्कालीन क्याविनेट मन्त्रीहरुलाई विशेष अदालतले वकपत्रका लागि उपस्थित हुन आदेश दिइसकेको छ । न्यायाधीश नारायणप्रसाद पौड्याल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले माधवकुमार नेपालसहित मिनेन्द्र रिजाल, रकम चेम्जोङ, मृगेन्द्रसिंह यादव, उमाकान्त चौधरीलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । आदेशको अवज्ञा गरेमा पक्राउ गरी उपस्थित गराउनसमेत अदालतले आदेश दिएको छ ।
