विश्व शान्तिको कथित भडासमा युद्ध थोपर्नै अमेरिकाको धोती फुस्कियो

विश्व शान्तिको कथित भँडासमा अन्य देशमाथि युद्ध थोपर्ने इरानसँगको युद्धले अमेरिकाको धोती खुस्कियो । कथित युद्धको नाममा अन्य देशका तसाधनमाथि कब्जा जमाउने, बहुमूल्य प्राकृतिक स्रोतसाधन लुट्ने, चोरी गर्ने उसको धन्दामा इरान युद्धले सधैंका लागि ब्रेक लाग्ने भएको छ । विगत ४७ वर्षदेखि अमेरिकाकै षड्यन्त्रमा आर्थिक नाकाबन्दी व्यहोर्दै आएको इरानले आफ्नो सार्वभौमिकता, अखण्डताको सुरक्षाका लागि जुन तयारी ग¥यो त्यसले अमेरिका जस्तो विश्व आतंककारी देशलाई राम्रो सबक मिलेको छ । अमेरिकाले कसैमाथि आक्रमण गर्नुलाई आतंककारीको पगरी गुथाउने गर्छ र अन्य देशले कसैमाथि आक्रमण ग¥यो भने घोर मानव अधिकारको उल्लंघन भनेर विरोध गर्छ । फागुन १६ गते प्यालेस्टिनीहरूको भूमि कब्जा गरेर खडा गरेको अमेरिकाको पिछलग्गु इजरायल र अमेरिकाले इरानमाथि बिना कारण हवाई आक्रमण गर्नु दुर्भाग्य थियो र यही आक्रमणपश्चात् इजरायल र अमेरिकाको पतनको सुरुवात भएको छ । इरानमाथिको आक्रमणपश्चात् उसको दादागिरी समाप्त भएको छ, सुपर पावर अब कागजमा मात्र सीमित भएको छ । इरानमाथि आक्रमण गरेर स्कुलका बालबालिकाको नृशंसतापूर्वक हत्या गरिएको छ । स्कुलमा अध्ययन गर्ने २५० जना ती अबोध बालबालिकाले के बिगारेका थिए ? असह्य भएपछि इरानले गरेको प्रत्याक्रमणबाट अमेरिका र इजरायलको वास्तविक मुखुण्डो उघ्रिएको छ, विश्वले तिनको हैसियत थाहा पायो । दादागिरीको अमेरिकाले कत्तिसम्म हद पार गरेको थियो भने उसले थोपरेका सर्तहरू अन्य सार्वभौम तथा स्वतन्त्र मुलुकले नमानेमा आक्रमण गरिहाल्ने । खाडी मुलुकमा भएको पेट्रोलियम पदार्थ, खनिज पदार्थ कब्जा गर्ने हेतुले उसले आफ्ना सेनाको बेस क्याम्प नै बनाएको थियो । युद्धका क्रममा तिनै बेस क्याम्पमार्फत अन्य देशमा आक्रमण गर्दै आएको थियो । तर यसपटक इरानले तिनै खाडी मुलुकमा भएका अमेरिकी बेस क्याम्प ध्वस्त बनाएपछि अमेरिकाको करङ भाँचियो । त्यसपछि इरानले आफ्नो सामुद्रिक मार्ग होर्मुज जलडमरू बन्द गरेपछि सनकी अमेरिकी राष्ट्रपति आत्तिए । उनले बेलायत लगायत नाटो देशलाई इरानविरुद्धको युद्धमा सघाउन आग्रह गरे । तर नाटो देशले उनको आग्रहलाई पूर्ण रूपमा अस्वीकार गरेपछि उनी तथानाम गाली गर्ने स्तरमा ओर्लिए । विगतमा इराक, लिबिया, सिरिया, अफगानिस्तान, भेनेजुएला लगायतका मामला र युद्धमा आँखा चिम्लिएर साथ दिँदै आएका नेटो देशहरू तर्किएपछि अमेरिका युद्धविराम गराइदिने मध्यस्थताको खोजीमा जुट्यो । इजरायलले अमेरिकाकै साथ सहयोगमा प्यालेस्टिनी नागरिकहरूमा नरसंहार मच्चाउँदै आएको छ । लेबनानमाथि आक्रमण गरेर हजारौंको हत्या गरेको छ । इरान युद्धमा अमेरिकाले नसोचेका दुर्गति भोगेपछि पाकिस्तानजस्तो आतंककारीको संरक्षण गर्ने मुलुकको मध्यस्थता स्वीकार गर्ने हैसियतमा अमेरिका पुगेको छ । आइतबार इरानी प्रतिनिधि, अमेरिकी प्रतिनिधि पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा २१ घण्टा वार्तामा जुटे । वार्तामा समेत अमेरिकाले आफ्नै सर्त लाद्न खोजेपछि इरानले त्यसलाई ठाडै अस्वीकार गरिदिएको छ । अब वास्तवमै अमेरिकाले निष्कपटपूर्ण युद्धविराम चाहेको हो भने इरानी सर्त स्वीकार्नुपर्छ । यो भन्दा अर्को विकल्प हुन पनि सक्दैन । अन्यथा आगामी दिनमा अमेरिकाको दुर्दशा हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया