मटनकाजीको टाउको दुखाई
हाम्रातिर एउटा उखान बडो चर्चित छ । कुकुर ज्यादा डरायो भने पाद आउन्ज्याल भुक्छ रे । सुधन गुरुङ गृहमन्त्रीमा कमब्याक भएसी’ सबैभन्दा बढी भुक्नेमा लाउरेसका कथित मुखिया मटनकाजी, झालेमालेका उखान टुक्के बा, माउवादीका नरदाव बा र यिनीहरुका देशैभरि छरिएर रहेका सात पुस्ता सम्मका फरियावाद, हुक्के, ढोके, बैठके, नन्दी, भृंगी, भूत पिचासहरुको अनुहारमा चैैवीसै घण्टा बाह« बजेको छ । नवजोस पनि कसरी अब तिन दशक अगाडि देखिका सबै फाइल घुरेलुमन्तरी गुरुङले खोल्ने भा’छन् । सत्ताको स्वादै चाख्न नपाई झ्याइँकुटीमा पार्ने त्रासले लाउरेसका मुखिया अरुभन्दा एकहात अघि सरेर किन भुक्छन् भन्या त कुरो बडो गहिरो रै’छ । अरुले त तै दुई चार खेप वाल्वाटारमा पसारिन र सिंहदबारको कुर्सी गन्धेपरी बनाउन भ्याइसक्या हुन् । उमेरले पनि घरले जाजा घाट आइज आइज भन्ने बेला भा’ हुन् । क्या फसाद छ मटन काजीलाई ड्याङ्गै बाखै्र गोठका, बालुवाखानीका, गतिलै दाम मिलाएर गरिएका नियुक्तिका, करोडका उपकरण अरबमा खरिद गरिएका फाइल गुरुङले खोल्दिए भने सिछिएन ? त्यसैले मटन काजी हिजो आज अपानवायु निस्किाउन्ज्याल भुक्न थाल्या छन् ।
सबै ट्रेड युनियन चिलिम
सरकारी जागि खाएर डलरको व्यापार गर्दै आएका, काम भन्दा ज्यादा दलहरुको झोला बोक्ने, काम फिटिक्कै नगर्ने, उद्योगीहरुसँग मालको बार्गेनिङ्ग गर्ने, आन्दोलन गर्ने, उद्योगमा ताला लगाउने ट्रेड युनियन धारककहरुको अदालतले उठिबासै लगाइदिएछ । अध्यादेश ल्याएर बालेन्द्र सरकारले त्यस्ता ट्रेड युनियन खारेज गरेपनि झोले न्याधीशहरुले छलछाम ग¥या थे । अस्तिका दिन भने खारेज गर्न सरकारलाई बाटो खोल्दिएछ । तीस पैतीस बर्षदेखि दलको दलालका रुपमा काम गर्दै आएकाहरुको फूर्तिफार्ति सानो थिएन । टे«ड युनियनकै कारण पियनले हाकिमलाई नटेर्ने, कुस्त भ्रष्टाचार गरेर मालिकलाई पनि थोर बहुत बुझाउँदा चन्द्रेको बाउ इन्द्रै आएपनि तिनलाई केही लछार्न नसक्ने, करोडौको लगानी गरेर खोलेको उद्योगमा तिनै ट्रेड युनियन झोला छापको दादागिरी चल्ने । पापको घडा भरिएपछि फुट्छ भन्थे हो रै’छ ।
अस्पताल भर्ना भएछन्

झालेमालेका अध्येक्षे खप्रओ बा फेरि अस्पताल भर्ना भएछन् । आफू विरुद्ध यसो अनिष्टको संकेत पाउनासाथ अस्पताल भर्ना हुने उहाँको पुरानै आदत हो । खाउवादीको अध्यक्ष प्रचण्डाउ यस अगाडि नै अस्पताल भर्ना भैसक्या छन् । अब सिंगापुरबाट आउने श्यालबहादुर उनकी द्रव्य पिचास श्रीमति समेत अस्पतालमै भर्ना हुने होला । धन्न बलात्कारी झालेमालेका ऐन महर र मानव तस्कर राइटर बाजेचाहिँ अस्पताल भर्ना हुन भ्याएनछन् । अरुले त त्यस्तै उस्तै हो खप्रओ बालेचाहिँ यसपटक बेलैमा बुद्धि पु¥याएका हुन् । सुधन गुरुङ्ग घरेलु
मन्तरी भएपछि जेल हाल्छन् भन्ने कुरा पक्का थियो, दिनमा अँठ्याउन आए भने गुण्डुका गुण्डाहरुले बचाउलान्, राति आए भने कस्ले बचाउने ? बरु बेलैमा अस्पतालको बेडमा गएर पसारियो लण्ठैसाफ । ख्याल चलाख छन् हाम्रा खप्रओ बा ।
स्लो दिए महावीरले
मान्छे हेर्दा गोक्तो गोक्तो देखिएपनि कहिलेकाँही कुराचाहिँ महावीर पुन बडो घतलाग्दो नै गर्छन् । कहिले मन्त्री हुँदा मन्त्रालयमै पकाएर खाएर सुत्ने, कहिले एक्लै सडकमा लखरलखर हिँड्ने, कहिले सडकमा किताब बेच्दै गनगन गर्ने पुन यतिबेला विज्ञान प्रविधि मन्तरी बन्या छन् । अस्तिका दिन तिनलाई साह«ै जंग चलेछ । लाउरेस, माउवादी र झालेमालेले पटक पटक रास्वपालाई खरानी ग्याङ्ग भनेर टोकेसो गरेपछि जंग चल्नु स्वभाविक हो । लाटो–लठेप्रोलाई हत्तपत्त रिस उठ्दैन उठेपछि थामथुमपार्न गाह«ो । बारम्बार खरानी ग्याङ भनेपछि लठेप्रोलाई मात्र होइन अरुलाई पनि रिस उठ्छ । उनले प्वाक्कै भन्दिए आफै खरानी भएको थाहा छैन अरुलाई खरानी ग्याङ भनेर रमाइरहेका भ्रष्ट झोलेहरु । हैट साह«ै काइदाले झटारो हाने । आखिरी महावीर पुन न परे । हो पनि तीन दल खरानी नै भा’छन् । अब ती न बस्न सक्छन्, न घस्रिन सक्छन् न उठ्न नै सक्छन् । सत्तामा छँदा पशुपति नाथको मैमत भैरव बन्या थिए ।
हावा जोत्न कस्ले सक्ने ?
धरानमा आफूलाई सर्बैभन्दा ठूलो मान्छे घोषित गरेका सांसद हर्कुलाई हावा जोत्नचाहिँ लत्तरो कसैले भ्याउँदैनन् । आफ्नो नाकमा आफै हात लगेर म ठूलो मान्छे हुँ भन्ने हर्कुले यतिबेला निक्कै ठूलो हावा जोतेछन् । धरानको खानपानीका लागि पर्धामन्तरी बालेन्द्र साहले एक अर्ब दिने घोषणा गरेपछि हतार हतार हर्कुले मध्यरातमा स्टाटस सामािजक सञ्जालमा पोष्ट्याएछन् । तिन्ले मैले गर्दा खानेपानीको लागि एक अर्र्ब रुपैये दिएको हो भन्न भ्याएछन् । अब सिद्धिएन । संसदमा गएको यतिका दिन बित्दा हर्कुले धरानको खानेपानीको समस्याका बारेमा चुइँक्क बोल्या भए मरिजाउँ । तिन्ले बालेन्द्र साहको राजीनामा माग्ने, सभामुखलाई तथानाम भन्ने, मुर्दावादको नारा लगाउने, हुटिङ्ग गर्ने, मलाई पर्धानमन्तरी दे भनेर बाँदर उफ्रिएर्झै उफ्रने भन्दा अर्थोक गर्दै गरेनन् । अनि मैले गर्दा बजेट देको भनेर कसरी भन्या होलान् ? हैन घण्टाघर पनि कन्Ïयुजमा प¥यो गाँठे । जेहोस् सफेद झुट बोल्न र स्टन्ड गर्नचाहिँ हर्कुबाट सिक्नैपर्न भयो । नत्र इज्जतै नहरने त्रास ।
घिउरेले यो चाहिँ सत्य भने
नेपालमा बेश्यालय खाल्न दिनुपर्छ, बेश्यालय सञ्चालन गर्न चाहनेलाई राज्येले लाइसेन्स दिनुपर्छ भनेर संसदमा आवाज उठाउने लाउरेसका पूर्व संसदीय दलमा सचेतक श्याम घिमिरेले अस्तिका दिन एउटा कुराचाहिँ बडढो सत्ये बोले है । तिन्ले रवि लामिछाने र बालेन्द्र साहको लोकप्रियता झन झन बढ्दै गएको छ । हामीले १५ बर्षसम्म रास्वापलाई जित्न सक्दैनौ भन्देछन् । वेश्यालय सम्बन्धि अबधारणाका सर्जक घिमिरेको उक्त भनाईले लाउरेसका मटन काजीको आत्मसम्मानमा चाहिँ नराम्रो धक्का पुग्या छ । कथित विशेष महाधिवेशनको नाममा हतार हतार जालझेल, कपट गरि सभापति बने र अगली बार गगन सरकार भन्ने नारा लगाए । विचरोलाई एउटै अमरेन्द्रले भकुन्ड्याई दिए । पाँच बर्षपछि त पालो आउला कि भनेर तामझाम गरिराछन् । १५ बर्षपछि त मटन काजी पनि ७०–७५ बर्षका हुन्छन् । यही पारा हो भने जीवनमा मटन काजीले कहिल्यै वाल्वाटारमा सुत्ने र सिंहदरबारको कुर्सी दुग्न्धित बनाउन नपाउने भए । बरु बेलैमा श्याम घिमिरेलाई आफ्नो बोली फिर्ता लिन दबाब दिनेतिर पो लाग्ने हो कि ?
स्वास्नी च्यापेर राजनीति गर्ने फेल
रेशम चौधरीले अस्तिका दिन साह«ै गज्जबको गफ गरे । टिकापुर घट्नाका मुख्य दोषी भन्दै केही बर्ष जेलनेल सहित कालकोठरीमा बिताएका चौधरीले अस्तिका दिन भने स्वास्नी च्यापेर स्वास्नीको हैकम मान्दै राजनीति गर्नेहरु जुनसुकै पार्टीमा भएपनि फेल भएका छन् रे । घण्टाघरलाई त चौधरीले भन्या सोह«ैआना सत्य
लाग्यो । नागरिक उन्मुक्ति पार्टी संस्थापक अध्यक्ष भएपनि श्रीमति हावी भएपछि विचराले धेरै हण्डर खाए । जेलभित्रैबाट सांसद निर्वाचित भा’का चौधरीलाई श्रीमतिले घर न घाटको पारिन् । उता श्रीमति च्यापेर राजनीति गर्ने शेरबहादुर देउवाले कसैले भोग्नु नपरेको दुःख भोगे, बालकृष्ण खाडको हविगत पनि त्यस्तै भयो । काँग्रेसमा त्यत्रो त्याग गरेपनि श्रीमतिकै कारण गणेशमानजी राजनीस्तमा फेल भए । जहोस् श्रीमतिहरु हावी हुँदा पुरुषहरुचाहिँ फेल हुने रै’छन् ।
अन्तेमा
नेपालमा यतिबेला बाँदर र पुराना राजनैतिक दलहरु बडो संकटमा प¥या छन् विकासका कुरामा चर्चा गर्नुपर्ने संसदमा सांसदहरु बाँदर मार्नुपर्न, मैले ६ सय भन्दा बढी बादर मारे भन्ने कुरामा बहस गर्छन् । पशुअधिकारकर्मीहरु विरोधमा उत्रिएका छन् । तैपनि बाँदर मार्नेहरुलाई कारबाही गर्ने कानुन बनाउनु पर्दैन ? उता
पुराना दलदहरुबाट दिनैपिच्छे कार्यकर्ताहरु भागेका भाग्ैद छन् । कोही एकजना पुराना दलमा प्रवेश गरेपनि त्यसलाई स्वागत गर्न १० जना फूलमाला अविर लिएर टिका लगाइदिन उभिन्छन् । हैट यस्तो खडेरी त पुराना राजनैतिक दलमा कहिल्यै परेको थिएन । पहिला पहिला त सत्तामा छँदा फलानो दल छोडेर फलानो दलमा यति हजार प्रवेश गरे भन्ने सुनिन्थ्यो , हिजोआज त प्रवेश गर्नेहरु हैन यति हजारले फलानो दल छाडे भन्ने मात्र सुनिन्छ । यस्तै चाल हो भने पुराना दलमा कार्यकर्ताविहीन नेता मात्र होलान् जस्तो पो छ । हुन त समय समयको कुृरा हो ।
