जाबो आइफोन दिँदा ल्याङ्ग
पर्धानमन्तरी बालेन साहले आफ्ना मन्तरीहरुलाई आइफोन दियो भनेर एकथरिले ल्याङ गरेको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । जाबो आइफोन दिँदैमा किन ल्याङ ल्याङ ग¥या होलान् ? हिजो खप्रओले ल्यापटपकै बाँड्या थे, स्यालबहादुर काजीले पजेरो नै बाँड्या थे, प्रचण्डाउले भरिया लगाएर सुन ओसारेर किलोका किलो बाँड्या थिए, माकुनेले ललिता निवासको जग्गै बाँड्या थिए । बाँड्ने र दिने चलन त पहिलादेखि नै चल्दै आएको थियो । अब अहिले पर्धानमन्तरीले आइफोन बाडे । फेरि अहिलेको मन्त्रीहरुसँग सुन र जग्गा जमिन मात्र प्रसस्त छ । आइफोन किन्न क्यास चाहिँन्छ । विचराहरुसँग क्यास थिएन । पर्धानमन्तरीले आफ्ना मन्तरीहरुको समस्य त बुझ्नै प¥यो । मन्तरी भैसकेपछि थोत्रा, डेड एक्स्पाएर भएमा, बेकामे फुन पनि बोक्नु भएन । करोडौको चिल्ला गाडीमा हिड्नेले त्यस्ता मोवाइल बोकेर देशकै बेइज्जत गर्नु पनि भएन । ल्यागेहरुले खै कुरा बुझ्या ? खाली ल्याङ ल्याङ ग¥या छ, बस्या छ ।
नयाँ खेताला आधिकारिक

पुराना खेतालाहरुबाट काम हुन छाडेपछि विदेशीले रातारात उत्पादन गरेका लाउरेसका नयाँ खेतला बाख्रे समूहलाई सर्वोच्चले अधिकारिकता दिएछ । सर्वोच्चबाट आधिकारिता पाएसी’ नयाँ खेतालाहरुले अस्तिका दिन जस्न मनाएछन् । बाख्रे साहेवका नन्दीभृंगीहरु औधी खुशी भा’छन् । अदालतले झ्याउरे बुढाहरुलाई दिनु भन्दा उफ्रिन, चिच्याउन, दौडन नसक्नेलाई आधधिकारिता दिन्छ भन्ने सबैले बुझेकै हुन् । यसको शुरुवात निर्वाचन आयोगबाटै भएकै हो । बाख्रे समूहलाई आधिकारिकता दिनै पथ्र्यो । अब संगठन पनि, उमेद्वार कस्लाई बनाउन भन्ने कुरा त अदालतले आदेश दिँँदैन होला । पार्टी कब्जा गरेझै मतदाताको मत कब्जा गर्न गाह«ै छ । ग्राउण्ड Ïलोरमा सबै लाखा पाखा लागिसक्या छन् । ती फेरि फर्किएर आउने चान्सै छैन । अब बाख्रेहरुले संसदमा साह«ै चिच्याउन पाउलान जस्तो छैन । घरमा खाएर सानेपामा डकारेर बस्ने भए ।
काफलगेडी सम्म नदिने रे
इरानमा रामधुलाई भेटेको अम्रिकालाई मुस्ताङको युरेनियम दिने कुरा केही दिनदेखि बडो चर्चामा छ । तर अम्रिकालाई दिने भनेसी’ हाम्रा जुम्ली सांसद ज्ञानेन्द्र साहीको कन्पारो रनक्क रन्किन थाल्या छ । अस्तिका दिन त उन्ले भन्दिए मुस्ताङको युरोनियम दिने कुरा छाड यो देशभित्रको एउटा काफलको गेडी समेत दिइँदैन । कसैल दिए देशबाट लखेटिन्छौं र । हैन हौ हाम्रा सांसद ज्ञानेन्द्र साही पनि के प्यार प्यार बोल्नु प¥या होला ? अम्रिकाले त्यही युरोनियमका लागि दुई बर्षपछि हुने चुनाव दुई बर्ष अगाडि गरेर सरकारै बनाइसक्या छ । अब एकजनाले युरेनियम दिन्न भनेर हुन्छ ? झै झगडा नगरुम है । त्यसैपनि मुस्ताङको युरोनियम नेपालका लागि के काम ? बरु भटाभट लैजाउ भनेर दिएकै वेस ।
सर्वहारा र समाजवादीका काम छैन
यतिका बर्षसम्म सर्वहारावादी र समाजवादीको डम्फू बजाएर नेपाली जनतालाई बेकुव बनाई सोको स्वाद खाँदै आएकाहरु वल्लो घाट न पल्लो तिरका भएका छन् । रास्वपाले त पहिलादेखि भन्दै आएका थियो रास्वपामा गरिबलाई ठाम छैन भनेर जब रास्वपाको सरकारका मन्तरीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरी त्यसपछि सबैले पत्याए । वाफ रे वाफ रास्वपाका मन्त्री, सांसद र सभामुख कति धनि हौ । सुन मुला त छेलोखेलो । एकैजनासँग किलोका किलो सुन । घर घडरी पनि ठाउँ ठाउँमा । गाडी घोडाको त कुरै छाडौ । जे होस् बुद्धिचाहिँ बेलैमा पु¥याएका रै’छन् । सत्तामा जानु अगावै टन्न कमाका
रै’छन् । अब सत्तामा गएपछि जोरजाम र कमाउने झन्झटै रहेन । एकसे एक धनीमानीको सरकार बन्या छ । हिजो गरिब र समाजवादीहरुको सरकारले आफू धनी बन्ने काम मात्र ग¥यो । जथाभावि सोहोर्ने धन्दा मात्र चलायो । अबकाले कमसेकम त्यसो त गर्देन । त्यसो नगरेसी’ उत्तानो परेको देशले कोल्टे नफेर्ला त ?
प्रचण्डाउको तानावाना शुरु
हैन हौ त्यो प्रचण्डाउ भन्ने मान्छे तानावाना नबुनी बस्न सक्दैनन् कि क्या हो हँ ? हिजो झालेमाले र लाउरेसलाई खेलाउँदा खेलाउँदै दुवैलाई सिध्याए र आफू पनि किनारामा पाहा पछारिए झै पछारिनन पुगे । आफ्नो राजनीति डावाडोल देखिएपछि यतिबेला फेरि झालेमालेतिर लहसिएका छन् । निर्वाचनमा सबैतिर आफ्ना डाम्नाहरुले उत्तानोचित खाएसी दुई तिहाइको नजिक पुगेको घण्टे पार्टीको नेतृत्व मैले गर्नु पर्ला जस्तो छ भनेर एक दुई ठाममा फलाके । तर घण्टे पार्टीले घाँस नहालेसी’ यतिबेला पानी बारबारको अवस्थामा पुगेको झालेमालेका सुप्रिमो खप्रओलाई मालिस गर्न थाल्या छन् । अस्तिका दिन त विरामी अवस्थामा उपचार गर्दै गरेका खप्रओलाई भेट्न अस्पताल नै पुगेर लौ अब दुवै पार्टी मर्च हुनुप¥यो सम्म भन्न भ्याएछन् । ठग उपहास बस्नै सक्दैन भन्थे हो रै’छ ।
खिल निकाल्ने बर्ष हो रे
घण्टे पार्टीका अध्यक्ष लाउछानेले अस्तिका दिन २०८३ साल भन्या खिल निकाल्ने बर्ष भा’काले पीडा हुन्छ भनेर बोलेछन् । सरकारल यतिबेला पूर्व उच्च पदस्थ व्यक्तिहरुलाई सम्पत्ति सुद्धिकरण, फौजदारी अभियोग, कर्तव्य ज्यान, भ्रष्टाचारको कसुरमा भटाभट पक्राउ गर्न थालेसी उनले खिल निकाल्ने बर्ष हो पीडा छ हुन्छ नै भन्या हुन् । खिल निकाल कि चोक्टा लाम्टा निकाल त्यससँग जनतालाई बाल मतलब छैन । जीवि
राईचाहिँ कहाँ छन् उनलाई चाहिँ पहिला निकाल । पहिला पहिला त बडो उफन्थ्यौ आकाशमा भएपनि माटो मुनि भएपनि हामी सरकारमा गएसी’ जिबी राईलाई निकालेर छोड्छौं । अब त सत्ता पनि आफ्नै छ लेराउनु पर्दैन ? हुन त घण्टे लाउछानेलाई बोल्न कस्ले सक्ने ? ठूलाठूला स्वरमा हावै गफ जोत्दा पनि नेपाली जनताले पत्याइ हाल्छन् । क्या गजब छ ।
भाते संगठनहरु के गर्लान् ?
नेपालका दलैपिच्छेका विद्यार्थी संगठनहरुको बेहाल होला जस्तो छ । पढ्नु गुन्नु साढे बाइस नेता उत्पादनको कारखाना बनाउदै आएका थिए पुराना दलहरुले । अब विश्व विद्यालयहरुल्े विद्यार्थी युनियनहरुलाई कार्यालयका लागि दिँदै आएको कोठा, भवन र जमिन नदिने निर्णय गरेको छ । भाते सगठनहरुले अत्याचारै ग¥या थिए । कलेजका होस्टल एकलौटी कब्जा ग¥या थिए, विद्यार्थी भर्नामा दबाब दिएका थिए, आफ्ना कुरा नमाने कलेजमा ताला लगाउने, तोडफोड गर्ने, नाराबाजी गर्न कुरा त सामान्य भएका थिए । जेहोस् सरकारले राम्रै गरेछ । विद्यार्थी युनियनै खारेज गर्ने तारीमा सरकार लाग्या छ । युनियन खरोज गरे मुलुकैभरि संयुक्त आन्दोलन गर्ने भनेर विद्यार्थीहरुले विज्ञप्ती नै निकाल्या छन् । जेहोस् एकपटक सरकार विद्यार्थी बीचमा सडकमा लुकामारीचाहिँ चल्ने जस्तै देखिएको छ । हैन हौ विद्यार्थीहरुले खुरुखुरु पढ्नु नि फुइøयाँको राजनीति गर्नु ?
अन्तेमा
यतिबेला नेपालीहरुको भान्छा महंगीएको छ । पेट्रोलियम पदार्थको मूल्य बृद्धिले ढाँड सेक्नसम्म सेकिएको छ । अब पर्धानमन्तरी बालेन साहले केही गर्छन् कि ? लौन पर्धानमन्तरी ज्यू रुखमा बाँधेर हुन्छ कि पाता कसेर हुन्छ पेट्रालियम पदार्थको मूल्य घटाउनुप¥यो । निर्वाचनका बोलमा टिङटिङ घण्टी बजाउँदै समयमै काम नगर्ने निर्माण व्यवसायीहरुलाई रुखमा बाँधेर कोरा लगाउने भन्दा नेपाली जनता कम्ता गदगद भा’थिएनन् । अब पेट्रोलियमको मूल्यमा पनि त्यसै गर्दा कसा होला ? जनताले राहत त पाउथे ।
