धरान सांस्कृतिक र भौगोलिक दृष्टिले वैभव छ–अभियन्ता वीरेन्द्रसिंह थापा

धरान । सामाजिक अभियन्ता तथा शारा फाउन्डेशनका अध्यक्ष वीरेन्द्रसिंह थापाले धरान सांस्कृतिक र भौगोलिक दृष्टिले वैभव रहेको बताउनुभएको
छ । धरान उपमहानगरपालिकाको समग्र विकास र उत्थानको लक्ष्य लिएर एक वर्ष अगाडि धरानका विभिन्न क्षेत्रका प्रबुद्ध वर्गहरूको सक्रियतामा गठन भएको धरान विचार मञ्चद्वारा सोमबार यहाँ आयोजित २०८३ को पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रममा धरानको समग्र समस्याहरूको एकीकृत समाधानका लागि कार्यपत्र प्रस्तुत गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।


‘हाम्रो धरान हाम्रो घर, एउटै परिवार र एउटै थर’ को नारा सहित धरानको चिन्तन सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको कार्यपत्रमा धरान बजारको पुनरुदय गरिनुपर्ने, नगरको आयस्रोत अनुसार सहरको व्यवस्थापन र नागरिकलाई उपलब्ध गराउने सुविधाप्रति हामी सबैको इमान्दारी प्रयास हुनुपर्ने, बजारको उचित व्यवस्थापन गरिनुपर्ने, अपेक्षा र आकर्षण सुरक्षित सडक हुनुपर्ने, फोहोर व्यवस्थापन, विपद् व्यवस्थापन, नियन्त्रण प्रणाली, नागरिक सचेतना आदि सकारात्मक पक्षमा परिणाममुखी कार्य गरिनुपर्ने, नगरवासीलाई नभई नहुने नगर अस्पताल र खानेपानीको निर्विकल्प सम्बोधन, सडक आश्रित सहयोगीपेक्षिका लागि सम्मानित सम्बोधन, नगरको समुचित विकासको एउटा एकीकृत रणनीतिक योजना (Strategic Plan) को निर्माण गरिनुपर्ने, सडक व्यवस्थापन तथा ट्राफिक प्रणाली अर्थात सुरक्षित सडक हुनुपर्ने, Waste Management, Control Management, Crisis Management, Gas Cylinder को सुरक्षित व्यवस्थापन गर्नुपर्ने, Citizen Awareness Programme, City Hospital को आवश्यकता, खानेपानीको नियमित वितरण गरिनुपर्ने, बसपार्कको उचित व्यवस्थापन गरिनुपर्ने, नगर बस सञ्चालन गरिनुपर्ने,Night Course Tourism, Nature Tourism, प्लास्टिक प्रयोगलाई सामूहिक समझदारीमा निषेध गरिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । यसैगरी कार्यपत्रमा उहाँले सकारात्मक सोच, पहल र कार्यान्वयनप्रति अग्रसर हुनुपर्ने, धरानको पूर्ण तिहासको विषयमा स्थानीय निकायबाट पहल गरी विद्यालयको मावि स्तरमा अध्यापन गराइनुपर्ने, नगरको प्रत्येक वडामा टोल विकास समिति वा टोल सुधार समितिको अवधारणा अवलम्बन गरिनुपर्ने, निश्चित तालिका बनाएर नगरस्थित प्रत्येक विद्यालयमा Moral Education and Awareness Programme सञ्चालन गरिनुपर्ने, Social Integration and Social Reform को आवश्यकता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विष्णुपादुका मन्दिर, बराहक्षेत्र धाम, विजयपुर डाँडा, साँघुरीगढी डाँडा, दन्तकाली मन्दिर, पिण्डेश्वर बाबाधाम, बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिरको संरक्षण गरिनुपर्ने, चारकोसे जंगलको संरक्षण गरिनुपर्ने, प्रत्येक क्षेत्रमा रहेका जिम्मेवार पक्षको ब्अअयगलतबदष्ष्तिथ, च्भकउयलकष्दष्ष्तिथ र त्चबलकउबचभलअथ हुनुपर्ने, धरानको इतिहास फुटबलसँग पनि जोडिएकाले सो क्षेत्रको विकासका लागि सबै पक्षबाट इमान्दारी प्रयास गरेर नगरलाई राष्ट्रिय स्तरको फुटबल हब बनाउनुपर्ने, City Hub, Media Hub, Auto Zone को आवश्यक पहल गरिनुपर्ने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समुचित विकास गर्दै नगरलाइ Medical Hub को Concept मा स्थायित्व दिनुपर्ने र यसका लागि राजनीतिक क्षेत्र, आर्थिक क्षेत्र, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, सामाजिक क्षेत्र, धार्मिक सम्प्रदाय, बुद्धिजीवी वर्ग, ज्येष्ठ नागरिक समूह, सञ्चारकर्मी, नगरको विकासका लागि जिम्मेवार भएर बस्नुभएका जन प्रतिनिधिहरूसँग सम्पर्क र समन्वय गरिनुपर्ने थापाले आफ्नो कार्यपत्रमा जोड दिनुभएको छ । उहाँले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि धरान विचार मञ्चका उपाध्यक्ष डा. खालिद हुसैन हक, प्राध्यापक लोकेन्द्रप्रसाद आचार्य, व्यवसायी मानिकचन्द सुराणाले टिप्पणी गर्नुभएको थियो । मञ्चका अध्यक्ष सह प्रा.डा. आनन्द आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. अशोक झाले समग्र धरानको विकासका लागि आफ्ना धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया