लागूऔषधसहित दुई पक्राउ

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित कालिन्द्र सामुदायिक वन क्षेत्रअन्तर्गत पकली–चतरा सडक खण्डमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको टोलीले उदयपुरतर्फ जाँदै गरेको स १० प ४५१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उदयपुर चौदण्डीगढी–६ का २६ वर्षीय राज राई र पछाडि सवार २७ वर्षीय खुसे राईलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मोटरसाइकलको बीच भागमा रहेको झोलाबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल १६१० क्याप्सुल र एसपीएसपीएन (SPASPIN) १६०९ ट्याब्लेट फेला परेको थियो । दुवै जनालाई प्रहरीले लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया