धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम्पियनसिप २०८३ को दुवै उपाधी देउराली चिल्ड्रेन एकेडेमीले हात पारेको छ । आफ्ना १६ टिमलाई पछि पार्दै देउराली चिल्ड्रेनले सो उपाधी हात पारेको हो । प्रतियोगितामा देउराली चिल्ड्रेन एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै छात्र र छात्रातर्फको दुवैमा प्रथम स्थान हासिल गर्न सफल बनेको थियो । त्यसैगरी, छात्रतर्फ एक्वा सेकेन्डरी बोर्डिङ स्कुलले दोस्रो स्थान प्राप्त गरेको छ भने छात्रा तर्फ धरान इङ्लिस बोर्डिङ स्कुलले दोस्रो स्थान हात पार्न सफल वनेको छ ।


विजयी टिमलाई धरान इङ्लिस बोर्डिङ स्कुलका निर्देशक दिनेश जिमि ,९डिपि बिलिभर्स स्कुल धरानका विरेन्द्र लिम्बु , देउराली चिल्ड्रेन एकेडेमी धरानका निर्देशक पृथ्वी रइका मगर देउराली चिल्ड्रेन एकेडेमी प्रिन्सिपल नविन गौतम, एक्वा सेकेण्डरी वोडिङ स्कुलका निर्देशक अनिश राई लगायतले ट्रफि मेडल र प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगितामा कुल ८ विद्यालयका १७ टोलीहरू सहभागी भएका थिए। सहभागी विद्यालयहरूमा देउराली चिल्ड्रेन एकेडेमी, हिविस्कस, एक्वा सेकेन्डरी बोर्डिङ स्कुल, धरान इङ्लिस बोर्डिङ स्कुल, जोलसाया एकेडेमी, बुद्ध आदर्श, आवर होम तथा डिपि बिलिभर्स रहेका थिए। प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै आपसी मित्रता र खेलकुद क्षेत्रको विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने प्रतियोगिता संयोजक अनिश राईले वताए । सर्कलले धरानमा हरेक वर्ष यस्ता प्रतियोगिताहरु आयोजना गर्दै आएको छ । सर्कलमा धरानका ८ वटा स्कुल सहभागी रहेका छन् । कार्यक्रमको अध्यक्षता सर्कलका अध्यक्ष तथा आवरहोम स्कुलकाका निर्देशक गम्भिरमान तामाङले गरेका थिए ।




